×

NMB BANK
NIC ASIA

लोक सेवाको विज्ञापन रद्द गर्न मेयरले पठाए पत्र, यही प्रक्रियाबाट कर्मचारी आए नियुक्ति नदिइने

असार ११, २०७६

NTC
Premier Steels

काठमाडौं – संखुवासभाको चैनपुर नगरपालिकाले आफ्ना लागि लोक सेवा आयोगबाट निकालिएको विज्ञापन रद्द गर्न माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको छ ।

Muktinath Bank

नगर प्रमुख भरतकुमार खत्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जनशक्ति योजना तथा विकास शाखालाई सम्बोधन गर्दै विज्ञापन रद्द गर्न पत्र लेखेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यस कार्यालयलाई आवश्यक जनशक्ति कर्मचारी पदपूर्तिका लागि माग आकृती फारम भरी नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले संयुक्त रूपमा प्रमाणीकरण गरी पठाउनू भनी पत्र प्राप्त भएकोमा यस नगरपालिकाबाट मन्त्रालयले तोकेअनुसार नगर प्रमुखले सही नगरेकाले सो व्यवस्था अनुसार साथै लोक सेवा आयोगको ऐन २०६६ को परिच्छेद ४ दफा २८ मा भएको व्यवस्था अनुसार यस नगरपालिकाको माग भएको विज्ञापन रद्द गरिदिनुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

लोक सेवा आयोग ऐन, २०६६ मा अख्तियारवाला (कर्मचारी माग गर्ने निकाय) ले परीक्षा सञ्चालन हुनुअगावै विज्ञापन फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने उल्लेख छ ।

Vianet communication

ऐनको दफा २८ मा भनिएको छ, ‘आयोगले प्रकाशन गरेको विज्ञापन बमोजिम पदपूर्ति गर्नु नपर्ने वा पद आवश्यक नभएको भनी परीक्षा सञ्चालन हुनु अगावै अख्तियारवालाले सो विज्ञापन रद्द गरिदिन कारणसहित लिखित अनुरोध गरेमा आयोगले त्यस्तो विज्ञापन रद्द गर्न सक्नेछ ।’

हातखुट्टा छ, टाउको पठाइदेऊ भनेको पठाउँदैनन् : मेयर खत्री

मेयर खत्रीले आफ्नो अनुमति, राय र हस्ताक्षर विना भरेर पठाइएको माग फारम वैध नभएको दाबी गरे । ‘मन्त्रालयले पठाएको पत्रमा नगर प्रमुख समेतको राय लिएर पठाउनू भनेको छ तर मेरो अनुपस्थितिमा पत्रको आशय खण्डन हुने र पुष्टि नहुने गरी जुन विज्ञापन गरिएको छ, त्यो खारेज हुनुपर्छ भनेर भनेको छु । कानूनको दफा पनि खुलाएको छु,’ मेयर खत्रीले लोकान्तरसँग भने ।

आफ्नो अनुपस्थितिमा कर्मचारीले बेइमानी गरेको उनले बताए । मेयर खत्रीले आफूसँग लामो समयदेखि काम गरिरहेका कर्मचारी रहेकाले तल्ला तहहरूमा कर्मचारी आवश्यक नरहेको दाबी गरे ।

‘खरीदार र सुब्बा लेभलका कर्मचारी हामीसँग पर्याप्त छन् । हातखुट्टा (खरीदार/सुब्बा) छ, टाउको (अधिकृत) पठाइदेऊ भनेको पठाउँदैनन्,’ मेयर खत्रीले भने ।

समायोजनबाट आए भनिएका शिक्षाका एक कर्मचारी पत्र आएको ३ महिना हुँदासमेत हाजिर नभएको गुनासो उनले गरे । कृषिका एक कर्मचारीलाई पनि खाँदबारी लगिएको उनको गुनासो छ ।

मेयर खत्रीले पत्रमा नयाँ विज्ञापनको प्रक्रियाबाट कर्मचारी खटिएर आए हाजिर गराउन बाध्य नहुने व्यहोरा समेत उल्लेख गरेका छन् । स्थानीय तहका लागि गरिएको विज्ञापनबाट सिफारिस भएका उम्मेदवारलाई स्थानीय तहले नै नियुक्ति दिने व्यवस्था रहेको छ ।

पत्र प्राप्त भएको छैन : मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने उक्त पत्र मन्त्रालयमा प्राप्त नभएको जनाएको छ । ‘हामीले पत्र प्राप्त गरेका छैनौं,’ जनशक्ति योजना तथा विकास शाखा प्रमुख उपसचिव रिद्धि सिटौलाले लोकान्तरसँग भने, ‘पत्र प्राप्त भएपछि हेरेर त्यस विषयमा छलफल गर्छौं ।’

उता लोक सेवा आयोगले भने यस विषयमा केही प्रतिक्रिया जनाउन चाहेन । 

यस्तो छ पत्र :

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x