×

NMB BANK
NIC ASIA

९ प्रतिशत नेपाली मोटरसाइकलका मालिक, २ लाखले चढ्छन् कार

साउन १३, २०७५

NTC
Premier Steels

काठमाडौं– पछिल्ला वर्षहरुमा बिलासी वस्तुको रुपमा लिइने सवारीसाधनको आयातमा ह्वात्तै बृद्धि भएको छ । आयातमा भएका सवारीमा मोटरसाइकलको माग सबैभन्दा बढी रहेको छ । 

Muktinath Bank

यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०४६/०४७ देखि २०७४/०७५ को दोस्रो चौमासिकसम्ममा ३० लाख ५२ हजार ३ सय ९७ वटा सवारीसाधन आयात भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२८ वर्ष अगाडी आर्थिक वर्ष २०४७/०४८ मा १३ हजार एक सय ४९ थान सवारी साधन आयात भएकोमा आर्थिक वर्ष २०७३/०७४ सम्ममा बढेर वार्षिक दर्ता संख्या चार लाख ४४ हजार २ सय ५९ पुगेको छ ।  यद्यपि गत आर्थिक वर्ष २०७४/०७५ को दोस्रो चौमासिकको तथ्याङ्कअनुसार फागुनसम्ममा २ लाख ६८ हजार ९ सय ६९ सवारी साधन दर्ता भएको विभागले जनाएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा केही कम सवारी आयात भएको विभागले जानकारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

विभागको तथ्याङ्कअनुसार पछिल्ला ४ आर्थिक वर्षका तुलना गर्दा क्रमशः सवारी साधन आयातको संख्या बढेको देखिन्छ ।  जसमा आर्थिक वर्ष २०७०/०७१ मा १ लाख ९८ हजार ३ सय ४३ थान सवारी साधन आयात भएका थिए भने त्यसको अर्को वर्ष आर्थिक वर्ष २०७१/०७२ मा २ लाख ३९ हजार ५ सय ८३ थान सवारी आयात भइ विभागमा दर्ता भएका छन् ।

Vianet communication

यसैगरी आर्थिक वर्ष २०७२/०७३ मा ३ लाख ४३ हजार ७ सय ६५ थान सवारी नेपालमा आयातमा भएकोमा आर्थिक वर्ष २०७३/०७४ मा १ लाख ४ सय ९४ थान सवारी साधन बढी आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।  यस्तै अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा २ लाख ६८ हजार ९ सय ६९ सवारी साधन दर्ता भएको विभागले जनाएको छ ।

तथ्याङ्कअनुसार संख्यात्मक हिसाबले सबैभन्दा बढी मोटरसाइकल आयात भइ दर्ता भएका छन् ।  आर्थिक वर्ष ०४६/४७ सम्म भित्रिएका ७६ हजार ३ सय ८७ सवारीसाधनमध्ये मोटरसाइकलको संख्या ३४ हजार ५ सय ७६ थियो । अर्को आर्थिक वर्ष ०४७/४८ मा भित्रिएका १३ हजारमध्ये मोटरसाइकलको संख्या ५ हजार सात रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, पछिल्लो वर्षको तथ्याङ्क हेर्दा आयात भएको कुल सवारीसाधनमा मोटरसाइकलकै हिस्सा बढी छ । 

आर्थिक वर्ष २०७३/०७४ मा ४ लाख ४४ हजार दुई सय ५९ वटा यातायातका साधन भित्रिँदा ३ लाख ५४ हजार ७६ थान मोटरसाइकल आयात भई दर्ता भएका छन् भने सबैभन्दा कम ८ सय ४१ थान माइक्रो आयात गरिएको छ ।  यसैगरी ५ हजार ३ सय ४२ थान बस, २ हजार ८ थान मिनिबस र मिनिट्रक, १२ हजार ७ सय १२ थान एक्साभेटर २१ हजार २ सय ९२ थान कार तथा जिप, १० हजार ६७५ थान पिकअप भ्यान, १७ हजार ७ सय ८२ थान टेम्पो, १७ हजार ८५ थान पावरटेल (कृषिजन्य काममा प्रयोग हुने ट्याक्टर) २ हजार २ सय ४७ इलेक्ट्रोनिक रिक्सा तथा २ सय ४ थान अन्य सवारी साधन आयात भएका छन् ।

गत आर्थिक वर्ष फागुनसम्ममा भित्रिएका कूल २ लाख ६८ हजार ९ सय ६९ सवारीमा पनि मोटरसाइकलकै संख्या बढी छ । २ लाख १६ हजार ८ सय ५८ थान मोटरसाइकल आयात भइ दर्ता भएका छन् भने १४ हजार ३ सय ४५ थान कार तथा जिप दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ । 

हालसम्म भित्रिएका कुल ३० लाख ५२ हजार ३ सय ९७ सवारी साधनमध्ये मोटरसाइकलको संख्या २४ लाख ५ हजार ९ सय ५७ छ । मोटरसाइकललाई पछ्याउँदै कार/जिप/भ्यान आयात भएको छ । यसको संख्या २ लाख २७ हजार ६ सय ६५ पुगेको छ । बिलासी साधनको रुपमा लिइएको कारको संख्या पछि कृषिमा प्रयोग हुने ट्याक्टर, पावर टेलर संख्या उल्लेख्य छ । २८ वर्षको अवधिमा ट्याक्टर, पावर टेलर एक लाख लाख ३० हजार पाँच सय ६६ आयात भएको तथ्याङ्क छ ।

हालसम्म भित्रिएका सवारीमध्ये ४८ हजार ४ सय ९८ वटा बस छन् । पिक अप भ्यानको संख्या ५१ हजार ९० छ । विकास निर्माणमा प्रयोग हुने क्रेनर/डोजर एक्सक्याभेटर ८३ हजार ७ सय १० आयात भएका छन् । त्यसैगरी, उपत्यकामा सबैभन्दा धेरै चल्ने टेप्पो ३९ हजार ५ सय ७५ आयात भएका छन् । यसैगरी मिनिबस र मिनि ट्रक २४ हजार ८ सय ७४ थान आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार सबैभन्दा धेरै बागमती अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता भएका छन् भने सबैभन्दा कम सवारी कर्णालीमा दर्ता भएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x