×

NMB BANK
NIC ASIA

स्वास्थ्यमा दुई सचिवको तानातान : मन्त्रीले मिलाउन सकेनन्, बल मन्त्रिपरिषद्को कोटमा

पुस ८, २०७५

NTC
Premier Steels

काठमाडौं –‘आज भित्र कुन सचिव हुनुहुन्छ ?’ स्वास्थ्य मन्त्रालयमा सचिवको कार्यकक्ष अगाडि एक सेवाग्राहीले सोधे ।

Muktinath Bank

‘सचिव केदारबहादुर अधिकारी हुनुहुन्छ ।’ सचिवको कार्यकक्ष बाहिर रहेका कर्मचारीले जवाफ दिए । त्यसपछि ती सेवाग्राही सचिव भेट्ने समय मागेर प्रतिक्षामा बसे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेवाग्राही मात्रै होइनन्, स्वास्थ्य मन्त्रालयभित्रै रहेका महाशाखा र शाखाका कर्मचारीहरू पनि सचिवसँग सम्बन्धित कामका लागि जानुपर्दा पहिला बाहिर रहेका कर्मचारीलाई कुन सचिवभित्र हुनुहन्छ भनेर सोध्ने गर्छन् । 


Advertisment
Nabil box
Kumari

शुक्रवार बाहिर नेम प्लेटमा सचिव केदारबहादुर अधिकारी र भित्र सचिव डा. पुष्पा रहेकोले आइबार आउने सेवाग्राही र मन्त्रालयकै कर्मचारी पनि भित्र कुन सचिव छन् भन्नेमा अन्यौलमा थिए । 

Vianet communication

स्वास्थ्य मन्त्रालयमा सचिवको दरबन्दी एक जनाको मात्रै भएपनि कार्यलयमा भने दुईजना सचिव छन् । मन्त्री परिषद्ले निर्णय गरी पठाएको प्रशासन तर्फका सचिव केदारबहादुर अधिकारी र अदालतको फैसलाबाट पुनर्बहाली गरेकी सचिव डा. पुष्पा चौधरी ।

यसरी भए मन्त्रालयमा दुई सचिव

मन्त्रिपरिषद्ले डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यलयमा सरुवा गरेपछि डा. चौधरी गत कात्तिक १३ गते सर्वोच्च अदालत पुगिन् । डा. चौधरीको निवेदनमा पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मित्रको इजलासले मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दियो ।

सर्वोच्चको आदेश खारेजीको माग गर्दै सरकार भ्याकेटमा गयो । स्वास्थ्य सचिवको पक्षमा आएको अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेटमा गएको सरकारले सचिव डा. चौधरीलाई सरुवा गर्नुको कानूनी आधार अदातलमा पेश गर्न सकेन । सरकारले हालेको भ्याकेटमा सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश नै अन्तिम निर्णय भएको फैसला सुनायो ।

डा. चौधरीको मुद्दा सर्वोच्चमा रहेकै समयमा सरकारले हतारहतार प्रधानमन्त्री कार्यलयमा स्वास्थ्य सचिवको दरबन्दी थप गर्‍यो ।  स्वास्थ्य मन्त्रालयमा पनि प्रशासन तर्फका सचिव केदारबहादुर अधिकारीलाई नियुक्त गरिसकेको थियो । 

एउटा कुर्सीमा दुई सचिव पालैसँग बसे

डा. पुष्पा चौधरी अदालतको पत्र लिएर शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रायमा पुगिन् । तर स्वास्थ्य मन्त्रालयमा पहिला सचिव डा. चौधरी रहेको कार्यकक्षमा सरकारले सरुवा गरेका अधिकारी आफ्नो नेमप्लेट नै राखेर बसेका थिए ।

शुक्रवार सचिव अधिकारी बाहिर भएको समयमा मन्त्रालय पुगेकी डा. पुष्पा सचिवको कक्षमा गएर बसिन् । अदालतको आदेश पत्र लिएर स्वास्थ्य सचिवको कुर्सीमा डा. चौधरी बसेपनि बाहिर भने सचिवको नेमप्लेट सचिव अधिकारीकै थियो ।

शुक्रवार सचिव चौधरी हुँदा कामका लागि कोही पनि सचिवको कार्यकक्षभित्र पसेनन् । सचिव चौधरी आधा घण्टा सचिवको कुर्सीमा बसेर फर्किइन् ।

आइतवार ढोकाबाटै फिर्ता

आइबार ११ः ४० मा पनि डा. पुष्पा चौधरी स्वास्थ्य मन्त्रालयमा पुगिन् । सचिवको कार्यकक्ष बाहिर सचिव अधिकारीकै नेमप्लेट थियो । डा. चौधरी सचिवको ढोकासम्म पुगिन्, तर आइतबार भने सचिवको कुर्सीमा बसिनन् । डा. चौधरी त्यहाँबाट स्वास्थ्य मन्त्री उपेन्द्र यादवको कार्यकक्षतर्फ लागिन् । त्यसको केही समयमा सचिव अधिकारी सचिवको कार्यकक्षभित्र पसे र आफ्नो कार्यमा लागे ।

डा. चौधरी स्वास्थ्य मन्त्रीको कार्यकक्षमा गइन् । स्वास्थ्य मन्त्री यादव र डा. चौधरीबीच करीब ३० मिनेट छलफल भयो । स्वास्थ्य मन्त्रीसँगको भेटपछि डा. चौधरी स्वास्थ्य सचिवको सल्लाहकार रहेको कक्षमा आगन्तुक जस्तैगरी केही समय बसिन् र पुनः २:४५ मा स्वास्थ्य मन्त्री यादवको कक्षमा पुगिन् ।

मन्त्री यादव अन्य व्यक्तिसँगको भेटघाटमा व्यस्त भए । दोस्रो पटक मन्त्री यादवकै कार्यकक्षमा पुगेकी सचिव डा. चौधरीसँग मन्त्री यादवले छलफल नगरेको स्रोतले बतायो । 

‘डा. चौधरी भित्र त बस्नुभएको थियो, तर उहाँसँग स्वास्थ्यमन्त्रीले छलफल गर्नुभएन ।’ करीब एक घण्टा मन्त्री यादवको कार्यकक्षमा बसेकी डा. चौधरी बाहिर निस्किइन् र पुनः स्वास्थ्यमन्त्रीकै सल्लाहकारको कक्षमा बसिन् ।

स्वास्थ्य मन्त्री र डा. चौधरीबीच पहिलो छलफलमै कुरा मिलेन

सचिव चौधरीको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्री यादवले  आइतवार बिहान छलफल गरेका थिए । स्वास्थ्य मन्त्रालयमा दुईजना सचिव भएपछि मन्त्री यादवले जनसंख्या तर्फको सचिवको दरबन्दी थप गरी डा. पुष्पालाई त्यसमा व्यवस्थापन गर्ने तयारी गरेका थिए ।

आइतवार डा. चौधरीलाई मन्त्री यादवले जनसंख्याको जिम्मेवारी दिने प्रस्ताव समेत गरेको स्रोतले बतायो । तर आफू स्वास्थ्यतर्फको सचिव भएकाले स्वास्थ्य तर्फको जिम्मेवारी पाउनुपर्ने डा. चौधरीको माग छ ।

‘देशमा न्यायपालिका पनि छ, म न्यायपालिकाकै आदेशको पालना गर्दैछु । दुईजना सचिवको व्यवस्थापन गर्ने कुरा मन्त्रीज्यूको हातमा छ,’ डा. चौधरीले लोकान्तरसँग भनिन्, ‘मेरो विषय अदातलमै रहँदा मन्त्रालयमा नेमप्लेट परिवर्तन गराइयो । मैले त्यतिबेला नै रिक्वेस्ट गरेको थिएँ । अन्य ठाउँमा बस्ने कुरा मान्य हुँदैन ।’

डा. चौधरीले जिम्मेवारीको भन्दा पनि कार्यकक्षको विषयमा असहमति जनाएको स्रोतको भनाइ छ ।

‘उहाँले जनसंख्याको जिम्मेवारी भएपनि हुन्छ, तर पहिला आफू बसेकै कार्यकक्षमा बस्न पाउनुपर्छ भन्ने माग राख्नुभएको छ,’ स्रोतले भन्यो, ‘कार्यकक्षकै विषयमा कुरा मिलेको छैन ।’

डा. चौधरीले आफूलाई पुरानै कार्यकक्ष चाहिने माग राखेपछि मन्त्री यादवले दुई सचिवको व्यवस्थापन गर्न सकेका छैनन् । 

स्वास्थ्य मन्त्री यादवले सचिवको कार्यकक्षमा सरकारले नियुक्त गरेको सचिव रहेकाले त्यहाँ व्यवस्थापन गर्न नमिल्ने बताएको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री कार्यलयमै तानिन सक्ने

सरकारले डा. चौधरीको मुद्दा अदालतमै रहेको समयमा प्रधानमन्त्री कार्यलयमा स्वास्थ्यतर्फको सचिवको दरबन्दी थप गरेको थियो । डा. चौधरीले कार्यकक्षको विषयमा सहमति नजनाए मन्त्री यादवले सचिव डा. चौधरीलाई पुनः प्रधानमन्त्री कार्यलयमा नै सरुवा गर्न सक्ने स्रोतले बतायो ।  

‘अहिले त प्रधानमन्त्री कार्यलयमा पनि स्वास्थ्यतर्फ सचिवको दरबन्दी कायम भएको छ, डा. चौधरीलाई कि स्वास्थ्य मन्त्रालयको जनसंख्यातर्फको जिम्मेवारी दिइन्छ, कि भने प्रधानमन्त्री कार्यलयमा रहेको नयाँ दरबन्दीमा पठाउन सक्छ,’ स्रोतले भन्यो ।

स्वास्थ्य मन्त्रालयमा नै नियमित हाजिर हुँदै आएकाले पनि स्वास्थ्य सचिव डा. चौधरीलाई मन्त्री परिषद्ले सजिलै पुनः सरुवा गर्नसक्ने स्रोतको भनाइ छ ।

भोलि सोमवार बस्ने मन्त्रिपरिषद् बैठकले नै स्वास्थ्य सचिवको व्यवस्थापनको टुंगो लगाउने स्रोतले बतायो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x