×

NIC ASIA

टुक्रे जग्गा किनबेचमा मनोमानी, मूकदर्शक बन्छन् मालपोतका अधिकारी !

साउन १४, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – सरकारले जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाएपछि टुक्रे जग्गाको मूल्यमा मनोमानी हुने गरेको पाइएको छ । राजधानी उपत्यकामा घडेरीका लागि टुक्रे जग्गाको माग बढी हुँदा जग्गा दलालहरूले मनोमानी मूल्य निर्धारण गर्ने गरेका हुन् ।

Muktinath Bank

चक्रपथबाहिरको हकमा टुक्रे जग्गाको मूल्य मनोमानी ढंगले बढ्ने गरेको देखिएको छ । वर्षमा एकपटक भन्दा बढी कित्ताकाट गर्न नपाइने भएपछि जग्गा व्यवसायीहरूले विभिन्न गैरकानूनी तरिकाबाट जग्गा कित्ताकाट गर्दै मनोमानी तरिकाले मूल्य निर्धारण गर्ने गरेको घरजग्गा व्यवसायी तथा  घरजग्गा एजेन्ट संघ नेपाल रिआनका अध्यक्ष ईश्वर खरेल बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले काठमाडौंको चक्रपथभित्र जग्गा कारोबार हुन लगभग छाडेको छ । चक्रपथभित्र कारोबार हुने जग्गा करीब सकिएको र भएको पनि जग्गाधनीले भविष्यमा बढी मूल्य पाउने लोभले किनबेच गर्न नचाहँदा जग्गा किनबेचको क्रम करीब ६० देखि ७० प्रतिशत घटेको खरेलले बताए ।


Advertisment
Nabil box
Kumari

आकाशियो जग्गाको मूल्य

Vianet communication

अहिले सरकारी मूल्याङ्कन नै एक आना बराबर २ करोडको हाराहारीमा रहेकाले व्यस्त सडकहरूमा रहेका जग्गाको किनबेच झण्डै चौबरभन्दा बढी मूल्यमा भइरहेको कारोबारीहरू स्वीकार्छन् । यसरी चक्रपथभित्र जग्गाको मूल्य निकै बढेका कारण पनि चक्रपथबाहिर जग्गा किन्नेको संख्या बढ्न थाल्दा बाहिर पनि जग्गाको मूल्य आकाशिएको देखिन्छ ।

खासगरी बसाइँसराइ धेरै हुने जिल्लामा घर जग्गाको मूल्यमा अत्यधिक वृद्धि हुनुमा घडेरीको माग बढ्नु तर कित्ताकाट नहुँदा घडेरी नै नपाउने अवस्था आउनु मुख्य कारण रहेको जानकारहरू बताउँछन् ।

सरकारको अदूरदृष्टिले विभिन्न योजना सार्वजनिक गरिरहँदा जग्गाको मूल्य एकाएक बढ्ने क्रम रहेको जानकारहरूको भनाइ छ ।

भूमिसुधार मन्त्रालयमा कार्यरत एक अधिकारी भन्छन्, ‘सरकारले जथाभावी तरिकाले नयाँ आयोजनाबारे बोल्छ, त्यसपछि सरकारी अधिकारी नै जग्गा ओगटेर राख्छन्, भाउ ह्वात्तै बढ्छ । यस्तै कित्ताकाट नहुँदा बढी माग हुने घडेरी पनि अभाव छ । जग्गाको मूल्य आकाशिनुमा यो एक ठूलो कारण हो ।’

ती सरकारी अधिकारीले चिन्तित शैलीमा भने, ‘अब सामान्य नेपालीले राजधानीमा जग्गा किन्नु सपना मात्रै हो ।’ उनले थपे, ‘घरजग्गा मानिसको आधारभूत आवश्यकता हो, यसको अधिकतम मूल्य समेत निर्धारण गर्नुपथ्र्यो तर मनोमानी तरिकाले मूल्य आकाशिन दिँदा यसले धेरै घाटा ब्यहोर्नुपरेको छ । नेपालमा भ्रष्टाचार बढ्नुको एक प्रमुख कारण समेत मानिसमा घरजग्गा जोड्ने लालच मान्न सकिन्छ ।’

उनका अनुसार घरजग्गासम्बन्धी सरकारले प्रभावकारी र व्यवस्थित नीति नै बनाउन सकेको छैन ।

कित्ताकाटमा प्रतिबन्धले समस्या !

कानूनी रूपमा मात्रै कित्ताकाट प्रतिबन्ध भएपनि व्यवहारिक रूपमा कित्ताकाट नरोकी मूल्य महंगोमा किनबेच हुने गरेको सरकारी अधिकारीहरू नै स्वीकार गर्छन् ।

वर्षमा एकपटक मात्रै कित्ताकाट गर्न पाइने भनिए पनि सगोलका अंशियारबीच प्रचलित कानूनबमोजिम अंशबण्डा हुँदा र अदालतको फैसला बमोजिम कित्ताकाट गर्न बाधा नपर्ने भएपछि यसमै टेकेर अहिले अस्वभाविक रूपमा कित्ताकाट हुने र त्यसैअनुसार किनबेचमा पनि मनोमानी हुने गरेको मालपोतका अधिकारीहरू स्वीकार्छन् ।

वास्तविक रूपमा अंशबन्डा गरेको र जग्गा कित्ताकाट गर्नकै लागि गरिएको अंशबण्डा प्रष्टरूपमा चिन्न सकिने भए पनि मातपोतका कर्मचारी मुकदर्शक बन्ने गरेको उपत्यकाको एक मालपोेत कार्यालयका कर्मचारीले बताए ।
उनले भने, ‘जग्गा टुक्रा पार्नुहुँदैन भने पनि जग्गा विभिन्न बाहनामा टुक्रिरहन्छन् । त्यही जग्गा कित्ताकाट प्रतिबन्धको फाइदा उठाउँदै जग्गा किनबेच हुने गरेको छ ।’

अहिले काठमाडौं, भक्तपुर, ललितपुर, चितवनको भरतपुर, विराटनगर, पोखरा, धनगढीको महेन्द्रनगर लगायतका स्थानान्तरको चाप हुने क्षेत्रमा जग्गाको मूल्य निकै मनोमानी रूपमा बढ्ने गरेको पाइन्छ । 

घरजग्गा एजेन्ट संघ नेपाल रिआनका अध्यक्ष ईश्वर खरेलको अनुभवमा पनि चक्रपथभित्र रहेको सानोसानो जग्गाको टुक्रा किनबेच हुँदा मनोमानी मूल्य निर्धारण हुने गरेको छ । विगत लामो समयदेखि घरजग्गाको कारोबारीको काम गरिरहेका खरेलले लोकान्तरसँगको कुराकानीमा भने, ‘अहिले टुक्रे जग्गाको मूल्य निर्धारणको मोनोपोली देखिन्छ । तर चक्रपथभित्रको जग्गा कारोबार करीब ७० प्रतिशत घटेको छ, यसको प्रमुख कारण भित्रको अव्यवस्थित शहरीकरण हो ।’ 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सम्मरसिंह ठकुरीकाअनुसार अहिले कित्ताकाट प्रतिबन्धका कारण टुक्रे जग्गा किनबेचमै आम सर्वसाधारण घुमिरहेको छन् ।

उनी भन्छन्, ‘अहिले जग्गा कित्ताकाटले केही समस्या देखिएको छ । यसको व्यवस्थापनका लागि सरकारले नयाँ नीति ल्याउने तयारी पनि गरिरहेको छ । जग्गाको अधिक खण्डीकरण पनि रोक्ने र कित्ताकाट नहुँदा समस्या हुने कुरालाई मध्यमार्गी रूपमा समाधान गर्ने नीति ल्याउनुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x