×

NIC ASIA

भारतीय विमानले कुनै क्षति नगरेको बालाकोट नजिकका गाउँलेको भनाइ

फागुन १५, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं — पाकिस्तानको जब्बा गाउँका बासिन्दाहरू मंगलवार बिहान सखारै एकपछि अर्को विस्फोटको आवाजले उठे । भारतीय वायुसेनाका विमानहरूले उक्त गाउँमाथिको डाँडामा बम खसाएको भनिएको छ । 

Muktinath Bank

बालाकोट शहरबाट उक्त गाउँ ३० किलोमिटर उत्तरपूर्वमा पर्छ र बालाकोट शहर सन् २००५ को ठूलो भूकम्पमा क्षतिग्रस्त भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीहरू पाँच ठूला विस्फोटपछि उठ्यौं,’ एक स्थानीय बासिन्दाले बताए । विस्फोटको आवाजपछि विमान उडेको आवाज पनि सुन्यौं । खसाइएका बमहरू डाँडाका भिरालामा पड्किए । उक्त डाँडामा हरिया खेत र सल्लाका रुख रहेको र बम खसाइएपछि ठूलो खाल्डो परेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

अर्का एक व्यक्ति खैबर पख्तुनख्वाको बालाकोट तहसिलमा रहेको जब्बामा थिए र उनले के भएको हो भन्ने कुराको वर्णन गरे ।

Vianet communication

‘पहिलो विस्फोटपछि म के भएछ भनी बुझ्न कोठाबाहिर दौडिएँ । मैले चम्किलो कुरा देखें र कोठाभित्र गएँ । मेरी आमाल मलाई बोलाउनुभयो । मैले लगातार एकपछि अर्को ठूलो आवाज सुनें । त्यो डरलाग्दो आवाज थियो, म त्यसको व्याख्या गर्न सक्दिनँ,’ मोहम्मद जाकिरले बताए । 

उनको घरअगाडि १० फीट गहिरो खाडल परेको छ र घरलाई क्षति पुगेको छैन । 

उक्त क्षेत्रको दृश्य हेर्दा माटो खैरो भएको र खाल्डो परेको ठाउँनजिक सालका केही रुखहरू लडेको देखिन्छ । 

केही अन्य गाउँलेले उक्त क्षेत्रको प्रत्यक्षदर्शी बयान दिए । तीमध्ये केहीले बमका टुक्रा पनि ल्याएका थिए । 

अरूले रुखहरूमा आगो लागेको देखे । ‘त्यहाँ डढेका केही रुख छन्, अरू केही पनि छैन,’ जाहिद हुसेन शाहले भने । ‘केही रुखमा आगो लागेको जस्तो देखिन्छ,’ अर्का प्रत्यक्षदर्शीले भने । 

गाउँका केही स्थानीयहरूले पाकिस्तान वायुसेनाका विमान आकाशमा उडिरहेको देखेको बताए । 

भारतले आक्रमण गरेको क्षेत्रमा एउटा एकतल्ले घर छ र आसपासमा अन्य कुनै पनि संरचना छैन जसले गर्दा भारतीय विमानहरू भाग्ने क्रममा पेलोड खसाएको भन्ने पाकिस्तानी दृष्टिकोणलाई विश्वासयोग्य बनाउँछ । 

जम्मा एकजनालाई चोट लागेको छ र उनी ६० वर्षीय नूरन शाह हुन् । विस्फोटको प्रभावका कारण उनको माटोले बनेको घरको ढोका उप्किएको थियो र उनको टाउकोमा बज्रिएको थियो । उनलाई प्राथमिक उपचारपछि एक स्थानीय अस्पतालबाट छुट्टी दिइएको थियो । 

स्थानीय बासिन्दाहरूले बम आक्रमणपछि कुनै पनि एम्बुलेन्स वा बाहिर लग्ने वाहन नदेखेको बताए । लडाकूको प्रशिक्षण शिविरलाई तारो बनाएको अनि सयौंलाई मारेको भनी भारतले गरेको दाबीलाई विश्वास गर्ने ठाउँ छैन ।

डन डट्कमबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x