×

NIC ASIA

यस्ता छन् मेथीका फाइदै फाइदा

मंसिर १६, २०७८

Prabhu Bank
NTC
Premier Steels

मेथीको अनेकन फाइदा हुने गर्छ | मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ ।

Muktinath Bank

यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी पनि बन्न सक्छ  । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो ।


Advertisment
Nabil box
Kumari

मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।

Vianet communication

मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो ।

मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट लगाइ २५ देखि ३० मिनेट अनुहारमा राख्नुहोस् र चिसो पानीले धुनुस् । यसले डन्डीफोरको समस्या कम गर्न मद्दत गर्दछ।

 मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।

अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ ।

मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।

मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।

 यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।

 मेथीले महिलामा स्तन वृद्धी गर्न पनि सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विभिन्न समस्यामा मेथीले औषधीको काम गर्छ ।

 मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।

 मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ ।

मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x