×

NMB BANK
NIC ASIA

रेनाशाको शूटिङ अनुभव – हिमालमा कपडा खोलेर नाच्दा कस्तो भयो होला ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १८ चैत – चलचित्र प्रेमगीतको ‘म यस्तो गीत गाउँछु’ गीतको कोरियोग्राफी गरेपछि कोरियोग्राफर रेनाशा राईको चर्चा ह्वात्तै बढ्यो । उक्त गीतले उनलाई उत्कृष्ट नृत्य निर्देशकको अवार्ड पनि दिलायो ।
आफूले काम गरेका सबै चलचित्रका भिडियोले राम्रो प्रतिक्रिया पाउनुमा उनको मेहनत पक्कै पनि दाबेदार छ ।
रेनाशा मेहनती त छँदैछिन्, त्यसमाथि सृजनशील पनि छिन् । त्यसैले त उनले कोरियोग्राफी गरेको अर्को गीतले उनलाई फेरि चर्चामा ल्याएको छ ।

विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा गएर चलचित्र ‘ए मेरो हजुर २’ को शूटिङ गर्न पक्कै पनि सहज थिएन । तर अभिनेत्री तथा निर्देशक झरना थापाले फिल्मको गीतमा तिलिचो समेत अटाउने योजना बनाएकी थिइन् ।

त्यसपछि सबै हौसिए । कोरियोग्राफीको जिम्मा पाएकी रेनाशा पनि हौसिइन् ।

तर त्यति अग्लो ठाउँमा काम गर्नु आफैंमा एक जोखिम थियो । ‘जोखिम मात्र थिएन । जति हिँडे पनि पुग्दै नपुगेजस्तो लागेको थियो,’ रेनाशा योजना बनाएर तिलिचो जाँदाको अनुभव सुनाउँछिन्, ‘त्यति माथि पुगेर गीतको छायांकन गर्नु चुनौती मात्र थिएन, जोखिमपूर्ण पनि थियो ।’

तिलिचोमै पुगेर गीतको छायांकन गर्ने योजना कसरी बन्यो त ? उनी भन्छिन्, ‘झरना (थापा) जीले लोकेसनका हिसाबले अन्य ठाउँमा धेरै फिल्म शूटिङ भइसकेकोले तिलिचो छान्नुभएको थियो । शुरुमा असहज लागेपनि इन्टरनेटमा तस्वीर हेरेकै भरमा जानका लागि तयार भयौं ।’

दुई दिनसम्म हिँडेर तिलिचो ताल पुग्दा आफ्नो टाउको अत्यधिक दुखेको रेनाशा बताउँछिन् । ‘हामी सबै बिरामी परेका थियौं । ओहो ! टाउको यतिसम्म पनि दुख्दोरैछ भन्ने कुरा मैले त्यतिबेला नै थाहा पाएँ,’ उनी लामो हाँसो हाँस्दै सुनाउँछिन्, ‘अहिले सम्झँदा भने रमाइलो लाग्छ । पहिलोपटक तिलिचो ताल पुग्दा स्वर्गको एक टुक्रा धर्तीमा खसेजस्तो लागेको थियो ।’


हुनपनि तत्कालीन राजा महेन्द्रले तिलिचोलाई स्वर्गको टुक्रा खसेको भनेको मनाङेहरू स्मरण गर्छन् ।
शुरुमा हिमाल देख्दा रमाइलो लागेपनि हिँडिराख्दा भने हिमालैहिमालले दिक्क पनि पारेको बताउँछिन् उनी ।
बेसक्याम्पबाट धेरै हिँड्न परेपछि धेरै प्राविधिक सामग्री भने फिल्म युनिटले लैजान सकेको थिएन । त्यो चिसो तालमा गएर शूटिङ गर्नु चुनौती मात्र थिएन ।

प्रेमगीतका लागि कस्तो पोशाक लगाउने भन्ने पनि थियो । ‘त्यति चिसो ठाउँमा खुल्ला कपडामा नचाउनुपर्ने थियो । कल्पना गर्नुस्, कसरी गरियो होला,’ उनी भन्छिन्, ‘धन्न हामी थला पर्ने गरी बिरामी भएनौं, नत्र कस्तो हुँदो हो त्यो समय । हेलिकोप्टर समेत आउने स्थिति थिएन ।’

तिलिचोले लोभ्याएको पनि थियो, अत्याएको पनि थियो उनीहरूलाई । कसैले बान्ता गर्ने, कोही डायरियापीडित, कसैको टाउको दुख्ने ।

‘त्यस्तो अवस्थामा पनि पूरै टिमले अत्यन्तै मिहिनेतका साथ काम गरेका थियौं,’ उनी खुशी व्यक्त गर्दै भन्छिन्, ‘अहिले गीत रातारात हिट भएको छ । हाम्रो कामले मूल्यांकन पाएको छ ।’

मनाङ सदरमुकाम चामेबाट दुई दिन लगाएर तिलिचो पुगेकी रेनाशा अब फेरि त्यस्तै अवसर पाए जान्छिन् त ? ‘हाहा । अब त म जाँदिनँ । शायद टिमका कुनै पनि सदस्य जानुहुन्न होला । अहिले सम्झँदा पनि डर लाग्छ,’ रेनाशा हाँस्दै भन्छिन् ।
रेनाशा राई
‘उसिनेको आलु, बन्दा र चाउचाउको भरमा हामीले त्यहाँ समय बिताउनुपरेको थियो,’ उनी थप्छिन्, ‘घर फर्कने बेलामा खुबै रमाइलो लाग्यो । एक किसिमको दुःख सकियो भन्ने लाग्यो ।’

कठिन यात्रा गरेर कलात्मक र प्रशंसनीय काम गरेर फर्केको ‘ए मेरो हजुर २’ को पूरै टिम अहिले भने गीत चर्चित भएसँगै फुरुंग छ । सम्पूर्ण टिमसहित रेनाशाको कामको पनि चर्चा भएको छ ।

आफूले छानेर मात्र चलचित्रमा अभिनय गर्ने बताउने रेनाशाले आफूले गरेको कामलाई सकेसम्म उत्कृष्ट बनाउन खोज्छिन् । चलचित्र ‘प्रेमगीत २’ र ‘कृ’ मा समेत दर्शकले रेनाशाको कोरियोग्राफी देख्न पाउने उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘राम्रा चलचित्रमा मात्र काम गर्छु । होलसेलमा काम गर्दिनँ । समय दिएर थोरै कामलाई नै राम्रो बनाउन चाहन्छु ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x