मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
काठमाडौं – निर्वाचन सम्पन्न भएर प्रदेशसभा सदस्यहरूले शपथ लिएको झण्डै ६ महिना बित्न लाग्दा दुईवटा प्रदेशले मात्र आफ्नो नामाकरण गरेका छन् ।
सबैभन्दा पहिले साबिकको प्रदेश नम्बर ६ ले आफ्नो नाम ‘कर्णाली’ राखेको थियो । कर्णाली प्रदेशलाई पच्छ्याउँदै साबिकको प्रदेश नम्बर ४ ले पनि आफ्नो नामाकरण गरेको छ ।
प्रदेशको नाम ‘गण्डकी’ राख्ने प्रस्ताव प्रदेशसभाको शुक्रबारको बैठकले पारित गरेको हो । प्रदेशसभामा मतदान हुँदा उपस्थितमध्ये २ सांसदले मात्र यसको विपक्षमा मतदान गरेका थिए ।
संविधानले प्रदेशको नामाकरण गर्ने जिम्मा सम्बन्धित प्रदेशसभालाई दिएको छ । प्रदेशसभाको दुईतिहाइ बहुमतले प्रदेशको नामाकरण गर्नसक्ने संवैधानिक व्यवस्था छ ।
दुईवटा प्रदेशले आफ्नो नाम तय गरिसकेको अवस्थामा अब पाँचवटा प्रदेशको नामाकरण बाँकी हुन छ । प्रदेश नम्बर १, २, ३, ५ र ७ ले नामाकरण गरेका छैनन् ।
प्रदेश १ प्रक्रियामा
प्रदेश नम्बर १ को सरकार प्रदेशको नामाकरण तथा राजधानी छिट्टै तोक्ने गृहकार्यमा छ । सम्भवतः केही दिनमै प्रदेशसभामा यससम्बन्धी प्रस्ताव लैजाने प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए ।
‘सर्वसम्मतिको प्रयास भइरहे पनि सहमति जुट्ने सम्भावना देखिएन, अब प्रक्रियामै अघि बढ्ने तयारीमा छौं,’ मन्त्री कार्कीले लोकान्तरसँग भने, ‘सम्भवतः अब केही दिनभित्रमा प्रदेशसभामा यससम्बन्धी प्रस्ताव पेश हुन्छ ।’
यसै विषयमा पार्टीका शीर्षस्थ नेताहरूसँग कुराकानी गर्न मुख्यमन्त्री शेरधन राई राजधानीमा रहेको उनले बताए ।
प्रदेश २ अनौपचारिक छलफलमा
प्रदेश नम्बर २ को सरकारले प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा अनौपचारिक छलफल गरिरहेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल बताउँछन् ।
सामान्य बहुमतले सरकार गठन भएकाले सबैको सहमतिमै अघि बढ्नुपर्ने बाध्यता आफूहरूसँग रहेको उनको भनाइ छ ।
‘हामी अनौपचारिक छलफलमा छौं,’ मन्त्री सोनल लोकान्तरसँग भने, ‘अरु प्रदेशको जस्तो स्थिति छैन । सामान्य बहुमतले सरकार गठन भएको छ । नामाकरण र राजधानी तोक्नका लागि दुईतिहाइ चाहिन्छ । सहमतिबाटै अघि बढ्नुपर्ने अवस्था छ ।’ अनौपचारिक छलफलमै सहमति जुटाएर प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।
प्रदेश ३ को गृहकार्य : पहिले राजधानी !
प्रदेश नम्बर ३ को सरकारले नामाकरणभन्दा अघि स्थायी राजधानी पहिले तोक्ने गरी गृहकार्य गरिरहेको छ । स्थायी राजधानीका विषयमा अध्ययन गरी सुझाव पेश गर्न एक समिति नै गठन गरिएको छ ।
समितिको म्याद आज (सोमवार)सम्म नै रहेकाले समितिले प्रतिवेदन बुझाएपछि थप प्रक्रिया अघि बढ्ने आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेल बताउँछन् ।
‘स्थायी राजधानीका लागि सांसदहरूबाट धुलिखेल, नुवाकोट, चितवनलगायतका स्थानको प्रस्ताव आयो । हामीले यस विषयमा अध्ययन गरी सुझाव पेश गर्न समिति नै गठन गर्यौं । समितिको म्याद सोमबारसम्म छ, त्यसले प्रतिवेदन बुझाएपछि बाँकी प्रक्रिया अघि बढ्छ,’ मन्त्री जमरकट्टेलले भने । हाल हेटौंडामा अस्थायी राजधानी छ ।
नामाकरणको विषय भने छलफलमै नआएको उनको भनाइ छ ।
उक्त प्रदेशमा सत्तारुढ दल नेकपासँग दुईतिहाइ बहुमत छ । तर पार्टीको ह्विप नलाग्ने विषय भएकाले यस विषयमा ढुक्क हुने अवस्था नरहेको मन्त्री जमरकट्टेल बताउँछन् ।
प्रदेश ५ मा प्राथमिकतामै परेन !
नामाकरण तथा राजधानी तोक्ने काम प्रदेश ५ को सरकारको प्राथमिकतामै परेको छैन ।
यस विषयमा कुनै छलफल नै नभएको उक्त प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी सोनाम बताउँछन् ।
‘यस विषयमा छलफल नै भएको छैन । यो बिस्तारै शेड्युलमा हुने कुरा हो,’ मन्त्री केसीले लोकान्तरसँग भने ।
सरकार कानून निर्माणमा केन्द्रित भएको उनको भनाइ छ । ‘हामी अहिले महत्त्वपूर्ण कानूनहरू निर्माणको प्रक्रियामा छौं,’ केसीले भने, ‘प्रदेशको नामाकरण र राजधानी तोक्ने काम आरामले गर्ने हो ।’
प्रदेश ७ ले तयारी थाल्ने
प्रदेश ७ ले यसबारे गृहकार्य थाल्ने तयारी गरेको छ ।
असार १ गतेभित्रै बजेट ल्याउनुपर्ने कानूनी बाध्यता र संसदमा लम्बिएको बजेटबारेको छलफलले केही ढिलाइ भए पनि अब छिट्टै प्रक्रिया शुरु हुने मुख्यमन्त्री त्रिलोचन भट्ट बताउँछन् ।
‘प्रदेशको नामाकरण र राजधानी तोक्न ढिलाइ भइसकेको छैन । तैपनि अब छिट्टै संसदमा यसबारे प्रस्ताव पेश हुन्छ र दुईतिहाइ बहुमतले टुंगो पनि लाग्छ,’ मुख्यमन्त्री भट्टले लोकान्तरसँग भने ।
पढ्नुहोस्, यो पनि -
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...