×

NMB BANK
NIC ASIA

फर्स्ट डिभिजनमा स्नातकोत्तर पास भए सजिलै शिक्षक बन्न पाइने, कर्मचारीभन्दा १० प्रतिशत बढी तलब

पुस १६, २०७५

NTC
Premier Steels

काठमाडौं– स्नातकोत्तर तहमा प्रथम श्रेणी (फर्स्ट डिभिजन)मा पास भएका व्यक्तिले शिक्षण पेसामा पहिलो प्रथामिकता पाउने भएका छन् । 

Muktinath Bank

जुनसुकै संकायमा अध्ययन गरेको भएपनि स्नातकोत्तर तह प्रथम श्रेणीमा पास भएका व्यक्तिले शिक्षक अनुमति (लाइसेन्स) परीक्षा नदिइ माध्यमिक तहको शिक्षक बन्न पाउने व्यवस्था गरिँदै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामुदायीक विद्यालय शिक्षामा लगानी गरे अनुरुप प्रतिफल आउन नसकेको भन्दै आलोचना भइरहँदा सरकारले स्नातकोत्तर तहमा प्रथम श्रेणी ल्याउनेलाई सहज रुपमा शिक्षक बन्न पाउने अवसर दिन लागेको हो । 


Advertisment
Nabil box
Kumari

शिक्षा क्षेत्रको सुधारका लागि सरकारलाई सुझाव दिन बनेको उच्चस्तरीय शिक्षा आयोगले प्रथम श्रेणीमा पास भएकालाई शिक्षण पेसामा आकर्षित गराउन नयाँ व्यवस्था गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउँदै छ । 

Vianet communication

शिक्षकको तलब कर्मचारीको भन्दा १० प्रतिशत बढी 

शिक्षण पेसा प्राविधिक पेसा भएकाले शिक्षकहरुको तलब र सुविधा प्राविधिकको जस्तै हुनुपर्ने आयोगको ठहर छ । आयोगले शिक्षकको तलब सुविधा सरकारी कर्मचारीको भन्दा १० प्रतिशत बढाउने व्यवस्था गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउँदै छ । कर्मचारीको भन्दा १० प्रतिशत तलब वृद्धि  गरेमा उच्च अंक ल्याउनेहरु शिक्षण पेसामा आकर्षित हुने आयोगको विश्वास छ ।

शिक्षा क्षेत्रको अवस्थाको अध्ययन गरी सुधारका लागि सुझाव दिन बनेको समितिले उक्त व्यवस्थासहितको प्रतिवेदन सरकारलाई पुस २२ गतेभित्र बुझाउने तयारी गरेको छ । 

बढ्ला शैक्षिक गुणस्तर ?

अहिले शिक्षाशास्त्र संकायमा पढ्ने अधिकांश विद्यार्थीहरु एसईई परीक्षामा सबैभन्दा तल्लो ग्रेड ल्याउनेहरु रहेका छन् । माथिल्लो ग्रेड ल्याउनेहरुले विज्ञान, व्यवस्थापन संकाय अध्ययन गर्ने र तल्लो ग्रेण ल्याउनेले मात्र मानविकी र शिक्षा शास्त्र संकाय अध्ययन गर्ने गरेका छन् । एसईईमा कमजोर ग्रेड ल्याउनेले विज्ञान, व्यवस्थापन लगातका शंकाय पढ्न पाउँदैनन् । 

शिक्षक बन्नका लागि शिक्षा शास्त्र संकाय वा एक वर्षे स्नातक अनिवार्य छ । शिक्षकको अनुमतिपत्रका लागि यस्तो व्यवस्था गरिएको हो । अन्य शंकायमा अध्ययन गर्नेहरुले पनि एक वर्षे स्नातक गर्ने गरेका छन् । तर शिक्षा शंकाय अध्ययन गर्नेहरु अहिलेको एसईईमा कमजोर ग्रेण ल्याउनेहरु नै धेरै हुने गरेका छन् । 

शिक्षा संकायका मात्र शिक्षक बन्दा नेपालको शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको भन्दै सरकारले स्नातकोत्तरमा उच्च अंक ल्याउनेलाई पनि शिक्षण पेसामा आकर्षित गर्नुपर्ने शिक्षा विद्हरुको तर्क छ । 
प्रथम श्रेणीमा स्नातकोत्तर पास गरेकाहरु शिक्षण पेसामा आउँदा शिक्षण सिकाइ प्रभावकारी हुने शिक्षाविद्हरु बताउँछन् । यद्पी उनीहरुलाई शिक्षक सेवा अनुमति परीक्षा नलिएपनि शिक्षा शास्त्र संकायले तोकेको मापदण्ड अनुसारको तालिम भने दिनुपर्ने शिक्षाविद् मन प्रसाद वाग्ले बताउँछन् । 

‘स्नातकोत्तर प्रथम श्रेणीमा पास हुनेलाई लाइसेन्स नभए पनि पढाउन पाउने भनिएको छ, हाम्रो एजुकेसन खत्तम भइसकेको छ, त्यसैले यो एकप्रकारले राम्रो हो,’ शिक्षाविद् वाग्लेले लोकान्तरसँग भने, ‘तर प्रथम श्रेणी मात्रै आएर पढाउन सक्छन् भन्ने हुँदैन,उनीहरुलाई शिक्षाशास्त्र संकायले तोकेको मापदण्डमा रहेर तालिम चाहिन्छ । सुविधा पनि दिने तालिम पनि दिने गरेर ल्याउन सकिन्छ ।’

अहिले शिक्षण पेसामा रहेका धेरै शिक्षकहरुको पढाउने विषयवस्तु र क्षमतामा समस्या रहेको भन्दै वाग्लेले उच्च अंक ल्याउने व्यक्तिहरु शिक्षण पेसामा आउँदा नेपालको शिक्षामा सुधार हुने दाबी गरे ।

वाग्लेले भने, ‘अहिले शिक्षण पेसमा रहेका धेरै शिक्षकको विषयवस्तुमा समस्या देखिएको छ, राम्रो अकं ल्याउनेहरुलाई तालिम दिएर शिक्षण पेसामा ल्याउन सकेमा नेपालको शिक्षा गुणस्तर हामीले सोचे भन्दा पनि बढी सुधार हुनसक्छ ।’ 

विद्यालय तहको संरचनाअनुसार कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तहमा राखिएको छ । हाल नेपालभर कक्षा ९ र १० सम्म ९ हजार ४ सय ४७  विद्यालय छन् भने कक्षा ११ र १२ को समेत पढाइ हुने विद्यालय ३ हजार ७ सय ८१ छन् । माध्यमिक तहमा करिव १४ लाख विद्यार्थीहरु र उनीहरुलाई पढाउने ६४ हजार शिक्षक रहेको शिक्षा मन्त्रालयको तथ्यांक छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x