पुस २, २०७५
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं — पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट विंग कमान्डर अभिनन्दन वर्धमानको रिहाइ भारतको परराष्ट्र मन्त्रालयका लागि ठूलो विजय हो । यसले अब आणविक शक्तिसम्पन्न दुई मुलुकबीचको युद्ध नचर्किने दिशामा योगदान गरेको छ । यो रिहाइका पछाडि कूटनीतिको गहन भूमिका छ ।
इस्लामाबादले संसारका प्रमुख देशका वार्ताकारहरूसँग बुधवार फोन संवाद गरेको थियो । सुरक्षा परिषद्का पाँच राष्ट्र पनि यसमा समावेश थिए । पाकिस्तानले भारतका तर्फबाट तीनवटा आक्रामक कारवाहीको योजना बनिरहेको र जलसेनाका जहाजहरू कराँचीतर्फ बढिरहेको बतायो । अनि भारतले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्ने योजना बनाएको र भारत–पाकिस्तान सीमामा सैनिकहरू जम्मा गरिरहेको पनि उसले बतायो ।
यो खबर सुनेपछि आत्तिएका देशहरूले नयाँ दिल्लीलाई सम्पर्क गरे । भारतले उनीहरूलाई यो ‘काल्पनिक र बनावटी’ दाबी भएको बताएको थाहा हुन आएको छ । भारतीय जलसेनाका जहाजहरू कराँचीबाट अन्तै लागेको कुरा चाहिँ सत्य भएको भारतले उनीहरूलाई बतायो । तपाईंहरूले जहाजका गतिविधिलाई आकाशबाटै देख्न सकिहाल्नुहुन्छ र पाकिस्तानको दाबीको जाँचबुझ गर्न सक्नुहन्छ भन्ने आशयको जवाफ भारतले दियो ।
भारतले विदेशीहरूलाई स्पष्ट पार्दै भन्यो, युद्ध चर्काउने नियत आफूहरूको हैन र आफूले पाकिस्तानको निकै भित्र गएर ‘गैरसैन्य प्रतिआतंकवादी प्रिएम्प्टिभ’ आक्रमण गरेको हो । खासमा पाकिस्तानले भारतका सैन्य अड्डाहरूमा आक्रमण गर्न चाहेको भारतको भनाइ रह्यो ।
विदशी वार्ताकारहरूलाई भारतले पाकिस्तानका २० वटा लडाकू विमान भारतीय सैन्य पोस्टमामा पुगेको र नियन्त्रण रेखा उल्लंघन गरेको बतायो । ती पाकिस्तानी विमानले लेजरमा निर्देशित बमहरू प्रहार गरेको र पाकिस्तानी सेनाको भनाइ विपरीत ती बम ‘पत्थर र रुख’ मा नठोकिएको अनि तिनले भारतका सैन्य ठेगानालाई अलिकतिले मात्र मिस गरेको भारतको भनाइ थियो ।
यसलाई दिल्लीले ‘आक्रामक गतिविधि’ का रूपमा लियो र सरकारले पाकिस्तानलाई बुधवार यही कुरा भन्यो । अनि पाकिस्तानका प्रधानमन्त्री इमरान खान र पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफूरले दुईवटा भारतीय लडाकू विमान र दुई पाइलटलाई खसाइएको भन्ने दाबीलाई पनि भारतले अस्वीकार ग–यो । नयाँ दिल्लीले विदेशीहरू भन्यो, खानलाई पाकिस्तानी सेनाले वास्तविक क्षतिका र हताहतीका बारेमा सही जानकारी दिएन अथवा झूटो दाबी ग–यो ।
भारतले यो आक्रमणको जवाफी कारवाही गर्ने कि नगर्ने भन्ने विषयमा केही खुलासा गरेन । आखिर भारतको एक मिग विमानलाई गोली हानी खसाइएको थियो र सैन्य पाइलट पाकिस्तानको हिरासतमा पुगे । तर भारतले युद्ध नचर्किनमा पाकिस्तानले नै जिम्मेवारी लिनुपर्ने बतायो ।
अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग बुधवार कुराकानी गरे । नयाँ दिल्लीले भारतमा रहेका विभिन्न देशका राजदूतलाई आफ्नो उद्देश्य सीमित रहेको बतायो ः त्यो भनेको आतंकवादी शिविरलाई तारो बनाउने हो र यो मिसन पूरा गर्न आफू सफल रहेको बतायो ।
तर पाकिस्तानको हिरासतमा एकजना भारतीय पाइलट थिए र सन् १९४९ को जेनेभा महासन्धिअनुसार युद्धबन्दीलाई मानवीय रूपमा व्यवहार गर्ने र सुरक्षित फर्काउने पाकिस्तानको जिम्मेवारी रहेको भारतले बतायो । दिल्लीले यस विषयमा कुनै सम्झौता नगरिने र पाइलटलाई कुनै हानि गरिएमा वा रिहा नगरिएमा पाकिस्तानले कठोर परिणाम भोग्नुपर्ने अडान राखेको स्रोतहरूले बताए ।
अनि इस्लामाबादले आफूलाई एक्ल्याइएको अनुभव ग–यो किनकि सुरक्षा परिषद्का सबै पाँच मुलुक उसका पक्षमा उभिएनन् र धेरैजसोले त पाकिस्तानलाई आतंकवादी समूहविरुद्ध कारावही चलाउन भने । ओआईसीले भारतलाई गरेको नियन्त्रण फिर्ता लिनुपर्ने पाकिस्तानको मागलाई यूएई समेतले बेवास्ता ग–यो ।
अमेरिका, युरोपेली संघ, साउदी अरब र यूएईले समेत पाकिस्तानलाई साथ नदिएपछि इस्लामाबादसँग कुनै विकल्प रहेन । पाकिस्तानी जनताका लागि इमरान खानले बालाकोट आक्रमणको प्रतिशोधस्वरूप एक भारतीय विमान खसाइएको र भारतीय विमानचालक पक्राउ गरिएको भन्न पाए । तर अहिले ती विमानचालकलाई रिहा गर्ने घोषणा गरेर पाकिस्तानी सेनाले आफूलाई एक व्यावसायिक बल भएको देखाउने अवसर प्राप्त भएको छ । यसले पनि भारतलाई चर्का कुरा नगर्न प्रेरित ग–यो ।
साँझसम्म भारतका तीनैथरी सेनाले आफूहरू युद्धका लागि तयार रहेको सन्देश दिए र थप आक्रमण नभएमा युद्ध नचर्काउने बताए । प्रतिशोधात्मक कारवाही नगर्ने भारतीय सेनाको सन्देशले पाकिस्तानका साथसाथै अन्तर्राष्ट्रिय समुदायलाई पनि राहत दियो ।
अहिले भारत आफ्ना विमानचालकको फिर्तीको प्रतीक्षा गरिरहेको छ तर पाइलटको फिर्ती र पाकिस्तानले आतंकवादी समूहमाथि विश्वसनीय कारवाही चलाउनुपर्ने आफ्नो मागका विषयमा कुनै सम्बन्ध नरहेको बताइरहेको छ । यसै सन्दर्भमा जैश आतंकवादी समूहका विषयमा भारतले पाकिस्तानलाई प्रमाणसहितको दस्तावेज बुझाएको छ र अहिले इमरान खानले आतंकवादीमाथि कारवाही चलाउने अपेक्षा गरिरहेको छ । इमरान खानले पुलवामा आतंकवादी आक्रमणपछि यस्तो प्रमाणको माग राखिरहेका छन् ।
दी इन्डियन एक्सप्रेसमा प्रकाशित शुभजीत रोयको रिपोर्ट
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...