×

NMB BANK
NIC ASIA

एमनेस्टीको प्रतिवेदन : नाकाबन्दीको ढाकछोप, सीके राउतको बढाइचढाइ

कात्तिक २०, २०७४

NTC
Premier Steels
एमनेस्टी इन्टरनेसनलले हालै मात्र विश्वभरका विभिन्न देशको मानव अधिकारको अवस्था २०१६/१७ भन्ने प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा १५९ देशको मानवअधिकारको अवस्थाको बारेमा जानकारी पाउन सकिन्छ ।

सो प्रतिवेदनको पृष्ठ २६९–२७१ मा नेपालको मानवअधिकारको अवस्थाका बारेमा जानकारी उल्लेख गरिएको छ । एमनेस्टी इन्टरनेसनलद्वारा प्रकाशित यो प्रतिवेदनलाई निक्कै महत्त्वका साथ हेरिन्छ र अधिकारिक पनि मानिन्छ ।

मानवअधिकारका क्षेत्रमा काम गर्ने र जानकारी राख्न चाहने जो कसैले पनि एमनेस्टी इन्टरनेसनलको प्रतिवेदनलाई स्रोत सामग्रीको रूपमा लिने गरेका छन् । सजिलोसँग उपलव्ध हुने र एमनेस्टी इन्टरनेसनल आफंैमा प्रतिष्ठित संस्था भएको हुनाले सो संस्थाले बाहिर ल्याएका प्रतिवेदनलाई विश्वका सरोकारवालाले निक्कै महत्त्वका साथ लिन्छन् ।

प्रतिवेदनको प्रकृति र विषयवस्तुको गाम्भीर्यको आधारमा हेर्ने हो भने एमनेस्टी इन्टरनेसनलबाट प्रकाशित हुने प्रतिवेदनहरू सत्य, तथ्यपरक र निष्पक्ष हुनुपर्ने कुरामा दुईमत नहोला । तर हालै मात्र प्रकाशित प्रतिवेदनमा नेपालको मानवअधिकारको बारेमा उल्लेख गरिएको विषयवस्तु भने विवादित हुन पुगेको छ ।

सामाजिक सञ्जालमा यस प्रतिवेदनमा उल्लेख गरिएका विषयवस्तुमा आपत्ति जनाइएको छ । केही मानवअधिकारकर्मी, पत्रकार र मानवअधिकारका विद्यार्थीहरूको विरोधपश्चात् सो प्रतिवेदनमा उल्लेख गरिएको विवरणबारेमा चर्चा गर्ने जमर्को गरेको छु ।

एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनको चर्चा र विश्लेषण गर्नुपूर्व म केही विषयगत कुराहरू स्पष्टसँग प्रस्तुत गर्न चाहान्छु:

१. नेपालमा मानवअधिकारको अवस्था नाजुक छ । विश्वका अन्य देशको तुलनामा मानवअधिकारको सूचकांक तयार गर्ने हो भने नेपाल निक्कै तल पर्ने कुरा निर्विवादित छ । नेपालमा मानवअधिकारको संरक्षण र प्रवर्द्धनको क्षेत्रमा धेरै चुनौतीहरू छन् ।

तर यसको अर्थ यो होइन कि नेपालमा मानवअधिकारको विषयमा सबै कुरा नराम्रो र नकारात्मक मात्र छ । मानवअधिकारको क्षेत्रमा नेपालमा सकारात्मक विकास पनि भएको छ । नेपालको मानवअधिकारको अवस्थाको नराम्रो पक्षमात्र हेरेर त्यसलाई नै यथार्थ मान्नु सरासर गलत हुन जान्छ ।

नेपालमा मानवअधिकारको क्षेत्रको सुधारोन्मुख विषयलाई अवमूल्यन गर्नु गलत हुन जान्छ । मानवअधिकारको विभिन्न क्षेत्रमा विकसित मुलुकभन्दा पनि नेपाल निक्कै प्रगतिशील रहेको उदाहरण समेत छन्, जस्तै, योनिक अल्पसंख्यक र तेस्रोलिंगीसम्बन्धी नेपाली कानूनी व्यवस्था ।


लेखक घिमिरे

२. पर्याप्त अध्ययन र अनुसन्धानमा आधारित नभएका प्रतिवेदनले सत्य, तथ्य र वस्तुगत विवरण तयार गर्न सक्दैनन् । मानवअधिकारका विषयमा गरिने ठूलाठूला भाषण र आरोपहरूले मात्र मानवअधिकारको अवस्थाको सही चित्रण गर्न सक्दैन ।

अध्ययन प्रतिवेदनमा उल्लेख गरिने विषयवस्तुको पूर्णतामा ध्यान नदिने हो भने गलत सुचना प्रवाह हुने कुरा निश्चित हुन्छ । यस्ता अभिव्यक्ति र प्रतिवेदनहरूले समस्याको समाधानमा सहयोग गर्दैनन् ।

३. एक वा दुई मुद्दाको विषयलाई उठान गरेर र सो मुद्दाको आधारमा पूरा विषयवस्तुको बारेमा निष्कर्ष निकाल्नु गैरजिम्मेवारीपूर्ण र गलत प्रवृत्ति हो ।

कुनै पनि विषयमा निष्कर्षमा पुग्नुअघि सो विषयमा भएका विकासलाई पूर्ण रूपमा विश्लेषण गर्नु आवश्यक हुन्छ । एक वा दुई मुद्दालाई नै प्रतिनिधिमूलक मानेर निकालिएका निष्कर्षहरू गलत हुने सम्भावना धेरै रहन्छ ।

४. कुनै पनि विषय उठान गर्दा सो विषयसँग सम्बन्धित सबै तथ्यहरू उल्लेख गर्नु आवश्यक हुन्छ । कुनै पनि विषयमा आधाअधूरो तथ्य प्रस्तुत गरेर त्यसैका आधारमा निष्कर्ष निकाल्नु गलत हो ।

हरेक विषयमा एकभन्दा बढी दृष्टिकोण हुन सक्छ र आफ्नो लागि उपयुक्त हुने तथ्य र विषयलाई आधार मानेर प्रतिवेदन तयार गर्नु गैरजिम्मेवारपूर्ण कार्य हो । यस्तो हिसाबमा प्रतिवेदन तयार गर्नु झुटको खेती गर्नु बराबर हो ।

५. कुनै पनि संस्थाले गम्भीर विषयमा प्रतिवेदन तयार गर्ने क्रममा सकारात्मक र नकारात्मक दुवै पक्षको उचित विवेचना गर्नु आवश्यक हुन्छ ।
विवादित विषयलाई हल्कासँग प्रस्तुत गर्नु, एकतर्फी भएर विषय उठान गर्नु, आफूलाई उचित लागेको विषयमा र आफूलाई फाइदा हुने हिसाबमा कुनै पनि संस्थाले आफ्नो मूल्यमान्यता विपरीतका कार्य गर्नु गराउनु हँुदैन ।

गैरजिम्मेवारी रूपमा विश्वसम्म अपूरो सूचना प्रवाह गर्ने संस्थाहरूले गर्ने कार्यले कसैको भलो गर्दैन, बरू प्रतिवेदनमा उल्लेख गरिएका देशको बारेमा गलत प्रचार गर्छ ।

६. कुनै पनि महत्त्वका प्रतिवेदनहरू आफूले प्रस्तुत गरेका विषयवस्तुबारेका स्रोत सामग्री, अध्ययन आदिको उल्लेख गर्नु आवश्यक हुन्छ । यसो गर्दा पाठकहरूले प्रस्तुत गरिएका विषयवस्तुको बारेमा अध्ययन गर्न सक्छन्, साथै यसले प्रतिवेदनको विश्वसनीयता पनि उजागर गर्दछ ।

माथि उल्लेख गरेका बुझाइपश्चात् म एमनेस्टी इन्टरनेसनलको प्रतिवेदनमा उल्लेख भएका केही विषयवस्तु उल्लेख गर्न चाहन्छु ।

१. प्रतिवेदनमा उठाईएका कुरा आफैंमा गलत छैनन्, तर अधुरा भने छन । प्रतिवेदनले निक्कै विवादित र गम्भीर विषयलाई हलुका तरिकाले उल्लेख गरेको छ । त्यसो गर्ने क्रममा घटनाको गलत अर्थ लागेको छ । जस्तै, प्रतिवेदनमा संविधान जारी भएपश्चात् धेरैले अघोषित नाकाबन्दी समेत भनेर परिभाषा दिएको भारतसँगको सिमानामा ढुवानी समस्याका विषयमा हलुका रूपमा उल्लेख गरिएको छ ।

‘विरोधकर्ताहरूले सिमानामा अवरोध ल्याएका कारण इन्धन, औषधि र निर्माण सामग्रीको अभाव भयो’ भनिएको छ । प्रतिवेदनमा उल्लेख गरिएको यो कुरा आफंैमा गलत होइन, तर यो विषयको पूर्ण विश्लेषण पनि होइन । भारतको नकारात्मक भूमिकालाई प्रतिवेदनले ढाकछोप गर्न खोजेको देखिन्छ । त्यसैले प्रतिवेदनमा घटनाको गलतभन्दा पनि अधुरो चित्रण गरिएको छ ।

२. यसैगरी तराईमा भएको हिंसात्मक घटना र सुरक्षा निकायबाट भएको बल प्रयोगको विषयमा समेत पूर्ण जानकारी प्रतिवेदनमा उल्लेख गरिएको छैन ।

३. वैदेशिक रोजगारको विषयमा प्रतिवेदनले कुनै पनि तथ्यगत विवरणविना नै एकतर्फी विश्लेषण प्रस्तुत गरेको छ । त्यहाँ सरकारबाट त्यसबारेमा भएका राम्रा प्रयत्नको उल्लेख समेत छैन ।

जस्तो, आप्रवासी कामदारका लागि फ्री टिकट फ्री भिसाको सुविधा सरकारको राम्रो कदम हो अनि कामदारले पाउने क्षतिपूर्तिको रकम बढाउने सकारात्मक विकासका कुरालाई प्रतिवेदनले उल्लेखै गरेको छैन । प्रतिवेदनले अनुमानको भरमा निष्कर्ष पेश गरेको देखिन्छ ।

४. प्रतिवेदनमा महासेनानी कुमार लामाको मुद्दाको बारेमा चर्चा गरिएको छ तर सो मुद्दाको जिकिर किन गरियो र सोमार्फत के प्रस्तुत गर्न खोजिएको भन्नेबारेमा स्पष्ट उल्लेख गरिएको छैन ।

५. प्रतिवेदनले भ्रष्टाचारको मुद्दालाई अभिव्यक्तिको स्वतन्त्रताको विषयअन्तर्गत पेश गरेको छ र सोको ठोस आधार समेत उल्लेख गरेको छैन । यसमा उठान गरिएको कनकमणि दीक्षितको मुद्दा महत्त्वपूर्ण हो, तर सोबारे विस्तृत जानकारी प्रतिवेदनमा छैन । यसैगरी चन्द्रकान्त राउत र रब पेन्नरको मुद्दाबारे पनि प्रतिवेदनमा एक लाइन जानकारी छ ।

यसरी उठान गरिएको मुद्दाको विषयवस्तुबारे भने खास चर्चा छैन । यस्तै विषयमा नेपालको सर्वाेच्च अदालतले गरेका अन्य महत्त्वपूर्ण फैसलाको जिकिरसम्म पनि प्रतिवेदनमा गरिएको छैन । के कारण यी दुई मुद्दालाई मात्र प्रतिनिधि मुद्दाको रूपमा लिएर नेपालमा वैयक्तिक स्वतन्त्रताको हकको स्थिति उजागर गर्न खोजियो, स्पष्ट छैन । लोकमानसिंह कार्कीको विषयमा अदालतले लिएको बोल्ड निर्णयलाई प्रतिवेदनमा किन महत्त्व नदिइएको हो ?

६. नेपाल सरकार र अदालतमार्फत भएका राम्रा काम र क्रियाकलाप किन प्रतिवेदनमा उल्लेख भएनन्, सोचनीय विषय छ । न्यायमा पहँुच, अदालतको महत्त्वपूर्ण फैसलाहरू, संविधानमा व्यवस्था भएका मौलिक हक, मानवअधिकारकर्मीको अवस्था आदि लगायतका विषय किन प्रतिवेदनमा उल्लेख भएन ? यो त प्रतिवेदन तयार गर्ने व्यक्ति वा एमनेस्टी इन्टरनेसनललाई नै थाहा होला ।

७. प्रतिवेदन निक्कै हल्का र गैरजिम्मेवार रूपमा तयार गरिएको छ । किन आफ्नो प्रतिवेदन तयार गर्दा एमनेस्टी इन्टरनेसनल जस्तो संस्थाले गम्भीर विषयलाई अवमूल्यन ग–यो, आश्चर्यको विषय छ ।

एमनेस्टी इन्टरनेसनलको प्रतिवेदन सबैको चासोको विषयको र यसको बारेमा सबै सरोकारवालाले जानकारी राख्नुपर्ने हुन्छ । आगामी दिनमा नेपालको मानव अधिकारको स्थितिबारेमा यस प्रतिवेदनलाई स्रोत सामग्रीको रूपमा प्रयोग गरिनेछ ।

यसैगरी यस प्रतिवेदनले नेपालको मानवअधिकारको स्थिति संसारभरिका पाठकमा पु–याउने कार्य गर्दछ । यस्तो महत्त्वपूर्ण प्रतिवेदन यति हल्का र गैरजिम्मेवार तरिकाले तयार गर्नु गलत मात्र नभएर नेपालको लागि हानिकारक समेत छ । यस्तो प्रतिवेदनले विश्व समुदायमा नेपालको गलत चित्र पेश गर्छ । साथै, यसले मानवअधिकारको क्षेत्रमा भएको सकारात्मक विकासलाई ओझेलमा पार्दछ ।

एम्नेस्टी इन्टरनेसनलको हालैको नेपालबारेको प्रतिवेदनको अध्ययनपश्चात् केही प्रश्नसमेत मनमा उब्जिएका छन्:

१. एमनेस्टी इन्टरनेसनलको प्रतिवेदनलाई आगामी दिनमा कसरी निष्पक्ष र तथ्यपरक स्रोत सामग्रीको रूपमा प्रयोग गर्ने ?

२. एमनेस्टी इन्टरनेसनलले नेपालमा मानवअधिकारको क्षेत्रमा भएका सकारात्मक विकास वा पहललाई प्रतिवेदनमा उल्लेख समेत नगर्नुलाई कसरी लिने ?

३. एमनेस्टी इन्टरनेसनलले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएका विषयमा भएको कमीकमजोरीबारे कुनै देश विशेषको प्रतिवेदन तयार गरिनुपर्छ वा पर्दैन ?

४. हालको प्रतिवेदनमा आएको प्रतिक्रिया र आलोचनाको जवाफ एमनेस्टी इन्टरनेसनलले दिनुपर्ने हो वा होइन ?

५. एमनेस्टी इन्टरनेसनलले यस्ता प्रतिवेदन तयार गर्दा अध्ययनको विधि र ढाँचा कस्तो हुन्छ ? प्रतिवेदन तयार गर्दा के आधारमा विषयगत अवधारणा तयार गरिन्छ ?

६. एम्नेस्टी इन्टरनेसनलको यो प्रतिवेदन र यसमा उल्लेखित विषयमा नेपालको मानवअधिकारकर्मीहरूको स्वस्थ बहस हुुनुपर्ने हो वा होइन ?

अन्त्यमा, एम्नेस्टी इन्टरनेसनलको हालैको प्रतिवेदन अपरिपक्व तवरले तयार गरिएको छ र यसले नेपालको हालको मानवअधिकारको अवस्थाको चित्रण उचित तरिकाले गरेको छैन । अध्ययनको विधिगत रूपमा पनि प्रतिवेदन फितलो देखिएको छ ।

प्रतिवेदनमा उल्लेख भएका कुरा गलत नभए पनि पूर्ण छैनन् । प्रतिवेदनले एकतर्फी रूपमा मानवअधिकारका विषयलाई नकारात्मक पक्षमा जोड दिँदै प्रतिवेदनमा प्रस्तुत गरेको छ । यस्तो प्रतिवदनले आगामी दिनमा एम्नेस्टी इन्टरनेसनलको कार्यगत कुरामा समेत प्रश्न उठ्नसक्ने देखिन्छ । एम्नेस्टी इन्टरनेसनल जस्तो संस्थाले आफ्नो प्रतिवेदन हल्का रूपमा तयार गरी संसारभरि अधुरो जानकारी सम्प्रेषण गर्नु गैरजिम्मेवारीपूर्ण कार्य हो ।

हालको प्रतिवेदनमा एमनेस्टी इन्टरनेसनलले या त पूरक प्रतिवेदन तयार गरेर आफ्नो धारणा पुष्टि गर्नुपर्ने देखिन्छ या त प्रतिवेदनमा कमी भएको स्वीकार गर्नुपर्ने देखिन्छ । त्यसो गरेमा मात्र एम्नेस्टी इन्टरनेसनलले गर्दै आएको कामको विश्वसनीयता कायम रहेनछ । आगामी दिनमा समेत प्रतिवेदन तयार गर्दा एमनेस्टी इन्टरनेसनल विषयवस्तुप्रति सचेत हुनुपर्ने देखिन्छ ।

लेखक अधिवक्ता हुन् तथा उनी अन्तर्राष्ट्रिय मानवअधिकार कानून पढाउँछन् ।

Twitter: @barun_ghimire

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x