×

NMB BANK
NIC ASIA

पाकिस्तानको सुरक्षाकर्मीको गाडीमाथि आक्रमण, १४ सैनिकको मृत्यु

काठमाडाैं | कात्तिक १७, २०८०

NTC
Premier Steels

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ ।

Muktinath Bank

घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय राजमार्गमा सुरक्षा बलको काफिलामाथि आक्रमण भएपछि विवरण सङ्कलन र आवश्यक प्रतिक्रियाका लागि हाम्रो टोली त्यस क्षेत्रमा पुगेको छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै एक सैनिक अधिकारीले १४ जना सैनिक मारिएको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

एएफपीलाई प्राप्त तस्बिरमा जलेका शवहरू सडकभरि छरिएका देखिएका छन् तर यसबारे कसैले जिम्मेवारी लिइसकेको छैन । 

Vianet communication

इरानको सीमादेखि कराँचीसम्मको समुद्री तटलाई पछ्याउने राजमार्गमा रहेको बलुचिस्तानको माछा मार्ने शहर पास्नी नजिकै सो आक्रमण भएको हो । 

बलुचिस्तानमा जातीय बलोच गुरिल्लाहरूले प्रान्तको समृद्ध ग्याँस र खनिज संसाधनहरूको दोहनको आरोप लगाउँदै सरकारसँग दशकौंदेखि सङ्घर्ष गर्दै आएको छ ।बलोच समुदायले लामो समयदेखि प्रान्तको मुनाफाको उचित हिस्सा नपाएको गुनासो गर्दै आएका छन् । यसै अधिकारका लागि सङ्घर्ष गर्ने स्थानीयहरूबीचबाट पृथकतावादी समूहहरू जन्मिएका छन् ।

यसैबीच पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा प्रहरी भ्यानलाई लक्षित गरी भएको बम विष्फोटमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । 

अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान शहरमा हालैका महिनाहरूमा हिंसात्मक घटनाहरू बढेको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

फागुन २६, २०८०

डोनाल्ड ट्रम्प यदि आगामी नोभेम्बरमा पुन: निर्वाचित भए के हुन्छ ? उनी व्हाइट हाउस फर्केर चिनियाँ उत्पादनमा ६० प्रतिशत कर लगाउने उनको वाचा लागू गरे झन् के होला ? यदि ट्रम्प फर्किएर यस्तो प्रावधान कार्यान्वयनमा आयो भने...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x