×

NIC ASIA

अमेरिकालाई उत्तर कोरियाको ठाडो जवाफ : हामी आफ्नो दृष्टिकोण परिवर्तन गर्दैनौं

फागुन १७, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं — उत्तर कोरियाका परराष्ट्रमन्त्री री योङले अमेरिकाबाट अर्को चरणको वार्ताको प्रस्ताव आएपनि आफ्नो देशको दृष्टिकोणमा परिवर्तन नआउने बताएका छन् । 

Muktinath Bank

योङ भियतनाममा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच भएको शिखरवार्तापछि मिडियासँग कुराकानी गरिरहेका थिए । ट्रम्प र किमबीचको शिखरवार्ता कुनै पनि सम्झौता नभइकनै टुंगिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पका अनुसार, अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध हटाइनुपर्ने उत्तरको माग अस्वीकार गरेको हो । 


Advertisment
Nabil box
Kumari

तर बिहीवार अबेर राति सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उत्तर कोरियाका परराष्ट्रमन्त्री योङले उत्तर कोरियाबाट सबै प्रतिबन्ध पूर्ण रूपमा अन्त्य हुनुपर्ने माग नराखेको बरू त्यसमा आंशिक राहत दिनुपर्ने भनेको बताए । 

Vianet communication

आफ्नो देशले वास्तविक प्रस्ताव राखेको योङले बताए । यसमा योङबीयोङ परमाणु अनुसन्धान केन्द्रलाई अमेरिकी पर्यवेक्षकको निगरानीमा पूरै बनद गर्ने प्रस्ताव समेत थियो । 

उनले भने, ‘उत्तर कोरिया र अमेरिकाबीच अहिलेको समयमा बढेको विश्वास हेर्दा यो प्रस्ताव आणविक हतियार हटाउनका लागि सबभन्दा राम्रो उपाय भएको देखिन्छ ।’ 

योङले उत्तरमाथिको प्रतिबन्धमा आंशिक छुट दिइनुपर्ने माग राखिएको किनकि नागरिक अर्थव्यवस्था र जनताको जीवनमा समस्या परेको बताए । 

उत्तर कोरियाले आणविक र लामो दूरीका रकेट परीक्षणमा स्थायी रोक लगाउने प्रस्ताव पनि राखेका थिए । हनोई शिखर सम्मेलन जस्तो अर्को अवसर पाउन मुश्किल हुने पनि उनले बताए । 

योङले भने, ‘अमेरिकाले भविष्यमा फेरि वार्ताको प्रस्ताव राखेपनि हाम्रो सैद्धान्तिक दृष्टिकोणमा परिवर्तन आउने छैन र हामीहरू आफ्नो प्रस्तावमा अडिग रहनेछौं ।’

हनोई शिखरवार्तापछि ट्रम्प र किमले कोरियाली प्रायद्वीपबाट आणविक हतियार हटाउने मामिलामा भएको प्रगतिको जानकारी दिने र सम्झौतामा हस्ताक्षर गर्ने मानिएको थियो । 

तर कुराकानीपछि ट्रम्पले भने, ‘सबै कुरा प्रतिबन्धमै गएर अड्कियो । उनीहरू प्रतिबन्ध पूरै हटोस् भन्ने चाहन्थे र हामी अहिल्यै त्यसो गर्न सक्दैनौं ।’

ट्रम्पले जापान र दक्षिण कोरियालाई उत्तरसँगको कुराकानी भविष्यमा पनि भइरहने विश्वास दिलाए । 

ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सका अनुसार, अमेरिका फर्किने क्रममा ट्रम्पले विमानबाटै जापनका प्रधानमन्त्री शिन्जो आबे र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनसँग लगभग १५–१५ मिनेट कुराकानी गरे ।

त्यसै विमानमा चढेका अमेरिकी परराष्ट्रमन्त्री माइक पम्पिओले अमेरिका र उत्तर कोरियाका अधिकारीहरूले धेरै ढिलो हुनुअघि फेरि कुराकानी गर्ने विश्वास लिएको बताए ।

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x