बैशाख २०, २०८१
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरूबीच विद्युत् प्रसारण लाइन सञ्जाल निर्माणसम्बन्धी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।
बिमस्टेक सम्मेलनको पूर्वसन्ध्यामा बुधबार बसेको पराराष्ट्र मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि बिमस्टेक शिखर सम्मेलनमा पेश भएको समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपछि बिमस्टेक राष्ट्रहरूबीच बिजुली आदान–प्रदानका लागि अन्तरदेशीय विद्युत प्रसारण लाइनको सञ्जाल निर्माणको बाटो खुल्नेछ ।
बिमस्टेक राष्ट्रबीच यस्तो समझदारी भएमा नेपालले म्यानमार हुँदै थाइल्यान्डसम्म पनि विद्युत् निर्यात लागि पहुँच बनाउनेछ । हालसम्म नेपालले विद्युत् आयात–निर्यातका लागि भारत र बंगलादेशसँग मात्रै समझदारी गरेको छ ।
समझदारीले नेपालले विद्युत् उत्पादन बढाउन सके बिक्रीका लागि बजार पाइने अवस्था भएको ऊर्जा विज्ञहरू बताउँछन् ।
स्वतन्त्र ऊर्जा उत्पादक ज्ञानेन्द्रलाल प्रधानले तत्कालका लागि सम्झौताको खास महत्त्व नभए पनि भविष्यमा ऊर्जा बजारको क्षेत्र बढेको बताए ।
उनले भने, ‘अहिलेको अवस्थामा ग्रीड कनेक्टिभिटीको खास खाँचो छैन । हाम्रो खास बजार इन्डिया र बंगलादेश नै हो । यी दुवै देशसँग हाम्रो सम्झौता भइसकेको छ । त्यसकारण पनि यो सम्झौताले नेपापालई ठूलो फाइदा गर्दैन । तर हामी ऊर्जा उत्पादन लक्ष्यअनुसार अघि बढ्न सके बजार भने बढ्नेछ ।’
अर्का ऊर्जाविज्ञ शीतलबाबु रेग्मी भन्छन्, ‘सम्झौताले अहिलेका लागि खास केही फाइदा गर्दैन । किनभने हामीसँग निर्यात गर्ने बिजुली नै छैन । यसकारण आर्थिक लाभ होइन यो नीतिगत लाभ हो ।’
उनले नेपाली बिजुलीलाई भारतबाहेक अन्य देशहरूसँग पनि व्यापार गर्न पाउनु खुशीको कुरा भएकाले ऊर्जा उत्पादन र सम्झौता कार्यान्वयनमा गम्भीर हुनुपर्ने बताए ।
सम्झौता कार्यान्वयनमा सबै देशले तत्परता देखाए त्यसले नेपाल, भुटानलगायत जलविद्युत्मा धेरै सम्भावना भएका मुलुकलाई बढी फाइदा हुने पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन् ।
उनी भन्छन्, ‘भुटान वा भारतले म्यानमारसँग ग्रीड जोड्दा नेपालको बिजुली म्यानमार पुग्ने बाटो खुल्छ र म्यानमारले थाइल्याण्डससँग ग्रीड जोड्यो भने थाइल्यान्डसम्मै नेपाली बिजुली पु¥याउन सकिन्छ । त्यसकारण पनि सम्झौता एक महत्त्वपूर्ण कदम हो । भूपरिवेष्ठित र ऊर्जाको पर्याप्त सम्भावना बोकेको नेपालका लागि अझै खुशीको कुरा हो । अब कार्यान्वयनका लागि प्रयास गर्नु जरुरी छ ।’
तत्कालका लागि निर्यात गर्न बिजुली नभए पनि पाइपलाइनमा धेरै आयोजनाहरू रहेकाले निकट भविष्यमै बजार आवश्यक हुने ओझा बताउँछन् ।
ऊर्जा मन्त्रालयका अधिकारीहरू नेपालले अब बिजुली बिक्रीका लागि विभिन्न देशसँग द्विपक्षीय सम्झौता गर्दै जानु निकै सकारात्मक रहेको बताउँछन् ।
सम्झौता कार्यान्वयन गर्न बिमस्टिेक तहमै विभिन्न संयन्त्रहरू बनाएर संयुक्त संयन्त्र बनाएर थप सम्झौता पनि आवश्यक पर्ने अधिकारीहरू बताउँछन् ।
यसअघि बंगलादेशसँग विद्युत् व्यापारका लागि समझदारी भएको थियो ।
नेपालमा पछिल्लो समय प्रत्यक्ष वैदेशिक लगानीको हिस्सा ऊर्जामा बढिरहेको देखिन्छ । सो कुरालाई लक्षित गर्दै सरकारले पनि आगामी १० वर्षभित्रैै १० हजार मेगावाटभन्दा बढी बिजुली उत्पादनको लक्ष्य राखेको छ ।
तर हालको अवस्थामा भने नेपालको आन्तरिक खपतका लागि भारतबाट ४ सय मेगावाट बिजुली आयात हुँदै आएको छ ।
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...