×

NMB BANK
NIC ASIA

कलाकारिता र नर्सिङ पेशालाई साथसाथै लैजान्छु : रेश्मा

कात्तिक २०, २०७४

NTC
Premier Steels
विराटनगरको गर्मीले उनलाई थोरै कालो बनाएको छ । तर धेरै काली पनि देखिन्नन् उनी । गमक्क परेको उनको आभाले धेरैको ध्यान खिच्छ ।

आफ्नो पहिलो चलचित्र ‘यो साइनो मायाको’ को प्रमोसनका लागि काठमाडौं आउँदा उनलाई त्यति धेरै सहज लागेन । काठमाडौंवासी आफैंमा व्यस्त भएका, सधैं हतारमा रहेका जस्तो लाग्यो उनलाई । तर काठमाडौं ‘फ्यान्टास्टिक’ पनि लाग्यो उनलाई ।

विराटनगरमा आफ्नो पहिचानलाई उँचो बनाउने धाउन्नमा रहेकी रेश्मा घिमिरे चलचित्र ‘यो साइनो मायाको’ मार्फत नेपाली दर्शकको मन जित्ने ध्याउन्नमा छिन् ।

सन् २०१४ मा मिस पूर्वेली सुपर मोडलको ताज जितेकी घिमिरे नर्सिङकी विद्यार्थी पनि हुन् । विराटनगरमै ब्याचलर इन नर्सिङ पहिलाे वर्षमा अध्ययन गर्दै गरेकी घिमिरे पढाइ र अभिनयलाई सँगै लैजाने आफ्नो योजना रहेको बताउँछिन् ।

‘अभिनय मेरो सानैदेखिको रुचि हो । तर म पढाइलाई पनि उही रफ्तारमा लैजान चाहन्छु,’ उनी भन्छिन्, ‘तर कहिलेकाहीँ मोडलिङले पढाइलाई भने असर पार्ने रहेछ ।’

सानैदेखि परिवार तथा साथीहरूले अभिनय गर्न सक्छौ भनेर हौसाएपछि उनले आफ्नो शोखलाई पूरा गर्नुपर्छ कि भन्ने ठानिन् ।

परिवारमा अन्य सदस्य अभिनय विधामा नभएपनि आफूले यस क्षेत्रमा केही गर्न सक्छु भन्ने लाग्छ उनलाई । ‘हाम्रो परिवारमा म मात्र छु यो क्षेत्रमा लागेको ।’

अझै अभिनयको तालीम नलिएपनि आफूले यो क्षेत्रमा काम गर्न सक्छु भन्ने पूर्ण विश्वास छ । भन्छिन्, ‘यो मेरो रहर पनि हो । रहर भएको काममा प्रगति गर्न त्यति गाह्रो हुँदैन नि ।’
उनको रहर अभिनयमा मात्र छैन । एउटा सफल नर्स हुनु पनि उनको सपना हो । त्यसो त गितार बजाएर गीत गाउनु पनि उनको सपनामै पर्छ ।

‘म अहिले पनि कहिलेकाहीँ गितार बजाउँदै गीत गाउने गर्छु,’ अलिकति मुस्कुराउँदै भन्छिन्, ‘कुनै बेला त गायिका नै बन्छु भन्ने पनि लाग्थ्यो । अहिले पनि यसको बारेमा सोच्छु ।’

मिस पूर्वेली सुपर मोडल भएपछि उनमा अझ धेरै आत्मबल बढ्दै गयो । आफूले गाउन सक्छु, साथी समूहलाई प्रभावमा पार्न सक्छु भन्ने पहिलेदेखि नै लाग्थ्यो उनलाई । ‘आफैंप्रति विश्वास थियो । विश्वासले मान्छेको आत्मबल बढाउने रहेछ,’ उनी भन्छिन् ।

आफ्नो पहिलो चलचित्रलाई उनी ‘ड्रीम प्रोजेक्ट’ भएको बताउँछिन् । फिल्ममा आफ्नो भूमिका गायकलाई सपोर्ट गर्ने गर्लफ्रेन्डको रहेको उनी बताउँछिन् । ‘फिल्ममा म एक प्रेमिकाको भूमिकामा छु,’ उनले मुस्कुराउँदै सुनाइन् ।
प्रायः नर्सिङ पढेका युवतीहरू पढ्नका लागि विदेश गएपनि उनी भने नेपालमै आफ्नो भविष्य खोजिरहेकी छिन् । ‘हामीसँगै पढेका साथीहरूमा जम्मा दुईचारजना मात्र नेपालमा छौं होला,’ उनी भन्छिन्, ‘ तर विदेश गएका साथीहरूले पनि नेपालमै बस् भन्ने सल्लाह दिन्छन् ।’

उनलाई लाग्छ, नेपालमा पनि केही गर्न सकिन्छ । भविष्य सुनिश्चित गर्न सकिन्छ ।
मोफसलमा बस्ने कलाकारलाई केन्द्रको तुलनामा केही गाह्रो भएपनि इच्छा भए मज्जाले काम गर्न सकिने उनी बताउँछिन् । ‘राम्रो चलचित्रमा काम गर्ने अफर आए समय मिलाउँछु,’ उनी भन्छिन् ।
 
पढाइले गर्दा समय भने मिलाउनैपर्छ उनले । आफ्नो पढाइ छोडेर फिल्म खेल्ने उनको योजना छैन । ‘तर फेरि पनि प्रेममा चुर्लुम्मै डुबेकी प्रेमिकाको भूमिकामा अभिनय गर्न भने मन छ,’ आफ्नो पहिलो चलचित्रमा प्रेमिकाका रूपमा प्रस्तुत भएकी घिमिरेले आफ्नो इच्छा यसरी व्यक्त गर्छिन् ।
प्रेममा प्रेमिल हुन मन लागेपनि वास्तविक जिन्दगीमा भने आफू प्रेममा नपरेको उनी बताउँछिन् । उनी लामो हाँसोपछि थप्छिन्, ‘म होस्टेलमा बस्दा केटीहरूको आलाप देखेर प्रेमबाट वाक्क भइसक्या थें । मेरो परिवार एरेन्ज म्यारिजको पक्षमा हुनुहुन्छ । म पनि उहाँहरूको पक्षमा छु ।’

तर प्रेम भएको र नभएको बारे भने उनी खुलाउन चाहन्निन् । ‘बच्चा बेलामा त सबै एकपटक प्रेममा पर्छन् होला,’ लामो हाँसो हाँस्दै उनी थप्छिन् ।

नर्सका रूपमा विराटनगरकै एक हस्पिटलमा जागिरे समेत रहेकी घिमिरेलाई समय मिलाउन अहिले पनि गाह्रो छ । तर उनलाई प्यासन र प्रोफेसनलाई भने साथै लैजान पनि मन छ ।

‘कलाकारिता र नर्सिङ पेशालाई साथसाथै लैजाने रहर भएर नै यो क्षेत्रमा आएँ । मलाई आफूले यी दुवै क्षेत्रमा राम्रो गर्न सक्छु भन्ने लाग्छ,’ उनी मुस्कुराउँदै भन्छिन् ।

तस्वीरः विवेक बस्याल र उनको इन्साटाग्रामबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x