×

NIC ASIA

बिजोर नम्बरका सवारी मात्र चल्दा यात्रुलाई सास्ती, तेब्बर भाडा असुल्दै ट्याक्सी !

भदौ १३, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – सरकारले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागू गरेपछि यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ ।

Muktinath Bank

यही बिहीवार र शुक्रवार हुन लागेको बिमस्टेक शिखर सम्मेलनको सुरक्षाका लागि सरकारले तीन दिनका लागि राजधानीका सडकमा जोर-बिजोर प्रणाली लागू गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसक्रममा १३ र १५ गते बिजोर र १४ गते जोर नम्बरका सवारी साधनमात्र चल्न पाउनेछन् ।


Advertisment
Nabil box
Kumari

बुधवार बिजोर नम्बरका सवारी मात्रै गुड्न दिइएपछि यात्रुहरू सीमित सवारी साधनमा कोचिएर यात्रा गर्न बाध्य छन् ।

Vianet communication

यसक्रममा ट्याक्सीहरूले तेब्बर भाडा लिँदा आकस्मिक रूपमा बाहिर निस्केका यात्रु र बिरामीहरू झनै मर्कामा परेका छन् ।

वीर अस्पस्तालको आकस्मिक कक्षमा आमा भर्ना गरेर रगत परीक्षणका लागि टिचिङ अस्पताल पुगेकी भक्तपुरकी विन्दा पाण्डेले सडकमा गाडी पनि पर्याप्त नभेटिएको र ट्याक्सीले पनि ५ सय रुपैयाँ मागेको गुनासो गरिन् । 

विन्दाले लोकान्तरसँग भनिन्, ‘आमाको दम बढेपछि गएराति हस्पिटल भर्ना गराएँ । अहिले उहाँको लुगा लिन आउँदा पनि ट्याक्सी चढेर साढे ५ सय तिरेँ । फर्किँदा पनि त्यति नै लिने भन्दैछन् । मिटरमा हिँडे बालुवाटारबाट वीर हस्पिटलको बीचमा १ सय ५० जति उठ्ने गर्छ ।’

यस्तै काखमा ३ महिने शिशु च्यापेको अवस्थामा टंगालस्थित भाटभटेनी छेउमा भेटिएकी सुनिता लिम्बूले पनि बच्चालाई अस्पताल लैजान खोज्दा ट्याक्सीले अत्यधिक भाडा मागेको गुनासो गरिन् ।

विशालनगर बस्ने सुनिता आफ्नो ३ महिने छोराले गएरातिदेखि बान्ता गर्न थालेपछि शिक्षण अस्पताल महाराजगञ्ज लान लाग्दा समस्यामा परेको बताउँछिन् ।

उनले भनिन्, ‘छोरालाई अस्पताल लाने भनेर बाटोमा निस्कएको ४५ मिनेट भइसक्यो । गाडी आए पनि प्याक आएका छन् । ट्याक्सीमा जान खोज्दा मिटरमा जान मानेका छैनन् । ६ सय लिने भनिरहेका छन् ।’

सडकमा सवारी कम भएपछि यात्रुहरूको हातरोको फाइदा उठाउँदै ट्याक्सीहरूले तेब्बरभन्दा बढी भाडा लिएको गुनासो अधिकांश यात्रुको छ ।

महानगरीय ट्राफिक महाशाखामा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले कतिपय ठाउँमा सादा पोशाकमा ट्राफिक प्रहरी खटिरहेको र आवश्यक दोषी भेटिए कारवाही गर्ने बताए ।

उनले ट्याक्सी रोक्ने सबै चोकतिर सादा पोशाकमा ट्राफिक प्रहरी खटाउने पनि जानकारी दिए ।

पन्तले लोकान्तरसँग भने, ‘हामीले नियमित अनुगमन गरिरहेका छौं । कतिपय ठाउँमा सादा पोसाकमा ट्राफिक प्रहरी खटिएका छन् । कतिपय ठाउँमा खटाउने तयारी गरिरहेका छौं । यात्रुहरूले पनि तत्काल नजिकको ट्राफिक प्रहरी वा महाशाखामा ट्याक्सी नम्बर दिएर फोन गरे पनि कारबाही हुन्छ ।’

काठमाडौंमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथौ शिखर सम्मलेनको सुरक्षाका लागि आज (बुधबार)देखि काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

ट्राफिक प्रहरीकाअनुसार बुधबार र शुक्रबार बिजोर नम्बर (अन्तिम अंक १, ३, ५, ७ र ९) भएका सवारीसाधन चल्न पाउनेछन् भने १४ गते जोर नम्बर (नम्बरको अन्तिम अंक ०, २, ४, ६, ८) भएका सवारीसाधन मात्रै सडकमा निस्कन पाउनेछन् । 

सञ्चारकर्मी (पत्रकार) चढ्ने प्रेसका सवारी साधनसहित अत्यावश्यक सेवाका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू नभएको गृह मन्त्रालयले जनाएको छ । 

सरकारले बिहिबार र शुक्रबार उपत्यकाका सम्पूर्ण शिक्षण संस्थामा बिदा पनि दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x