×

NMB BANK
NIC ASIA

शक्तिको दुरुपयोग आरोपमा ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

फागुन २०, २०७५

NTC
Premier Steels

वासिङ्टन- अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेका हुन् । 

अमेरिकी संसदको न्यायिक समितिका अध्यक्ष जेरी नाड्लरले अमेरिकी एबीसी टेलिभिजनसँग कुरा गर्दै डोनाल्ड ट्रम्प जुनियर र अलेन वाइसेलबर्ग समेतका ६० व्यक्ति तथा संस्थामाथि संसदले छानबिन गर्न लागेको जनकारी दिनुभयो । 

संसदमा विपक्षी डेमोक्र्याटिक पार्टीका वरिष्ट सदस्य समेत रहनुभएका नाड्लरले अनुसन्धान मुख्यतः न्यायमा अबरोध, भ्रष्टाचार र शक्तिको दुरुपयोगमा केन्द्रित हुने बताउनुभयो । हाल अमेरिकी संसदमा विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत छ । 

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुससँग साँठगाँठ गरेको आरोपमा राष्ट्रपति ट्रम्पका विषयमा विशेष अनुसन्धाता रोबर्ट मुलरको समितिले पनि छानबिन गरिरहेको छ । 

धेरैजसो विश्लेषकहरुले राष्ट्रपति ट्रम्प विरुद्ध धेरैवटा सङ्घीय तथा राज्यस्तरमा भइरहेका अनुसन्धान पनि राष्ट्रपति ट्रम्पका लागि टाउको दुखाईको विषय बनेको जनाएका छन् । यी अनुसन्धानहरु खासगरी ट्रम्पका व्यवसायहरु तथा परोपकारी कार्यहरुका साथै कर छलीमा केन्द्रित भएका छन् । 

तर ट्रम्पले लगातार सङ्घर्ष गरिरहनुभएको छ, र ट्वीटरमार्फत निरन्तर विपक्षीमाथि तारो बनाइरहनुभएको छ । “म निर्दोश व्यक्ति हुँ तर ज्यादै खराब, विरोधाभाषी तथा भ्रष्ट व्यक्तिहरुले म विरुद्ध अत्याचार गरिएको छ,” उहाँले ट्वीट गर्दै पटकपटक भन्नुभएको छ । 

ट्रम्पका पूर्व निजी वकील माइकल कोहेनले पनि बुधबार संसदीय समिति समक्ष लामो बयान दिएका छन् । सांसदहरुले हालसम्म सार्वजनिक नभएका अरु तथ्यहरु बताउन र अमेरिकी जनतालाई वास्तविक कुरा भन्न कोहेनमाथि अनुरोध गरेका थिए । 

सांसद नाड्लरले कोहेनको कुराबाट पनि राष्ट्रपति ट्रम्पले न्यायमा अबरोध गरेको देखिएको बताउनुभयो । यसअघि ट्रम्पकै दबाबमा प्रथम राष्ट्रिय सुरक्षा सल्लाहकार माइक फ्लाइनले समेत रुसी संलग्नता बारेमा आफूले झुटो बयान दिएको अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) समक्ष स्वीकारेका थिए । 

ट्रम्पले रुसी अनुसन्धानमै विवाद भएपछि मे २०१७ मा एफबीआईका प्रमुख जेम्स कोमेलाई पनि एकाएक बर्खास्त गरेका थिए । राष्ट्रपति ट्रम्पले एनबीसीसँगको एक अन्तर्वार्तामा रुसी अनुसन्धान प्रकरणमा जेम्स कोमेको भूमिकाबाट आफू असन्तुष्ट भएको बताएका थिए । 

“कोहेनले राष्ट्रपतिमाथि विभिन्न शंकास्पद तथ्यहरु उजागर गर्नुभएको छ । यी कार्यहरु राष्ट्रपति हुनुअघि र भएपछि पनि भएका छन्,” नाड्लरले बताउनुभयो । “तैपनि अझै ठोस प्रमाण भेटिइसकेको छैन । तर हामीहरु उपयुक्त अनुसन्धान प्रारम्भ गर्दैछौं ।” रासस/एएफपी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x