बैशाख २९, २०८१
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
काठमाडौं, ५ असार – गत शुक्रबार प्रसुतीगृहमा दिदीलाई भर्ना गरेपछि मकवानपुरकी साबित्री सिंखडा प्रसुतीगृहको गेटनजिकै एक पसलमा प्याड किन्न छिरिन् । पसलेले ५५ रुपैयाँ पर्ने प्याडको मूल्य ९० रुपैयाँ पर्ने बताए । उनले बाहिरको मूल्यबारे पसलेलाई जानकारी गराउँदा ‘यो हाम्रो रेट हो, किन्ने भए किन्नुस् नत्र बाहिरै किने हुन्छ,’ भन्ने जवाफ आयो ।
‘प्रसुतीगृह वरिपरीका पसलमा बच्चाका कपडादेखि खानेकुरासम्म सबैकुरा झण्डै दोब्बर महंगो पर्ने रहेछ,’ साबित्रीले लोकान्तरसँग भनिन् ।
यस्तै नयाँ बानेश्वर बस्ने कञ्चनपुरकी यशोदा कार्कीले आफ्नो नजिकैको पसलमा पाउरोटीको उत्पादन मितिबारे बुझ्दा पसलेको गाली खइन् ।
त्यसबारे जानकारी दिँदै उनले भनिन्, ‘पाउरोटी लगायतका अन्य खाद्य सामग्री किन्न जाँदा पसलमा मिति हेर्न खोज्दा, मितिबारे बुझ्न खोज्दा पसलेको हप्काइ खानुपर्छ । पसलेले हामीले हेरेरै राखेका हुन्छौं, लाने भए लानुस्, नभए नलानुस् भन्ने खालमा उत्तर दिन्छन् ।’
यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । हरेक अस्पताल वरिपरी बिरामीको भावनासँग खेल्दै व्यापारीहरूले लुट मच्चारहेका छन् । उपभोक्तामाथि व्यापारीहरूको दादागिरीका कारण नुनदेखि सुनसम्म, तरकारीदेखि पानीसम्ममा उपभोक्ता ठगीमा परिरहेका छन् ।
बजारलाई चुस्तदुरुस्त बनाउने सरकारी अभियानले पनि सार्थकता पाउन नसकेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । अधिकारकर्मी प्रेम महर्जनले बजारलाई व्यवस्थित गर्न अहिलेको सरकारले पनि नसकेकोमा दुःख व्यक्त गरे ।
उनले उपभोक्ताहरू हरेक कुरामा ठगिइरहँदा सरकारले खास एक्सन लिन नसकेको भन्दै अनुगमनमा दोषी भेटिए पनि कारवाही हुन नसकेको बताए ।
वस्तुको उपभोग गर्दा अधिकांश उपभोक्ताहरू गुणस्तरबारे जानकार हुँदैनन् । सामान्यता मूल्यबारे जानकार हुँदा व्यवापारीहरूको बोली नै हावि हुँदा उपभोक्ताको अधिकार नै हनन् भएको देखिन्छ ।
बजेट घोषणापछि बजारमा मनोमानी रूपमा मंहगी बढिसकेको छ । आगामी आर्थिक वर्षको बजेट आगामी साउनदेखि लागू हुन्छ । बजेट आगामी साउनदेखि लागू हुने हुँदा अहिले महङ्गो तिर्न बाध्य नहुने उपभोक्ताको भनाइलाई व्यापारीहरू बेवास्ता गर्दै रकम असुलिरहेका छन् ।
यता राजधानी उपत्यकाको बजार अनुगमन तथा व्यवस्थापनको आधिकारिक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजार अनुगमन भइरहेको जनाएको छ । विभागका सूचना अधिकारी ढुण्डीराज पोखरेलले विभागले गर्ने बजार अनुगमन भइरहे पनि कारवाहीका लागि थुप्रै निकायसँग समन्वयन गर्दा समयभन्दा ढिलाइ भएको बताए ।
यस्तै उपत्यका बाहिरको हकमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको समितिले अनुगमन गर्दै कारवाही गर्नुपर्ने हुन्छ । कानूनी रूपमा स्पष्ट भएर पनि सम्बन्धित निकायले अधिकारलाई पन्छाउन खाजेको विश्लेषकहरु बताउँछन् ।
अधिवक्ता एवंम् अधिकारकर्मी ज्योति बानियाँ भन्छन्, ‘कानून स्पष्ट छ, कतिमा किनिस्, कतिमा बेच्छस् ? भनेर सोध्न पाउने अधिकार स्पष्ट छ । त्यसपछि कसलाई कस्तो कारवाही गर्ने भन्ने स्पष्ट छ । तर कानूनी निकायले अधिकारलाई पन्छाउँदै आफू चोखो बन्न खोज्छन् ।’
उनले अहिले मन्त्रीले ठूला व्यापारीको प्रवाभमा परेकाले बजारमा मनपरी बढेको दाबी गरे ।
संविधान नै उल्लंघन
नेपालको संधिानको भाग ३ धारा ३६ मा खाद्य सुरक्षाको हक उल्लेख गरिएको छ । यसैगरी सोही धाराको भाग ४४ मा उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको छ । गुणस्तहीन वस्तु तथा सेवाबाट क्षति पुगेको उपभोक्तालाई कानूनबमोजिम क्षर्तिपूर्ति पाउने हक रहनेछ ।
उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार हरेक वस्तु र सेवा उपभोग गर्दा वस्तु र सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार छ । ऐनको दफा ६ को उपदफा १ मा ५ वटा बुँदामा उपभोक्तका अधिकारहरू सुनिश्चित गरिएको छ ।
उपभोक्ताहरूले गुणस्तरीय सेवा र वस्तु उपभोग गर्न पाउनैपर्ने संवैधानिक अधिकार मिच्दै गुणस्तरहीन वस्तुको मनलाग्दी मूल्यमा बिक्री वितरण भइरहेको छ ।
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...