×

NMB BANK
NIC ASIA

काठमाडौं – नेपालको सबैभन्दा पुरानो आयुर्वेदिक औषधि उत्पादक तथा आयुर्वेदिक उपचारसम्बन्धी ‘कन्सल्ट्यान्ट’ सेवा प्रदान गर्ने सिंहदरबार वैद्यखाना विकास समिति धरासायी बनेको छ ।

Muktinath Bank

यसलाई सरकारी पक्षबाट जानीबुझी नै धरासायी बनाउने काम भएको त्यहाँ कार्यरत कर्मचारीहरूको गुनासो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७५ असारमा मन्त्रिपरिषद्को बैठकले बोर्ड खारेजी र कार्यालय प्रमुखलाई पदमुक्त गरेसँगै वैद्यखानालाई कच्चापदार्थ खरिद, औषधि उत्पादन र बिक्री कार्यमा अवरोध भएको छ ।


Advertisment
Nabil box
Kumari

वैद्यखाना समिति बोर्डविहीन

Vianet communication

२०७५ साल असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले विकास समिति ऐन, २०१३ बमोजिम गठन भएका सबै विकास समितिको विघटन गर्ने निर्णय गर्‍यो । 

स्वास्थ्य मन्त्रालयले सोही निर्णयका आधारमा गतसाल असोजको ६ गते कार्यालय प्रमुख र बोर्ड अध्यक्ष पदमुक्त भएको परिपत्र वैद्यखाना विकास समितिलाई पठायो ।

आफूलाई हटाउने निर्णय कानूनसम्मत् नभएको भन्दै कार्यालयका प्रमुख तथा प्रबन्ध निर्देशक वंशदीप शर्मा खरेलले सर्वोच्चमा रिट दायर गरे ।

सर्वोच्चले उनकै पक्षमा आदेश दियो ।

‘सर्वोच्च अदालतले ०७५ फागुन १३ गते कार्यालय प्रमुख खरेलको पक्षमा आदेश दियो, त्यसको भोलिपल्टदेखि उहाँ पुनः हाजिर हुनुभयो,’ कार्यालयकी प्रशासकीय अधिकृत रुन्धताकुमारी खरेलले लोकान्तरसँग भनिन् ।
कार्यालका प्रमुख खरेलले अदालतबाट मुद्दा जितेर आएतापनि मन्त्रालयले पदाधिकारी नियुक्तिमा चासो दिएको छैन ।

‘यहाँबाट धेरैपटक पदाधिकारी पदपूर्ति गरिदिन हामीले आग्रह गर्‍यौं, तर मन्त्रालयले सुनुवाइ नै गरेको छैन्,’ कार्यलय प्रमुख वंशदीप शर्मा खरेल भने ।

वार्षिक योजना नै बन्न सकेन !

गत आर्थिकदेखि अहिलेसम्म समितिको वार्षिक योजना समेत बन्न सकेको छैन । ‘गत सालको वार्षिक योजना बोर्ड विघटन भएका कारणले यहीँबाट पास हुन सकेन । हामीले मन्त्रालयमा वार्षिक योजना पास गरिदिन प्रस्ताव गर्‍यौं, तर मन्त्रालयले टेण्डर आह्वान गर्न नमिल्नेगरी आंशिक कामको लागि मात्रै स्विकृति प्रदान गर्‍यो,’ प्रशासकीइ अधिकृत खरेलले भनिन् । 

करीब डेढ वर्षदेखि वैद्यखाना विकास समिति योजनाविहीन छ । वार्षिक कार्ययोजना र बजेट बोर्डले स्वीकृत गरेपछि मात्रै कार्यान्वयन गर्न पाउने व्यवस्था छ, तर बोर्ड नभएको अवस्थामा मन्त्रालयबाट स्वीकृत गराएर समितिले काम गर्ने गरेको कार्यालय प्रमुख खरेलले बताए ।

यसपालि मन्त्रालयले सबै काम गर्नेगरी वार्षिक कार्ययोजना स्वीकृत गरिदिने सम्भावना रहेको र त्यसो भएमा पुनः समितिलाई पुरानै स्थितिमा ल्याउन सकिने विश्वास कार्यालय प्रमुख खरेलको छ ।

व्यापारमा ठूलो गिरावट

नेपाल सरकारको स्वामित्वमा रहेका धेरै समिति र कम्पनीमध्ये सिंहदरवार वैद्यखाना सामान्यतया नाफामा सञ्चालन हुँदै आएको संस्था हो । तर अहिले आएर यसको व्यापारमा पनि ठूलो गिरावट आएको छ ।

भौतिक पूर्वाधारको क्षेत्रमा बाहेक सबै खर्च आफ्नो आम्दानीबाट नै सञ्चालन गर्दै आएको प्रमुख खरेल बताउँछन् ।

सिंहदरबार वैद्यखाना विकास समितिले नेपालभरिका सरकारी आयुर्वेदिक अस्पताललाई बर्सेनि ठूलो मात्रामा आयुर्वेदिक औषधि बिक्री गर्दै आएकोमा गत आर्थिक वर्षदेखि काममा अवरोध भएका कारणले सरकारी अस्पतालहरूले वैद्यखानाबाट औषधि खरिद गर्न पाएनन् ।

समितिको मार्केटिङ शाखाका वरिष्ठ अधिकृत ऋषिराज रेग्मीका अनुसार समितिले आर्थिक वर्ष ०७४/०७५ मा ५ करोड ३४ लाख ५४ हजार बराबरको औषधि बिक्री गरेको थियो, गत आवमा यो आधा घट्यो ।

‘गत आर्थिक वर्ष ०७५/०७६ मा हाम्रो व्यापार आधाभन्दा कम भयो । हामीले जम्मा २ करोड ४८ लाख १२ हजारको औषधि बिक्री गर्‍यौं,’ अधिकृत रेग्मीले भने ।

व्यापार घट्नुमा यसलाई धरासायी बनाउने षड्यन्त्र नै प्रमुख कारण रहेको कर्मचारीहरूको गुनासो छ ।

आफ्ना नजिकका मानिसहरू वा इच्छाइएका व्यक्ति नियुक्ति गर्ने नाममा वैद्यखानालाई बन्धक बनाएर असफल बनाउन खोजिएको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x