×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री रातासलाई पराजित गर्दै इस्टोनियामा काल्लासको रिफर्म पार्टी विजयी

फागुन २०, २०७५

NTC
Premier Steels

टाल्लिन– बाल्टिक क्षेत्रबाट युरोपेली युनियनमा आबद्ध मुलुक इस्टोनियामा आइतबार सम्पन्न आमनिर्वाचनमा विपक्षी उदारवादी रिफर्म पार्टीले विजय हासिल गरेको छ । प्रधानमन्त्री जुरी रातासको सेन्टर पार्टीले भने चुनावमा पराजय व्यहोरेको छ । 

पूर्व युरोपेली सांसद काजा काल्लासको नेतृत्वमा रहेको रिफर्म पार्टीले २८ दशमलब ८ प्रतिशत मत प्राप्त गरेको थियो । प्रधानमन्त्री रातासको सेन्टर पार्टीले भने २३ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

रातासको दलसँग गठबन्धन गरेका सोसल डेमोक्र्याट्स र अनुदारबादी इसामा पार्टीले क्रमशः ९ दशमलब ८ र ११ प्रतिशत ४ प्रतिशत मत प्राप्त गरेका थिए । 

एकसय एक सदस्यीय संसदमा यी दुई दलले रिफर्म पार्टीलाई समर्थन गर्ने सम्भावना छ । यदि दुबै दलले समर्थन गरेमा रिफर्म पार्टीको गठबन्धनको संसदमा ५६ स्थान हुनेछ । विगतमा झैं रिफर्म र सेन्टर पार्टीले विगतमा झैं मिलेर सरकार निर्माण गर्न पनि सक्नेछन् । 

विपक्षी नेता काल्लासले गठबन्धनका सबै विकल्पहरु खुला रहेको बताउँदै प्रधानमन्त्री रास्तासको दलसँग आफूहरुको मुख्यतः कर प्रणाली, नागरिकता र शिक्षाका विषयमा मतभिन्नता रहेको स्पष्ट गर्नुभयो । 

प्रधानमन्त्री रास्तासले विपक्षी रिफर्म पार्टीसँग पनि गठबन्धन हुन सक्ने बताउनुभयो । 

चुनावमा करिब ६३ प्रतिशत मतदान भएको थियो । 

सोभियत युनियनबाट अलग्गिएको इस्टोनियाले विगत तीन दशकमा एकल वा दुई दल मिलेर आलोपालो सरकार निर्माण गरेका छन् । 

दुबै पार्टीले युरोपेली युनियन र नेटोको सदस्यतालाई स्वीकार गरेका छन् । इस्टोनियामा ऋणसँग कूल गार्हस्थ्य उत्पादनको अनुपात युरोपेली क्षेत्रमै सबैभन्दा कम छ । 

सेन्टर पार्टीले निवृत्तिभरमा ८ दशमलब ४ प्रतिशत वृद्धि गर्ने घोषणा गर्नुका साथै सरकारको राजश्व वृद्धिका लागि आयकरलाई २० प्रतिशत र कर्पोरेट करलाई २१ प्रतिशत कायम गर्ने प्रस्ताव गरेको छ । 

सेन्टर पार्टीलाई रुसी अल्पसंख्यकहरुले समर्थन जनाइआएका छन् । करिब १३ लाख जनसंख्या रहेको इस्टोनियामा रुसी अल्पसंख्यक करिब एक तिहाई छन् ।  रासस/एएफपी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x