×

NMB BANK
NIC ASIA

काठमाडौं, ६ असार – अन्तर्राष्ट्रिय उडानमा नेपाललाई थप प्रवेश मार्ग (रुट) उपलब्ध गराउने विषयमा भारतीय पक्ष सहमत भएसँगै पूर्व र पश्चिम दिशा हुँदै नेपाल आउने जहाजका लागि थप ४ वटा प्रवेश बिन्दु थपिएका छन् ।

Muktinath Bank

नेपाली र भारतीय पक्षबीच सन् २०१६ को डिसेम्बरदेखि छलफल भएको नयाँ हवाई मार्गबारे सहमतिमा टुंगिएपछि काठमाडौं–विराटनगर, काठमाडौं–जनकपुर, काठमाडौं–जनकपुर–पटना र महेन्द्रनगर हुँदै नेपाल आउने जहाजका लागि रुट पाएको हो । सहमति अनुसार १४ हजार फिटदेखि २४ हजार फिटको उचाइमा जहाज आउने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ हवाई बिन्दु पाएपछि नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गर्नुपर्ने अवस्था अन्त्य हुँदै हवाई ट्राफिक घट्ने छ । काठमाडौं–सिमरा भएर मात्रै बाहिरिनुपर्ने बाध्यता चिर्दै पूर्वबाट आएका जहाज विराटनगर बिन्दुबाट पनि नेपाल प्रवेश गर्ने पाउने छन् ।


Advertisment
Nabil box
Kumari

नेपाली उड्ययन प्राधिकरणका अनुसार अहिले नेपालको पूर्वमा पर्ने बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड, सिंगापुर, मलेसिया लगायत देशबाट आउने जहाज रोमियो ५ सय ८१ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन् । पश्चिमबाट आउने जहाज दिल्ली हुँदै गल्फ ५ सय ८९ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन् भने भुटान लगायत देशबाट आउने जहाज मेचीबाट तुम्लिङटार हुँदै काठमाडौं अवतरण गर्छन् ।

Vianet communication

नयाँ हवाइ रुट थपिँदा नेपाल प्रवेश गर्न धेरै घुम्नुपर्ने समस्या समाधान हुने विज्ञहरू बताउँछन् । पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले भारतीय पक्षले सहमति जनाएको थप हवाई रुटले नेपाललाई फाइदै–फाइदा हुने बताए ।

‘आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । ट्राफिक जामलाई सहज व्यवस्थापनका लागि बाटो खुल्नु नै पहिलो फाइदा हो । यसले अन्तर्राष्ट्रिय उडानमा पनि जाम घट्छ,’ पोखरेलले भने, ‘दोस्रो नेपालमा आउने पर्यटकहरू लुम्बिनी, पोखरा, नेपालगञ्ज सिधै जान चाहनेहरू पनि हुन्छन् । उनीहरू पहिला काठमाडौं आएर मात्रै जानुपर्ने बाध्यता थियो । त्यो बाध्यता हटेको छ । रुटहरू बढ्दा असुरक्षित मानिने नेपाली आकाश पनि सुरक्षित हुन्छ ।’

प्राविधिक ढंगले पर्यटकलाई सहज हुने हुँदा नेपालमा पर्यटन फस्टाउने विश्वास व्यक्ति गर्दै पूर्वमन्त्री पोखरेलले हवाई यातायातको क्षेत्रमा नयाँ युगको शुरुवात भएको बताए । ४ वटा नयाँ प्रवेश बिन्दु थपिएपनि नेपालमा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल र १ मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक हवाई रुटको विषयमा भने भारतले सेप्टेम्बरसम्म समय माग गरेको छ ।

प्राधिकरणका प्रवक्ता विरेन्द्रप्रसाद श्रेष्ठले अहिले हवाई रुट लामो पर्दा खर्च बढी हुने र छोटा रुट थपिँदा खर्च घट्ने बताए । ‘अब सिमरा बिन्दुको तुलनामा नेपालगञ्ज प्रवेश बिन्दुबाट काठमाडौं आउँदा १४ नटिकल दुरी लामो हुँदा अहिले भैरहवा आउन १ सय ६९ नटिकल माइल र पोखरा जान १ सय ६५ नटिकल माइल दूरी कम पर्ने छ,’ उनले भने, ‘पूर्वबाट आएका जहाजलाई सिमराबाट प्रवेश गरी काठमाडौं अवतरण गर्दाभन्दा विराटनगरबाट आउँदा १६ नर्टिकल माइल दूरी कम पर्ने छ । यसले समय र इन्धनको खर्च कम हुनेछ ।’

भारतले जनाएको सहमति अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने छ । नयाँ रुटमा सुरक्षा मूल्याङ्कन गरेर आइकाओमा पठाएपछि सहमति कार्यान्वयन हुनेछ । नयाँ रुट कार्यान्वयनमा आउन अझैं १ वर्ष लाग्ने प्राधिकरणले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x