×

NMB BANK
NIC ASIA

२०७४ सालको पछिल्लो निर्वाचनपछि एमाले–माओवादीले जुन जनमत प्राप्त गर्यो त्यसले आम नेपाली जनतालाई एउटा ओजस्वी भविष्यको बोध गराएको थियो । एमाले–माओवादीले प्राप्त गरेको स्पष्ट बहुमतसँगै अन्य मधेशी दलहरूको साथ लिएर वर्तमान सरकार दुईतिहाई बहुमतमा सतिसालजस्तै सरकार चलाइरहेको छ ।

Muktinath Bank

२०१५ सालको आम निर्वाचनमा बीपी कोइरालाको पार्टी नेपाली कांग्रेसले प्राप्त गरेको जनमतपछि लोकतान्त्रिक गणतन्त्रको युगमा वर्तमान ओली सरकार सबैभन्दा भाग्यशाली र बलशाली सरकार हो । यसमा कुनै द्विविधा छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिको फड्के किनारामा निकै ठूला सपना र संकल्पको साक्षी जनतालाई राखेर सरकारमा पुगेको यो पार्टीमा मुलुक परिवर्तनका प्रतिको इमान्दारिता र इच्छाशक्ति थियो भने ‘समृद्ध नयाँ नेपाल’को सुखद प्रारम्भ यतिबेला भइसक्नुपर्ने थियो भन्ने मेरो अनुमान र आकलन हो । तर आजका दिनसम्म वर्तमान सरकारले लिएको लक्ष्य र उद्देश्यलाई संश्लेषण गर्ने हो भने सरकारको कार्यदिशाले त्यसको पुष्टि गर्दैन । 


Advertisment
Nabil box
Kumari

सरकारको भनाई र गराईको तादम्यता विभाजित :

Vianet communication

निर्वाचनपूर्व रेल ल्याउने, पाइपबाट ग्यास र तेल ल्याउने, नदीहरूमा पानीजहाज ल्याउने, र वृद्ध, अशक्त र असहायलाई घरघरमै लगेर ५–५ हजार भत्ता दिने असाधारण प्रतिवद्धताको जगमा ओली सरकारको मोटाइ र उचाइ बढेको हो भन्दा सायद कुनै अतिशयोक्ति नहोला ।

संसदमा ठूलो आकारमा उपस्थित भएको नेकपासँग चुनावपूर्व जनतालाई देखाएर आएका हजारौं सपनाहरुको चाङ हुनुपर्छ । मुलुकको समृद्धिका निम्ति एमाले–माओवादीको गठजोडमा गरेका थुप्रै प्रतिवद्धताहरू पनि हुनुपर्छ । तर हिजोका ती सपना र संकल्प पूरा गर्ने अठोट आजको नेकपा पार्टी र त्यसले बनाएको सरकारसँग छन् कि छैनन् भन्ने बहस आजको महत्त्वपूर्ण कुरा हो । सायद त्यसैले पनि संसदमा सानो आकारमा उपस्थित भएको प्रतिपक्षले १ वर्ष बढी नेकपा सरकारका तिनै लोककल्याणकारी काम र कर्मको प्रतीक्षा गरेर बस्यो । केही बोलेन, सरकारका कुनै पनि कर्मको टीका टिप्पणीसम्म गरेन ।

सरकारले आफ्ना नीति तथा कार्यक्रम ल्यायो, बजेट ल्यायो तर क्रान्तिकारी सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको फ्रेमभित्र नयाँ नेपालको मार्गचित्र थिएन, उही पुराना कर्मकाण्डी योजनाहरू मात्रै थिए । सरकार पहिलो पटक आफ्नै बचनमा चुक्यो । आम नागरिकहरू झस्किए, कर्मचारीहरू सशंकित भए र बौद्धिक समुदाय जिल्लियो । खासमा नेकपा सरकारको भनाइ र गराइको तादम्यता यहीँनेर विभाजित भयो । 

नागरिक सुझावप्रति प्रधानमन्त्रीको खरो आक्रमण :

देशमा भष्ट्राचार बढ्यो । महंगी तेब्बर भयो । ३३ किलो सुनकाण्डदेखि अनेकौं काण्डको शृंखला दोहोरियो । ज्यानमारा र अपराधीहरू ससम्मान रिहा भए । तर सरकार आमनागरिकको सपनामा खेलाँची गरेर माफियाको मेहफिलमा रमाइरहेको छ । सरकारको गलत शासकीय सोच र शैलीका कारण केही बौद्धिक जमातले समेत प्रतिपक्षको भूमिका कमजोर भएको टिप्पणी गर्न थाले । समयको क्रमसँगै ओली सरकारका यावत् कर्महरू यति अलोकप्रिय बन्दै गए कि प्रतिपक्षभन्दा छिट्टै नागरिक समाज र बुद्धिजीवि वर्गले सरकारको खिलापमा टिप्पणी गर्नुपर्ने बाध्यता सिर्जना भयो । 

सरकारलाई सचेत गराउने ढंगले नागरिकबाट आएका सुझाव र टिप्पणीलाई ओली सरकारले स्वीकार गर्नुभन्दा प्रतिकार गर्नु उत्तम सम्झ्यो । प्रधानमन्त्रीज्यूले आफ्ना नेता कार्यकर्तालाई धुम्बाराहीमा बोलाएर आफ्नो खिलापमा आउने प्रतिक्रियाका विरुद्धमा अरिंगालजस्तै जाई लाग्न निर्देशन दिनुभयो । सरकारका प्रधानमन्त्रीले कार्यकर्तालाई मुठभेडमा जान निर्देशन दिएको सायदै त्यो इतिहासको पहिलो घटना थियो ।

अपराधको संस्थागत संरक्षण :

साउन १० गते घरबाट साथीको घरमा गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । निर्मलाको हत्याराको खोजी गरी कारवाही गर्न कञ्चनपुरवासीले निकै ठूलो आन्दोलन गरे । तर हत्यारा पत्ता लगाउनुको सट्टा प्रहरी स्वयंले घटनालाई ढाकछोप गर्ने अनेकौं प्रपञ्च गर्न थालेपछि अपराधीलाई सरकारकै संस्थागत संरक्षण प्राप्त भएको कुरा आम जनतामा छिप्न सकेन ।

किनकि जब छोरीको न्याय माग्दै निर्मलाका बाबुआमा काठमाडौं आए र हत्याराको खोजी गरिदिन प्रधानमन्त्रीसँग अलापविलाप गरे । तर त्यसको महिनौं दिनसम्म पनि प्रहरीले हत्यारा पत्ता लगाएन । बरु प्रधानमन्त्री केपी ओलीले भन्नुभयो, ‘हत्यारा पत्ता लाग्न बाह्रौ वर्ष पनि लाग्न सक्छ ।’ त्यसको लगत्तै निर्मलाको न्यायका लागि काठमाडौं लगायत देशका विभिन्न ठाउँमा जनताहरूको जुलुस निस्कियो ।

सिंगो मुलुकले वर्तमान सरकारसँग न्यायको याचना गर्यो । तर आजसम्म निर्मलाको हत्यारा पत्ता लाग्न सकेको छैन । बरु सरकारका मन्त्रीले निर्मलाको न्यायका लागि टाँगिएका पोस्टर प्रहरीलाई च्यात्न लगाए र सरकारी सञ्चारमाध्यमलाई निर्मला पन्तका समाचार निषेध गर्न निर्देशन दिए । आज पनि निर्मलाको न्यायको कुरा गुमनाम हुँदै गएको छ । अपराधीहरू खुलेआम चैन गरिरहेका छन् । न्याय माग्नेहरूको आवाज  सुक्दै गएको छ । साँचो अर्थमा देशमा न्याय हराएको छ ।

डा. गोविन्द केसीका मुद्दाप्रति सरकारी अवमूल्यन :

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका खातिर डा. गोविन्द केसीले थाल्नुभएको सत्याग्रहको अहिले १६ औं शृंखला चलिरहेको छ । तर डा. केसीले थालनी गरेको सत्याग्रही आन्दोलनलाई सामाजिक सञ्जालमा कतिपयले भद्दा मजाकको बिषय बनाइरहेका छन् । तर वस्तुनिष्ठ ढंगले विश्लेषण गर्ने हो भने एउटा सत्याग्रहीको बलिदानीपूर्ण संघर्ष स्वास्थ्य क्षेत्रको आमूल परिवर्तन र सुधारको सापेक्षतामा मात्रै सीमित छ भन्दा अन्यथा हुँदैन । तर चिकित्सा शिक्षालाई मेडिकल माफियाको कब्जाबाट मुक्त गरेर आमसर्वसाधारणको पहुँचमा ल्याउन डा. केसीले गरेको अथक प्रयासलाई वर्तमान सरकारले असफल बनाइदिएको छ ।

बिहीवारको राष्ट्रियसभा बैठकबाट समेत यो विधेयक पास भएपछि डा. केसीको सत्याग्रही अनशन यात्रामा गम्भीर कुठाराघात भएको छ । दुवै सदनबाट विधेयक पास गरेसँगै सरकारले उनको जिन्दगीलाई झन् जोखिमतिर धकेलिदिएको छ । आफैंले गरेको पूर्ववत् सम्झौतालाई लत्याएर डा. केसीप्रति सरकारले देखाएको यो पछिल्लो बेइमानी चरित्र किमार्थ क्षमायोग्य छैन । किनकि सरकारले सत्य र न्यायलाई दुत्कारेर माफियाको पक्षपोषण गरेको छ । 

अंहकार र दम्भको पराकाष्ठ :

‘लोकतन्त्रमा एक–दुईले विरोध गरेर देशमा केही उधुम भइहाल्दैन’ भन्ने सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको यो पछिल्लो अभिव्यक्ति हो । संसद भवनदेखि सडकसम्म सरकारविरुद्ध उठ्दै र बाक्लिँदै गएको जनसागरलाई कमजोर आकलन गरेर सरकारका प्रधानमन्त्री न्यायको खलनायकी मोडमा उभिनु लज्जाको विषय हो । यस्ता अभिव्यक्तिले लोकतान्त्रिक मूल्यको गिल्ला गर्दछ । सदनमा भएको प्रतिपक्षीय शक्तिलाई अंकगणितीय ढंगले टिप्पणी गर्नुभन्दा सक्षम शासकले आफ्नो शासकीय कमजोरीको समीक्षा गर्नु वाञ्छनीय हुन्छ । 

निर्मला हत्याकाण्डदेखि वाइडबडीको भष्ट्राचारलाई सत्ता र शक्तिकै आडमा गुमनाम पार्ने सरकारी योजना हो भने त ठीकै छ । तर राजनीतिमा यसको हिसाबकिताब आना र पैसामा समेत चुक्ता गर्नुपर्छ भन्ने कुरा सायद वर्तमान प्रधानमन्त्रीज्यूलाई थाह हुनुपर्ने हो । 

इतिहासबाट सिक्नुपर्ने पाठ :

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट आफू ठूलो पार्टी भएर आएपछि तत्कालीन माओवादीले कांग्रेस एमालेलाई पार्टीको आकारमा समेत देख्न छाडेको थियो । माओवादी नेताहरूले हरेक सार्वजनिक सभासमारोहमा कांग्रेस एमालेहरूलाई ‘हरूवा’ भनेर टिप्पणी गर्ने गर्थे । सत्ताको साँचो पाएपछि आफ्नो शासनशैलीमा प्रचण्डले जुन सुझबुझ र परिपक्वता देखाउनुपथ्र्यो त्यसको ठिक विपरित उनले अहंकार, उदण्डता र स्वेच्छाचारितालाई आत्मसाथ गरे । माओवादीको अहंकार यति बढ्यो कि आफ्नै शक्ति र सामथ्र्यको भूमरीमा परेर माओवादी पार्टी केही वर्षमै राजनीतिको सतहमा सीमित भयो ।

त्यसको ठीक १० बर्षपछि ०७४ सालमा २ कम्युनिस्टको पार्टी नेकपाले पनि निर्वाचनबाट स्पस्ट बहुमत पायो । तर नेकपा र यसका नेताहरूको राजनीतिक दम्भ र अहंकार अहिले यसरी बढ्दै छ कि यिनीहरूले अरू पार्टीको आकार पनि देख्नै छोडेका छन् । विशेषगरी दुईतिहाइ जनमतको राजनीतिक सज्जाभित्र रहेका केपी शर्मा ओलीमा अहिले मुलुक र जनताको साझा प्रधानमन्त्री भन्दा नेकपाको गुरिल्लावादी मनोवृत्ति हुर्कंदै गएको देखिन्छ । शासकहरुमा देखिने यस्ता प्रवृत्तिहरुले मुलुकलाई विकासतिर होइन विनाशतिर लैजान्छन् । 

निष्कर्ष :

पछिल्लो समय सोसल मिडिया र प्रिन्ट मिडियामा केही लाल बुझक्कडहरूले पनि सरकारका कमीकमजोरीलाई ढाकछोप पार्ने अतिरञ्जनापूर्ण विचारहरू प्रकट गरेको देखिन्छ । आस्थाका हिसाबले आफूसम्बद्ध पार्टीको धेरथोर बचाउ गर्ने र उसको पक्षमा सांकेतिक बहस पैरवी गर्ने कुरा सामान्य हो । तर आफ्नो नेतृत्वले गरेको कामबाट मुलुक नै दुर्घटनाको जोखिमतिर जाँदैछ भन्ने जान्दाजान्दै पनि चुपचाप हेरेर बसिरहनु दासत्व चिन्तनको उपज हो ।

कुनै बेला सर्वहारा वर्गको अधिनायकत्वको कुरालाई बढी भन्न रुचाउने लाल बुद्धिजीविहरू यतिबेला जनताको आशा र भरोषामा आफ्नो नेतृत्वले गरेको धोकाधडी र ठट्टाको साक्षी बस्नु राम्रो होइन । मलाई लाग्छ – नेकपासँग निकट विचारक र वुद्धिजीविहरुले सरकारलाई सही दिशानिर्देश गर्नु अहिलेको सर्वमान्य आवश्यकता हो ।

मुलुक र जनताको सामीप्यताबाट अलग हुँदै गएको नेतृत्वलाई गलत कर्म र कदमबाट सचेत गराउन जरुरी छ । यदि यो नेतृत्वले पनि निर्वाचनताका जनतालाई देखाएको सपना र संकल्प पूरा गर्न सकेन भने लोकतन्त्र र राजनीतिक नेतृत्वका प्रति जनताको विस्वास गुम्नेछ । त्यसैले त्यो दुर्भाग्यपूर्ण दुर्घटनाबाट बच्न होशियारीपूर्वक हिँड्न सरकारलाई खबरदारी गर्ने कि ! 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x