×

NMB BANK
NIC ASIA

काठमाडौं–सरकारले नेपाल कृषि अनुसन्धान परिषद् ऐन २०४८ संशोधन गर्दै पुनर्संरचनाको तयारी गरेको छ ।  कृषि विकास मन्त्रालयले तयार गरेको संशोधन प्रस्तावमा मन्त्रालयअन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)लाई अधिकारसम्पन्न मानित विश्वविद्यालय (डिम युनिभर्सिटी)को रूपमा सञ्चालन गर्नेसहितका नयाँ व्यवस्था प्रस्ताव गरिएको छ । 

Muktinath Bank

नार्कले पहिल्यैदेखि प्रभावकारी भूमिकाका लागि ऐन संशोधनको प्रस्ताव राख्दै आएको थियो । आन्तरिक छलफलका आधार नार्कले संशोधनका लागि मस्यौदा समेत तयार पारेको थियो । सोही मस्यौदा माथि कृषि मन्त्रालयले देशभरीका कृषि वैज्ञानिक तथा नार्क कार्यालयहरुसँग बृहत छलफल गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नार्कलाई मानित रूपमा सञ्चालन गर्न सकेमा नेपालमा कृषि अनुसन्धानले गति लिने र कृषि उत्पादन, उत्पादकत्व तथा गुणस्तरलाई किसानसम्म पुग्न सहयोग पुग्नेमा सबै विज्ञहरुले जोड दिएका थिए ।


Advertisment
Nabil box
Kumari

कृषि विकास मन्त्रालयले संशोधन प्रस्तावमाथि अर्थ, कानून, सामान्य प्रशासनलगायत सरोकारवाला मन्त्रालयको राय सुझाव लिएर मन्त्रिपरिषद्ले संशोधन विधेयक संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

Vianet communication

नेपालमा कृषि अनुसन्धान प्रभावकारी नभएको र अनुसन्धानबाट प्राप्त उपलब्धी किसानसम्म पुग्न नसकेको गुनासो आइरहँदा ऐन संशोधन प्रक्रिया अगाडि बढाइएको कृषि मन्त्रालयले जनाएको छ । 

विश्वविद्यालय रहने गरी ऐन संसोधन गर्दा अनुसननसँगै अध्ययन अध्यापनका लागि पनि बाटो खुल्नेछ ।  

विद्यमान ऐनअनुसार नार्कको उद्देश्य कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने गराउने, कृषि उत्पादन वा गुणस्तर बढाउनको लागि कृषि क्षेत्रका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाई आवश्यक प्रविधि, ज्ञान तथा सीपहरूको अनुसन्धानात्मक अध्ययन गर्ने हुदा नेपालको कृषिलाई निर्वाहमुखी बनाउन सहयोग गर्ने विज्ञहरु बताउँछन् ।  

कृषिको प्रभावकारिता अनुसन्धानमै हुने भएकाले अनुसन्धान र अध्ययन सँगसँगै हुने गरी मानित विश्वविद्यालय स्थापनाले कृषि क्षेत्रमा सकारात्मक प्रभाव पर्ने नार्कका कार्यकारी निर्देशक डा. वैद्यनाथ महतोले बताए । 

महतोले भने, ‘कृषि क्षेत्रको विकासका लागि अनुसन्धानलाई निकै महत्त्वपूर्ण हो । त्यसकारण नै हो नेपालको कृषिमा अनुसन्धान गरिरहेको एउटा निकाय नार्कको कार्यक्षेत्रलाई फराकिलो बनाउन आवश्यक भएको हामी त्यसैअनुसार काम गरिरहेका छौ ।’

ऐनअनुरूप २०४८ सालमा नार्कको स्थापना गरिएको थियो । यसअघि २०५३ सालमा ऐनको पहिलो संशोधन भएको थियो भने २०६६ मा पनि  केही शब्दावली सच्याइएको थियो । 

के हो मानित विश्वविद्यालय

मानित विश्वविद्यालय कम भन्दा कम भौतिक संरचनाभित्र रहेर अध्ययन, अध्यापन, अनुसन्धान र प्रसारसमेत गर्ने अधिकारसम्पन्न निकाय हो । कृषि क्षेत्रको आवश्यक अनुसन्धान गर्दै तथा किसानसम्म पुग्नका लागि मानित विश्वबिद्यालयको अवधारण आएको हो । 

कृषि वैज्ञानिकहरुले यो विश्वविद्यालयमा अध्यापन, अनुसन्धान गर्नेछन् ।  कार्यसम्पादनको आधारमा प्रोत्साहन स्परुप डिग्रीको प्रमाणपत्रसमेत प्रदान गरिन्छ । भारतमा पनि इन्डियन काउन्सिल फर एग्रिकल्चर रिसर्च (आईसीएआर) यस्तै प्रकृतिको निकाय हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x