पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मानिसमा धुनिकरण बढ्दै गएको छ । कति मानिस चम्चा तथा काँटाले खानेकुरा खाने गर्दछन् ।
अध्ययनले बताए अनुसार विश्वभरको तत्थ्याङ्क हेर्ने हो भने धेरै जसो मानिसले चम्चा तथा काँटाले खानुभन्दा हातले खानुमै सहज मान्छन् । यद्यपि हातले खाना खाने विषयलाई लिएर विभिन्न खाले धारणाहरु नभएका होइनन् ।
कतिपय योग विज्ञ तथा वैज्ञानिकहरुले समेत हातले खाना खाने क्रममा हाम्रो हातका अन्य औँला तथा बुढीऔँलाबीच मिलन भएर एउटा मुद्रा बन्ने र त्यो मुद्राले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत पूराउने बताउँछन् ।
भोजन विज्ञका अनुसार खाना पकाउने प्रक्रिया पनि भावनात्मक विज्ञानमा आधारित रहेको छ । भोजन तयार गर्ने, पकाउने तथा पस्किने प्रक्रियामा पकाउने वा पस्किने मानिसको प्रेम पनि समाहित भएको हुन्छ, जसले आफ्नो प्रभाव छोड्दछ । विभिन्न अध्ययन अनुसार हातले खाना खाँदा जुन तृप्ती मिल्दछ त्यो चम्चा वा काँटाले खाँदा मिल्दैन ।
आयुर्वेदका अनुसार सिधै हातले भोजनको स्वाद लिँदा त्यो बढि पौष्टिक तथा स्वास्थ्यबर्धक हुन्छ । पूर्वीय भोजनहरु खिचडी, दाल(भात, हलुवा, रोटी जस्ता परिकारहरु खानुको असली आनन्द हातबाटै प्राप्त हुन्छ ।
हातले खाना खाँदा खानेकुरालाई मुछ्ने र हातसम्म पूराउने प्रक्रियामा ध्यान केन्द्रित गर्नुपर्छ । यसलाई माइण्डफुट सेटिङ पनि भनिन्छ । त्यसैले हातले खानु भनेको चम्चा वा काँटाले खानुभन्दा बढि लाभप्रद छ ।
माइण्डफुट इटिङका अन्य केही फाइदा पनि हुन्छन् । ती मध्ये सबैभन्दा महत्वपूर्ण भनेको यस्तो प्रकारको खुवाइले खानामा भएका पोषकतत्वहरु सरीरले सजिलैसँग लिन सक्छ । साथै पाचन प्रक्रियामा सन्तुलन आउने र पेटको गडबडी पनि कम हुन्छ ।
प्राकृतिक विज्ञानका अनुसार हातले खाना खाँदा हामीले थालमा रहेका खानेकुरालाई सही तरिकाबाट मिसाउन पाउँछौँ । यदि चम्चाले खाने हो भने त्यो काम पेटले गर्नुपर्छ । पेटले गर्नुपर्ने प्रारम्भिक काम हातले नै गरेपछि पाचन क्रियामा पेटमाथिको दबाब कम हुन्छ र पाचन प्रक्रिया सन्तुलित हुन्छ । कब्जियत, अपच तथा डकार आउने जस्ता समस्या कम हुन्छन् ।
हातले खाना खाने क्रममा पलेटी कसेर गुन्द्रीमा बसियो भने अझै लाभदायक हुने योगविज्ञानको दाबी छ । भोजन ग्रहणका बेला पलेटी कसेर बस्दा सुखासनको मुद्रा बन्दछ । यसबाट स्वाद ग्रन्थीहरु सक्रिय हुने र भोजन सही ढंगले पेट सम्म पुग्ने र राम्रोसँग उपापचयन हुन्छ ।
जब चम्चाले खाइन्छ तब हामीलाई थाहा हुँदैन की तरकारी वा खाना काँचो छ वा राम्रोसँग पाकेको छ । चिसो छ वा तातो छ रु तर हातले खाना खाँदा हामीले यो कुरा थाहा पाउन सक्छौँ । यसले खानाको प्रकार वा अवस्था अनुसारको पाचन रस उत्सर्जन गर्नका लागि हाम्रो मस्तिष्कले सम्बन्धित ग्रन्थीहरुलाई निर्देशित गर्न पाउँछ ।
पाचन रस सही ढंगले उत्सर्जन भयो भने खानेकुरा राम्रोसँग पच्दछ र पोषक तत्वपनि सरीरले राम्रोसँग ग्रहण गर्दछ ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...