×

NIC ASIA

मिर्गौला स्वस्थ राख्ने खानेकुरा

कात्तिक २०, २०७८

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं — शरीरलाई स्वस्थ राख्नका लागि मिर्गौला ठीक हुनु जरूरी हुन्छ । मिर्गौलाले हाम्रो शरीरबाट फोहोर र बढी भएको पानी फिल्टर गरेर पिसाबबाट बाहिर निकाल्छ । मिर्गौला खराब भएपछि पिसाब गर्न अप्ठ्यारो र हातगोडा सुन्निने हुन थाल्छ । मिर्गौला बिग्रँदा मुटुमा पनि समस्या आउन थाल्छ । यसलाई ठीक अवस्थामा राख्नका लागि एन्टीअक्सिडेन्टहरूले भरपूर खानेकुरा खानुपर्छ । सही खाद्यपदार्थ सेवनले मिर्गौलाका साथसाथै शरीरका अन्य अंग पनि सही काम गर्न थाल्छन् । 

Muktinath Bank

यी खानेकुराहरू मिर्गौलाका लागि सही हुन्छन् : 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बन्दाकोभी
बन्दाकोभीमा फाइटोकेमिकल र एन्टीअक्सिडेन्ट भरपूर हुन्छन् र यिनले फ्री –याडिकलका कारण हुने हानिलाई रोक्छन् । यसमा पोटासियम कम भएका कारण डायलिसिस गराएका रोगीलाई पनि फाइदा गर्छ । बन्दाकोभी काँचै वा पकाएर खान सकिन्छ । 


Advertisment
Nabil box
Kumari

ऐंसेलु
ऐंसेलुमा म्यांग्निज, भिटामिन सी, फाइबर र फोलेटको मात्रा धेरै हुन्छ र यसले मिर्गौलालाई स्वस्थ राख्छ ।

Vianet communication

माछा
माछामा ओमेगा–३ फ्याट्टी एसिड भएका कारण मिर्गौलासम्बन्धी अनेक रोगबाट बचाउँछ । माछामा प्रचुर प्रोटीन हुन्छ । मिर्गौलाको समस्या कम गर्नका लागि उमालेको, पाकेको वा मज्जाले भुटेको माछा मात्र सेवन गर्नुस् । 

अण्डाको सेतो भाग
अण्डाको सेतो भागले पनि मिर्गौला ठीक राख्नका लागि सहायता गर्छ । त्यसमा उच्च स्तरको प्रोटीन हुन्छ । सेतो भाग मात्रको अम्लेट बनाएर खानुस् र उमालेको अण्डाभित्रको पहेंलो भाग नखानुस् । 

जैतूनको तेल
मिर्गौलालाई स्वस्थ राख्न जैतूनको तेल लाभदायक हुन्छ । त्यसमा भएको ओलेक एसिड र एन्टीइन्फ्लेम्मेटरी फ्याट्टी एसिडले शरीरमा अक्सिडेसन गराउँछ । यो तेलमा खानेकुरा पकाएर खाने गर्नुस् । 

लसुन
लसुनमा भएका एन्टीअक्सिडेन्टले मिर्गौला र मुटुको रोग लाग्ने सम्भावना घटाउँछ । दिनमा एक वा दुई काँचो लसुनका पोटी खाँदा शरीरमा उच्च कोलेस्ट्रोल जम्न पाउँदैन । 

भेडेखुर्सानी
भेडेखुर्सानी खाँदा मिर्गौलामा राम्रो प्रभाव पर्छ । त्यसमा भिटामिन ए, बी६ र सी, फोलिक एसिड र फाइबर भरपूर मात्रामा पाइन्छ । 

स्याउ
स्याउमा भएको फाइबरले मिर्गौला सफा गर्न मद्दत गर्छ । यसको सेवनले मुटुसम्बन्धी समस्या, क्यान्सर र कोलेस्ट्रोल घटाउने काम गर्छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x