×

NIC ASIA

काठमाडौं, २० असार –असार महिनाको झण्डै ३ हप्तामा २० अर्ब रुपैयाँ बराबर पूँजीगत खर्च भएको छ ।

Muktinath Bank

चालू आर्थिक वर्ष २०७४/०७५ का लागि विनियोजित पूँजीगत बजेटमध्ये असार १९ गतेसम्म ५ दशमलव ९५ प्रतिशत बजेट खर्च भएको हो । चालू आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको कूल पूँजीगत बजेट ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार रुपैयाँ थियो । यसमध्ये चालू आर्थिक वर्षको हालसम्म ५४ दशमलव २६ प्रतिशत बजेट निकासा भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महालेखा नियन्त्रकको कार्यालयको असार १९ गतेको तथ्याङ्क अनुसार ५४ दशमलव २६ प्रतिशत पूँजीगत बजेट निकासा भएको छ । जेठ मसान्तको तथ्याङ्क अनुसार कूल पँजीगत खर्चको ४८ दशमलव ३२ प्रतिशत खर्च भएको थियो ।


Advertisment
Nabil box
Kumari

असारको १९ दिनमा मात्रै कूल पूँजीगत बजेटकोे ५ दशमलव ९५ प्रतिशत रकम निकासा भएको देखिन्छ । असारको १९ दिनमा मात्रै कूल पूँजीगत बजेटको १९ अर्ब ९४ करोड २९ लाख ७० हजार रुपैयाँ खर्च भएको देखिन्छ । काम सम्पन्न भइसकेको अवस्थामा पनि कतिपयले भुक्तानी पाउन नसकेको हुँदा खर्च बढी नै भएपनि तथ्याङ्कमा कम देखिएको अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्य बताउँछन् ।

Vianet communication

उनी भन्छन्, ‘काम सम्पन्न भएका धेरैका हुन्छन्, भुक्तानीका लागि आएका निवेदन स्वीकृत भइरहेका छन् । यो भुक्तानी भइसकेको तथ्याङ्क मात्रै भएकाले मसान्तसम्म खर्च ६० प्रतिशतभन्दा बढ्ने छ ।’

असारमै हुन्छ झण्डै ११ महिनाको विकास खर्च

वर्षौदेखि असार मसान्त नजिकिएसँगै जबर्जस्तरुपमा हुने विकासलाई गाउँदेखि शहरले नजिकैबाट हेर्न पाउँछ । हरेक वर्ष समयमै पूँजीगत खर्चको गति बढाउने विकासको गुणस्तर बढाउने रटान पनि सरकारले लगाइ नै रहन्छ । तर, अवस्था ज्यूँकात्यूँ नै छ । 

पछिल्ला आर्थिक वर्षको पूँजीगत खर्चको अवस्था हेर्दा औसतमा एकतिहाइभन्दा बढी विकास खर्च असार महिनामा मात्रै भइरहेको देखिन्छ । वर्षभरिका बाँकी ११ महिनाको खर्चलाई असारले मात्रै झण्डै–झण्डै छुन लागेको तथ्याङ्क छ ।
 
क्रम संख्या    आर्थिक वर्ष    वास्तविक खर्च लाखमा    जेठ मसान्तसम्म भएको खर्च    असारमा भएको खर्च    
१    २०६८/०६९    ५१,३९,०७     ६७ प्रतिशत    ३३ प्रतिशत
२    २०६९/०७०    ५४,५९,८४    ६३ प्रतिशत    ३७ प्रतिशत
३    २०७०/०७१    ६६,६९,४७    ६३ प्रतिशत    ३७ प्रतिशत
४    २०७१/०७२    ८८,८४,३५    ६६ प्रतिशत    ३२ प्रतिशत
५    २०७२/०७३    १,२३२,५१४    २३ प्रतिशत    ७७ प्रतिशत
६    २०७३/०७४    २,०८७,४८३    ४९ प्रतिशत    ५१ प्रतिशत
७    २०७४/०७५    ३,३५,१७,००      (विनियोजित)    ५४ प्रतिशत      (जेठ मसान्तसम्म)    

आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै विनियोजित वार्षिक बजेटको ३५ प्रतिशतदेखि ५० प्रतिशतसम्म खर्च हुने गरेको तथ्याङ्कले देखाउँछ । महालेखा परीक्षकको कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ विनियोजित पूँजीगत खर्च ३ खर्ब ११ अर्ब ९४ करोडमध्ये वास्तविक खर्च २ खर्ब ८७ अर्ब ४ करोड ८३ लाख मात्रै खर्च भएको देखिन्छ । यसमध्ये जेठ मसान्तसम्म १ खर्ब २० अर्ब अर्थात् वास्तविक खर्चको ४९ प्रतिशत मात्रै खर्च भएको तथ्याङ्कले देखाउँछ ।

यसैगरी, अघिल्लो आर्थिक वर्ष २०७२/०७३ मा सरकारले पूँजीगत खर्चवाफत २ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित पूँजीगत खर्चमध्ये १ खर्ब २३ अर्ब २५ करोड १४ लाख रुपैयाँ मात्रै वास्तविक खर्च भएको थियो । यसमध्ये असार महिनामा मात्रै ९५ अर्ब ९४ करोड १३ लाख अर्थात् विनियोजित बजेटको ७७ प्रतिशत रकम खर्च भएको महालेखाका प्रतिवेदनले देखाउँछ ।

आर्थिक वर्ष २०७१/७२ मा विनियोजित पूँजीगत खर्चमध्ये १ खर्ब १६ अर्ब ७५ करोड वास्तविक खर्च भएकोमा यसको ३२ प्रतिशत अर्थात् २८ अर्ब ७४ करोड २३ लाख रुपैयाँ असार महिनामा मात्र खर्च भएको तथ्याङ्क छ । 

यसअघिका आर्थिक वर्षको अवस्था पनि उस्तै छ । आर्थिक वर्ष २०७०/०७१ र आर्थिक वर्ष २०६९/०७० गरी २ वटै आर्थिक वर्षमा विनियोजित पूँजीगत रकमको ३७ प्रतिशत हिस्सा असार महिनामै खर्च भएको थियो भने आर्थिक वर्ष २०६८/०६९ मा पनि ३३ प्रतिशत रकम असार महिनामा खर्च भएको थियो । 

आर्थिक वर्षको अन्तिम महिनामा सबै मन्त्रालय तथा विभागको निन्द्रा खुलेझैं छिटो–छिटो विकास गर्ने प्रवृत्तिले बजेट खर्च बढेपनि यस्तो प्रवृत्तिले वित्तीय अराजकता तथा आर्थिक अनुशासनहीनता बढेको विश्लेषकहरू बताउँछन् । असार महिनामा काम गरेजस्तो गरी कागजी प्रक्रिया मिलाउने हुँदा वित्तीय व्यवस्थापन दृष्टिले अनियमित महिना भएको विश्लेषकको ठहर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x