×

NMB BANK
NIC ASIA

दुर्गा प्रसाईं र महेश बस्नेतबीच टक्कर

जोखिमको सूक्ष्म विश्लेषणमा सुरक्षा निकायः प्रसाईंको कार्यक्रममा ७ हजार जनासम्म आउने आकलन

काठमाडाैं | मंसिर ६, २०८०

NTC
Premier Steels

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । 

Muktinath Bank

नेपाल प्रहरीले प्रसाईं र बस्नेतको घर वरपर सादा पोशाकमा आफ्ना सुरक्षाकर्मीहरूलाई निगरानीका लागि खटाएको छ । अनुसन्धान गर्ने उपत्यकाभित्र रहेका प्रहरीका विभिन्न निकायले सुक्ष्मरुपमा  निगरानी गरिराखेका छन् । उनीहरूले बिहीवार हुने तय भएका कार्यक्रमको तालिका अध्ययन गरेर त्यहाँ हुनसक्ने सम्भावित घटनाका विषयमा अध्ययन गरेको एक प्रहरी अधिकारीले लोकान्तरलाई जानकारी दिए । त्यसबारे विशेष प्रतिवेदन तयार गरेर सम्भावित दुर्घटना रोक्न सोहीअनुसार काम गर्ने तयारी भएको उनको भनाइ छ ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेतले भीडलाई नियन्त्रण गर्न र उचित सुरक्षा दिन विशेष सुरक्षा योजना नै बनाइएको जानकारी दिए ।  


Advertisment
Nabil box
Kumari

‘हामीले एकीकृत सुरक्षा योजना बनाएर सुरक्षा दिइरहेका छौं र बिहीवारको कार्यक्रमका लागि सुरक्षा पनि त्यसैअनुसार चल्नेछ,’ उनले लोकान्तरसँग भने । 

Vianet communication

सुरक्षा निकायका अनुसार दुर्गा प्रसाईंले आफ्नो कार्यक्रममा देशभरबाट २५ हजार आउने आकलन गरेका थिए । तर पछि उनले एकजना आउने ठाउँमा तीनजना आउने दाबी गर्दै एक लाख मानिस उपस्थित हुने प्रहरीलाई जानकारी गराएका छन् । महेश बस्नेत समूहले भने आफ्नो कार्यक्रममा कति सहभागी हुन्छन् भन्नेबारे जानकारी गराएका छैनन् । 

प्रहरी अधिकारीहरूले गरेको सुक्ष्म विश्लेषणमा प्रसाईंको कार्यक्रममा सात हजारको हाराहारीमा र बस्नेतको कार्यक्रममा तीन हजार ५०० को हाराहारीमा मानिस उपस्थित हुनसक्ने आकलन गरेका छन् ।

‘हाम्रो आकलनमा दुर्गा प्रसाईंको प्रदर्शनमा सात हजारसम्म र महेश बस्नेतको मा तीन हजार ५०० सम्म मानिस उपस्थित हुन सक्छन्,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने ।

null

उपत्यकामा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना जनशक्ति परिचालन गरेका छन् । 

प्रहरीले चार हजारभन्दा माथि र सशस्त्र एक हजार ५०० भन्दामाथि प्रहरी परिचालन गर्नेगरी तयारी अवस्थामा राखेका छन् । प्रहरीले उपत्यकामा करिब साढे दुई हजार प्रहरी प्रदर्शनस्थलमा खटाउने तयारी गरेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले बुधवार एक सूचना जारी गर्दै यस्तो अपिल अत्यावश्यकबाहेक सवारी लिएर ननिस्किन ट्राफिक प्रहरीले अपिल गरेको छ ।

‘काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यही मंसिर ७ गते विभिन्न समूहद्वारा र्‍याली, जुलुसका साथै विरोध प्रदर्शन गर्ने भन्ने बुझिन आएको छ । यसैले काठमाडौं उपत्यकाभरी सवारी आवागमनमा असहजता हुनसक्ने हुँदा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्किन हुन अनुरोध छ,’ अपिलमा भनिएको छ ।

प्रहरीले सवारी लिएर निस्किनु पूर्व १०० वा १०३ नम्बरमा फोन गर्न र ट्राफिक एफएम ९५.५ निरन्तर सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x