×

NIC ASIA

सुशासनमा सवाल

अनियमिततामा ‘नरम’ सतर्कता केन्द्र, हेटौंडा सिमेन्ट उद्योगका गैरकानूनी कामहरू सदर ?

माघ १०, २०७६

Prabhu Bank
NTC
Premier Steels

हेटौंडा सिमेन्ट उद्योगमा सामग्री खरिद र कर्मचारी भर्नामा अनियमितता भएको राष्ट्रिय सतर्कता केन्द्रको छानबिनबाट फेला परेको छ ।

Muktinath Bank

सिमेन्ट उद्योगमा कर्मचारी भर्ना प्रक्रिया, कर्मचारीको सेवासुविधा र सामग्री खरिदमा अनियमितता भएको उजुरीपश्चात छानबिन गर्दा अनियमितता भएको देखिएको केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छानबिनमा हेटौंडा सिमेन्ट उद्योगमा ३ वटा बर्नर पदको दरबन्दीमा पदपूर्ति हुँदाहुँदै दरबन्दी नै नभएका थप ३ पदमा विज्ञापन खोलेर छनोट गरेको र बर्नर चिफ पद नै नरहेको अवस्थामा कर्मचारी नियुक्त गरेको प्रतिवेदनमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

दरबन्दी नै नभएको पदमा विज्ञापन आह्वान गरेर उद्योगकै पूर्व कर्मचारीलाई छनोट गरी अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ । 

Vianet communication

उद्योगलाई आवश्यक पर्ने सामग्री खरिद योजना र लागत अनुमान नै तयार नगरी ४३ लाखभन्दा बढीको सामग्री खरिद गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । बर्नर पदमा कर्मचारी रिक्त नहुँदै सिमेन्ट उद्योगमा २०७२ भदौमा ४ कर्मचारीको लागि आवेदन माग गरिएको थियो ।

उद्योगबाट अवकाश प्राप्त कर्मचारीहरू रामचन्द्रप्रसाद रौनियार, अनिरुद्रप्रसाद सिंह र श्यामप्रसाद श्रेष्ठलाई उद्योगले बर्नर पदमा छनोट गरेको छ ।

सिमेन्ट उद्योग सञ्चालक समितिको १२४२ औं बैठकले दरबन्दी नै नभएको चिफ बर्नर पदमा मासिक ८५ हजार रुपैयाँ पारिश्रमिक दिने गरी नागेन्द्रप्रसाद सिंहलाई करारमा नियुक्ति दिएको छ । सतर्कता केन्द्रको अध्ययनले बर्नर पदमा नियुक्त भएका श्याम श्रेष्ठबाहेक ३ जना कर्मचारी तोकिएको योग्यतामा कमी देखिएको जनाएको छ ।

सिमेन्ट उद्योगले आर्थिक वर्ष ०७४/०७५ र आर्थिक वर्ष ०७५/०७६ मा क्रमशः १९ लाख र २४ लाख रुपैयाँभन्दा बढीको वियरिङ सोझै खरिद गर्नु खरिद ऐन तथा नियमावलीको मर्म विपरीत भएको सतर्कता केन्द्रको ठहर छ ।

स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भर्ना नगर्ने, करारका कर्मचारीलाई शुरूको तलबमानभन्दा बढी तलबको व्यवस्था नगर्ने र उद्योगलाई हित हुने विपरीत खरिद प्रक्रिया अगाडि नबढाउन उद्योगलाई सुझाव दिएको छ ।

अनुसन्धानको जानकारी उद्योग मन्त्रालयलाई गराउने निर्णय राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ ।

अनियमित तरिकाले गरिएका नियुक्ति र खरिदका काम बदर गर्ने वा संलग्न कर्मचारीलाई कारवाही गर्न भने सतर्कता केन्द्रले सिफारिस गरेको छ । उद्योगमा भएका अनियमित काममा सतर्कता केन्द्र ‘नरम’ देखिएको छ । सतर्कता केन्द्रले ‘भविष्यमा अनियमितता नगर्नू’ भनी सचेत गराउँदै विगतमा भएका अनियमितता सच्याउने र कारवाही गर्ने मामिलामा मौन देखिएको छ ।

सतर्कता केन्द्रले कारवाहीको निर्णय नगर्दा गैरकानूनी तरिकाले भएका नियुक्तिले निरन्तरता पाउने भएका छन् । उद्योगमा भ्रष्टाचार नै भएको नदेखिएकाले कारवाहीको सिफारिस नगरिएको सतर्कता केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले बताए । ‘नीति नियम विना नै भएका काम अनियमितता हो, कारवाही नै गर्नुपर्ने खालको अनियमितता देखिएन,’ उनले भने, ‘कारवाही गर्ने निर्णय लिँदा उद्योग नै धरासायी हुने भएकाले कारवाहीको निर्णय लिइएन ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x