भदौ २४, २०८०
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
आफूलाई लोकतन्त्रको मसिया ठान्ने संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा फेरि भाडभैलो शुरू भएको छ ।
असन्तुष्ट समूहमा माग सम्बोधन नगरी संस्थापन पक्षले बहुमतको आधारणमा केन्द्रीय समिति बैठकमा विभिन्न प्रस्ताव पेश गरेपछि कांग्रेसभित्र नयाँ विवाद शुरू भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न माग गर्दै केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि कांग्रेस भित्रको विवाद फेरि बल्झिएको छ ।
आगामी फागुनमा कांग्रेस महाधिवेशन सम्पन्न भएको ४ वर्ष पूरा हुँदैछ । विधानमा रहेको व्यवस्थालाई प्रयोग गर्दै आफ्नो कार्यकाल १ वर्ष थप्ने सभापति शेरबहादुर देउवाको तयारी छ ।
विगतका सभापतिले पनि विधानको व्यवस्था अनुसार कार्यकाल थप गर्दै आएका कारण यसपटक कार्यकाल थपिनु अस्वाभाविक भएन तर असन्तुष्ट पक्ष महाधिवेशन कार्यतालिका सार्वजनिक नगरे अर्को वर्षको फागुनमा पनि महाधिवेशन नहुने जिकीर गरिरहेको छ ।
नेपालका लोकतन्त्र स्थापनाको लागि गठित नेपाली कांग्रेस आन्तरिक लोकतन्त्रको कसीमा खिया लागेको मशिन जस्तै भएको छ । पार्टीका भातृ संस्था भद्रगोल छन् ।
पार्टी केन्द्रीय कार्यालयमा युवा विद्यार्थीका धर्ना टुट्दैनन् । कुनै पनि निकायको महाधिवेशन समयमा हुने गरेको छैन । राजनीतिक दलको आचरण र आन्तरिक शुद्धीकरण ती दलका कार्यकर्ताको मात्र चासो होइन ।
लोकतन्त्रको शुद्धीकरणका लागि राजनीतिक दलको आन्तरिक लोकतन्त्र सफा हुनुपर्छ । भ्रष्ट चरित्रका राजनीतिक दलले देशलाई सही नेतृत्व दिन सक्दैनन् । बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता नेपाली राजनीतिका आदर्श व्यक्तिले स्थापना गरेको पार्टी नेपाली कांग्रेस यतिबेला अस्तव्यस्त र भद्रगोल बनेको छ । २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेको, २०४७ सालको संविधान जारी गर्न मुख्य भूमिका खेलेको तथा २०६२/६३ सालको जनआन्दोलनको एउटा नेतृत्वकर्ता, शान्ति प्रक्रियाको अगुवा दल र २०७२ सालमा संविधान जारी गर्ने सरकारको नेतृत्व गरेको दल कांग्रेसको यस्तो बिजोक र भद्रगोलले लोकतन्त्र मजबुद बनाउन मद्दत गर्दैन ।
सरकारलाई अधिनायकवादी बाटोमा लागेको आरोप लगाउने कांग्रेसले आफूभित्रको आन्तरिक लोकतन्त्र मजबुद बनाउन सकेन भने उसको नियति प्रजापरिषद्कै नहोला भन्न सकिन्न ।
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...