×

NMB BANK
NIC ASIA

पशुपतिप्रसादका निर्देशक भन्छन्ः यसकारण चलचित्रको नाम ‘लभ लभ लभ’

कात्तिक २०, २०७४

NTC
Premier Steels
युवा पुस्ताका निर्देशक दिपेन्द्र के खनाल पछिल्लो समयका चल्तीका निर्देशक हुन् । ‘द युगदेखि युगसम्म’ निर्देशन गरेर नेपाली चलचित्रसँग जोडिएका खनालले भिजिलान्ते थ्रीडी, पशुपतिप्रसाद, चपली हाइट, झोले आदि चलचित्रको निर्देशन गरिसकेका छन् । अहिले उनको निर्देशनमा बनेको चलचित्र ‘लभ लभ लभ’ प्रदर्शन मिति बैशाख १ कुरेर बसेको छ । अर्को चलचित्र ‘धनपति’ निर्माण कै चरणमा छ ।


खनालले निर्देशन गरेका चलचित्र गुपचुप रहँदैनन् । निर्देशकका रुपमा उनले आफ्नो नाम परिचित गराइसकेका छन् । काम गर्दै जाँदा फरक फरक कलाकारसँग काम गर्दाको अनुभव उनीसँग छ । यद्यपि उनीसँग चलचित्र ‘लभ लभ लभ’ को शूटिङ रमाइलो र अरु फिल्मभन्दा सहज भएको अनुभव छ । ‘पहिलो कुरा त पोखरामा शूटिङ थियो, अर्को कुरा कान्छा कलाकारहरूलाई काम गराउन सहज पनि थियो ।’ – उनी सुनाउँछन् ।

अहिले एकपछि अर्को गर्दै चलचित्र निर्देशन गरिरहेका खनालको प्रारम्भिक योजना भने निर्देशक बन्ने भन्ने थिएन । ‘फिल्म हेर्न जाँदा सधै मेरो दिमागमा पर्दा पछाडिको सबैभन्दा ठूलो मान्छे को होला भन्ने लागिरहन्थ्यो ।’ उनी थप्छन्, ‘तर मलाई भोलि निर्देशक नै हुन्छु भन्ने लागेको थिएन ।’

पहिलेबाट नै फिल्मका शौखिन निर्देशक खनाल चलचित्रमा नयाँ प्रयोग गर्नमारुचि राख्छन् । उनका फिल्ममा नेपाली कथा हुन्छ तर प्रविधि र तरिका हलिउडको मेकिङमा आधारित हुन्छ । नेपालमै पहिलो चलचित्र ‘भिजिलान्ते’ लाई थ्रीडीमा निर्माण गर्ने हिम्मत पनि उनले गरेका थिए । तथापि, अरु निर्देशक तथा निर्माताले थ्रीडी चलचित्र निर्माण गर्ने आँट गर्नसकेका छैनन् ।

खनाललाई निर्देशन गर्न सहज छ भन्ने लाग्दैन। ‘जति धेरै पुरानो भयो, उति धेरै खारिन्छ निर्देशक । तर आफू समयअनुसार अपडेट हुन भने सक्नै प-यो ।’ उनी थप्छन्, ‘हलिउड अथवा विश्वसिनेमाको इतिहासमा त हाम्रो उमेरका युवा निर्देशनमा आएका हुँदैनन् ।’

अध्ययनशील निर्देशकहरु यो क्षेत्रमा निरन्तर रुपमा सक्रिय हुन सक्छन् तर कपाल फुल्न थालेपछि मात्र निर्देशनमा आउँनुपर्नेमा सिकारूहरू बढी भएका कारण नेपाली फिल्म माथि उठ्न नसकेको उनको तर्क छ ।

नेपाली चलचित्रमा अहिले आफ्नो कथाको खोजी हुन थालेको छ । चलचित्रको बजारलाई व्यापक बनाउन कुनै संघसंस्था या सरकारी संस्थाले पहल गरेको छैन भन्छन् खनाल । नयाँ केही प्रयोग र पहल गर्न खोज्नुको श्रेय हामीमध्ये केही युवालाई जान्छ भन्ने तर्क राख्छन् उनी । अहिले नेपाली चलचित्रका प्राविधिक पक्षको प्रयोग पनि नेपालमै हुन थालेकाले पछिल्लो समयमा सिनेमामा मौलिकपन मिसिएको उनको धारणा छ । ‘हामीले बल्ल आफ्नो मौलिक कथा खोतल्न पाएका छौं । बल्ल फिल्ममा नयाँपन पाइएको छ । फिल्मका लागि अझै राम्रो कथा हामीले खोज्न बाँकी नै छ ।’ उनले लोकान्तरसँग आफ्नो सफलता सुत्र बताए, ‘हामीले त मौलिक कथा खोज्न बल्ल सुरु गरेका छौं । अझै धेरै कथा हामीले बोल्न नै पाएका छैनौं ।’
चलचित्रमा देशको परिस्थिति र देशको राजनैतिक स्थितिले व्यापक महत्व राख्ने कुरा खनाल बताउँछन् । राजनीतिको प्रभाव सिनेमामा पर्छ । अहिले फिल्मका ‘पात्र’ हरुले सिनेमा चलिरहेको उनी सुनाउँछन् । ‘त्यस्तो कुनै समय आउला, जुन समय राजनैतिक परिवर्तनसँगै फिल्मप्रतिको दर्शकको दृष्टिकोण पनि फरक हुँदै जाला ।’ उनी आशा व्यक्त गर्छन्, ‘दर्शकको मनोविज्ञानलाई देशको राजनीति र देशको परिवेशले पूरै प्रभाव पार्छ ।’

हाम्रो चलचित्रको बजार बिस्तारै व्यापक हुँदै त गएको छ तर गुणात्मक हुन भने सकेको छैन । यसको कारण समाज र परिवेश नै भएको दीपेन्द्रको बुझाइ छ । ‘कुनै समय हिरोइज्म, काल्पनिक फिल्म पनि चल्ने बेला आउला, अहिले भने हामीले आफ्नै मौलिक कथा खोज्नुपर्छ ।’ उनी भन्छन्, ‘अहिले धर्म, जातजस्ता विषयवस्तुमा फिल्म बनाउने हो भने देशमा अझ संकट पैदा गर्न खोज्नु हो कि जस्तो लाग्छ ।’

ऐतिहासिक फिल्म बनाउन भने नेपालमा अझैपनि पूर्वाधार नपुगेको दीपेन्द्र बताउँछन् । राजनैतिक स्थिरतापछि नेपालमा बहुविधामा फिल्म बनाउन सक्ने स्थितिको सृजना हुने उनको आशा छ ।

नेपालमा राम्रो निर्देशक तथा निर्माता नभएको दिपेन्द्र स्वीकार्छन् । ‘हाम्रो स्कुलिङ चलचित्रको स्कुलिङ होइन ।’ उनी भन्छन्, ‘नेपालमा जतिपनि सिनेकर्ममा हुनुहुन्छ, उहाँहरु कोही पनि सिनेमाको परिवेशबाट आएको होइन ।’
‘हामी सबैजना अहिले पनि सिकाइको प्रक्रियामा नै छौं । हामीले सिकिरहेका छौं । आफ्नो कथा खोज्ने प्रयास गरिरहेका छौं ।’ उनी ‘अझ चलचित्र निर्देशक त सिकेर या पढेर कहिल्यै सकिन्न । अध्ययनशील र अपडेटेड हुन जरुरी छ ।’

आफ्नो चलचित्र ‘लभ लभ लभ’ को कथा प्रेम गर्नेहरुका लागि भएको बताउँदै यो आफ्नो पहिलो लभ स्टोरी फिल्म समेत भएको बताउँछन् । ‘चलचित्रले युवापुस्ताको कथा बोल्छ, कथा आफैमा बुलन्द छ ।’ चलचित्रको नाम ‘लभ लभ लभ’ राख्नुको कारण स्पष्ट पार्दै उनी भन्छन्, ‘मैले शीर्षकमा नै तीनवटा लभलाई छुट्टाछुट्टै रंगमा छुट्याएको छु । यसको अर्थ फिल्ममा प्रेमका तीन भिन्दाभिन्दै परिवेश छन् ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x