×

NMB BANK
NIC ASIA

निर्देशनमा निश्चलको 'कमब्याक'

चर्चा 'दिमाग खराब'को : कस्तो छ निश्चल बस्नेतले ७ वर्षपछि निर्देशन गरेको चलचित्र ?

काठमाडाैं | मंसिर २, २०८०

NTC
Premier Steels

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ ।

Muktinath Bank

२०७३ मा ‘लुट– २’ निर्देशन गरेयता निश्चल निर्देशकका रूपमा सक्रिय थिएनन् । झण्डै ७ वर्षपछि ‘दिमाग खराब’मार्फत उनी निर्देशनमा फर्किएका कारण यो चलचित्रलाई बहु–प्रतिक्षित मानिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसमाथि, दर्शकको चाप रहिरहँदा पनि पर्याप्त शो नदिएको भन्दै हलबाट चलचित्र उतार्ने घोषणाले पनि यसको थप चर्चा भइरहेको थियो । यद्यपि, चलचित्र अब मंगलवारसम्म निरन्तर प्रदर्शन हुने सहमति जुटिसकेको छ । त्यसपछि के हुन्छ ? सोही दिन निर्णय हुने जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

प्रतीक्षित मानिएको र अन्य विभिन्न कारण पनि चर्चामा आएको चलचित्र ‘दिमाग खराब’ कस्तो छ ? छोटकरीमा चर्चा गरौं । 

Vianet communication

चलचित्रको मुख्य पात्रमा इन्द्र (खगेन्द्र लामिछाने) छन् । कथाअनुसार अभियाननगर नामक नगरपालिका निवासी यी पात्रको एक श्रीमती, बिरामी आमा र सानी छोरीको परिवार छ । गरिब परिवारका इन्द्रको ठूलो सपना छैन । 

पारिवारिक जीवनलाई सहज बनाउन उनी वैदेशिक रोजगारीमा जान चाहन्छन् । तर, एयरपोर्टमा पुगेपछि भिजिट भिसामात्रै भएका कारण ऊनी विदेश जानबाट रोकिन पुग्छन् । गाउँ फर्किएर उनले विदेश जान फेरि पर्यन्त गर्न थाल्छन् । 

इन्द्रकै नगरपालिकाको मेयरको भूमिकामा हरिप्रसाद (अर्पण थापा) छन् । इन्द्र भिसाका लागि मेयर गुहार्न पुग्छन् । मेयरलाई सय भोट खोजिदिए विदेश जान पाउने आश्वासन पाउँछन् । 

त्यसपछि इन्द्रसामु विभिन्न परिस्थितिहरू आउँछन्, जसका कारण ऊनी राजनीतिमा होमिने ‘बोल्ड’ निर्णय लिन पुग्छन् । त्यसपछि के हुन्छ ? थाहा पाउन २ घण्टा ३० मिनेट लामो चलचित्र नै हेर्नुपर्ने हुन्छ । 

चलचित्रको शुरूआतमै एयरपोर्टको दृश्य छ, जहाँ इन्द्र पात्र विनाजुत्ता/चप्पल लाइनमा हुन्छन् । त्यसबाट पनि बुझ्न सकिन्छ, ‘दिमाग खराब’ भुइँमान्छेको कथा हो । 

समग्रमा भन्नुपर्दा पुराना दल र नेता एवं उनीहरूको कार्यशैलीबाट जनता कतिसम्म निराश छन् भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ । 

आफूले चुनेर पठाएको नेतृत्वले सोझासिधा जनतालाई कसरी ठगिइरहेका छन् ? त्यसरी ठग्ने नेतृत्वविरुद्ध साधारण जनतामा विद्रोहको आगो सल्कियो भने त्यसले कुन रूपसम्म लिनसक्छ भन्ने नै चलचित्रको मूल कथा हो । 

चाहे गत स्थानीय तहको निर्वाचनमा हर्क साम्पाङ र बालेन शाहले ल्याएको अनपेक्षित मत होस् चाहे प्रतिनिधिसभाको निर्वाचनमा रवि लामिछाने नेतृत्वको दलले ल्याएको अनपेक्षित मतले पनि पुराना दल र नेताप्रति जनताको निराशालाई पुष्टि गरेको थियो । यसपटक निश्चलले ‘दिमाग खराब’मार्फत सोही कथालाई चलचित्रको पर्दामा देखाउने प्रयास गरेका छन् । 

चलचित्रमा स्वस्तिमा खड्का इन्द्रको श्रीमती सची पात्रको भूमिकामा छिन् । दयाहाङ राई इन्द्रको साथी भोलाको भूमिकामा छन् । विजय बराल मेयर हरिप्रसादको सहयोगी बले पात्रको भूमिकामा छन् । 

सुमन कार्कीले सामाजिक अभियन्ता निरज गौडेल नामक पात्रको भूमिका निर्वाह गरेका छन् । अभिनयको कुरा गर्दा प्रायः कलाकारले अन्याय गरेका छैनन् । इन्द्रको भूमिकामा खगेन्द्र फिट छन् । उनले चलचित्रमा कथा लेखन मात्र राम्रो होइन, अभिनय पनि राम्रो गर्दारहेछन् भन्ने फेरि प्रमाणित गरिदिएका छन् । 

सचीको भूमिकामा स्वस्तिमा चलचित्रमा सबैभन्दा अब्बल देखिएकी छिन् । यस चलचित्रबाट उनले फेरि अभिनयमा अब्बल अभिनेत्रीका रूपमा आफूलाई उभ्याएकी छन् । 

दयाहाङको भोला पात्रलाई पनि दर्शकले उत्तिकै रुचाउँछन् । अर्पण थापाले प्रायः चलचित्रमा प्रशंसा नै पाएका हुन्छन् । विजय बरालको लुक्स र अभिनय दुवै गज्जब सुहाएको छ । कमेडियन सुमन कार्कीले यसबाट चलचित्रमा पनि बलियो सम्भावना देखाएका छन् ।

बिरामी आमाको भूमिकामा रमा थपलियाले सशक्त अभिनय गरेकी छिन् । चलचित्रमा निश्चल बस्नेत स्वयंले समेत अभिनय गरेका छन् । निर्मलको भूमिकामा प्रस्तुत उनको आगमनमा दर्शकले हूटिङ गरिरहन्छन् । 

पञ्चलाइन दिनकै लागि संवाद राखिएका छैनन्, बोलीचालीकै संवाद प्रयोग गरिएको छ, यसले लेखकको क्षमता देखाउँछ । 

चलचित्रमा एकपछि अर्का ‘ट्विस्ट’हरू आउँछन्, जसले दर्शकलाई भड्किन दिँदैन । पहिलो हाफजस्तै दोस्रो हाफमा केही काँटछाँट भएको भए अझ बुलन्द हुन्थ्यो भन्ने महसुस चाहिँ हुन्छ । चलचित्रमा ‘हितैको माया’ र ‘हजुरी’ बोलको गीतको प्रयोग सुहाउँदो छ । गीतहरू पनि सुन्दर लाग्छन् । 

ब्याकग्राउन्ड स्कोर, छायांकन पक्ष औसत छ । चलचित्रभित्र केही कमीकमजोरी अवश्य छन् । निश्चलले निर्वाह गरेको निर्मलको पात्रको पछि लागेर अन्य युवाहरू किन हिँडिरहेका हुन् बुझ्न सकिँदैन । निर्देशक स्वतन्त्र उम्मेद्वारतर्फ ढल्किएको भान हुन्छ । आफूले चुनेर पठाउने नेतृत्वप्रति सजग बन्न भने वर्तमान समाजलाई चलचित्रले सन्देश दिन्छ । 

चलचित्रका कलाकारहरू

क्लाइमेक्सतिर उमेदवारी मनोनयनको दृश्यमा कानूनी प्रक्रियाबारे निर्माण पक्षलाई ज्ञान नभएको हो कि भन्ने भान पनि हुन आउँछ । केही कमीकमजोरी हुँदाहुँदै पनि निश्चलले निकै रोचक तरिकाले कथा भनेका छन् । 

हलिउडमा जसरी सुपरहिरो चलचित्रहरू धेरै बनिरहेका छन्, त्यही अनुपातमा नेपालमा पछिल्लो समय सामाजिक–राजनीतिक विषयवस्तुमा चलचित्रहरू बनिरहेका छन् । यद्यपि, राजनीतिक पृष्ठभूमिका चलचित्रहरूको माझमा ‘दिमाग खराब’ माझिएको लाग्छ । 

भन्न सकिन्छ, यत्तिको नेपाली चलचित्र हेर्ने अवसर बिरलै पाइन्छ । हेर्दा पैसा खेर जाँदैन । 

चलचित्र : दिमाग खराब

कलाकारहरू : खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्कीलगायत

निर्देशक: निश्चल बस्नेत

कथा लेखक: आकाश बराल

समय: २ घण्टा ३० मिनेट

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

फागुन १२, २०८०

सुन्दर खनालले क्यारिकेचर गर्न थालेको कक्षा १० मा पढ्दादेखि हो । त्यो बेला हास्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’को लोकप्रियता उचाइँमा थियो । सुन्दरको स्कुलमा टेलिश्रृङ्खलालाई लिएर साथीहरूबीच चर्चा हुन्थ्यो । ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x