×

NMB BANK
NIC ASIA

प्रहरी हिरासतमा रामबहादुर बम्जन

आलिसान महलमा बस्थे बम्जन, चौबीसै घण्टा नाइट भिजन क्यामेराबाट निगरानी

काठमाडाैं | पुस २५, २०८०

NTC
Premier Steels

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् ।

Muktinath Bank

प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवासबाटै पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीका अनुसार उनको निवास निकै आलिसान थियो । निवासमा भीआईपीले प्रयोग गर्ने अधिकांश सुविधा उपलब्ध रहेको प्रहरीले बताएको छ ।


Advertisment
Nabil box
Kumari

‘उनको घरमा स्वीमिङ पुलबाहेक हरेक किसिमका अत्याधुनिक सुविधा उपलब्ध रहेछन्,’ पक्राउ गर्न गएका एक प्रहरी अधिकारीले लोकान्तरसँग भने ।

Vianet communication

घरभित्रै जिम हल, सुविधासम्पन्न बाथटबसम्मका सुविधा उपलब्ध रहेको पाइएको उनले खुलाए । बम्जनको निवासमा आउने/जाने व्यक्तिहरूको नाइटभिजन सीसीटीभी क्यामेराबाट निगरानी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ‘बम्जनले खाने, सुत्नेसहितका अधिकांश कोठामा उक्त सीसी क्यामेराको मोनिटर राखिएको रहेछ । उनले त्यसबाट हरेक समय प्रत्यक्ष निगरानी गर्ने रहेछन्,’ ती अधिकारीले भने ।​null

प्रहरी टोली घरमा छिरेको थाहा पाएपछि उनी भाग्नका लागि तेस्रो तलाबाट दोस्रो र दोस्रो तलाबाट भुइँतलामा हामफालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की निर्देशक तथा एआईजी किरण बज्राचार्यले पत्रकार सम्मेलनमा बताइन् । 

बम्जन तालिमप्राप्त भएकाले उनी हामफाल्दा पनि चोटपटक नलागेको प्रहरीको दाबी छ ।  प्रहरीका अनुसार उनले जिममा दैनिक व्यायाम गर्ने गरेका थिए । साथै, कराँते, कुङ्फुलगायतका तालिम समेत गरेका छन् । 

उनको निवासबाट ३ करोड ३ लाख नेपाली रुपैयाँ तथा १७ देशको ३० लाख बराबरको मुद्रा समेत बरामद भएको छ । उक्त रकम अनुयायीहरूले दिएको दाबी बम्जनले गरेका छन् ।

‘उनले अनुयायीबाट रकम प्राप्त गरेको बताएका छन्,’ सीआईबीका एसएसपी दिनेश आचार्यले पत्रकार सम्मेलनमा भने । 

जंगलमा बस्दै आएको दाबी

बम्जनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफू ध्यानका लागि जंगलमा बस्दै आएको बताएका छन् । सिन्धुली, मकवानपुरलगायतका जंगलमा ध्यान गरेर बस्ने गरेको उनको दाबी छ । ‘उनले आफू बेलाबेलामा मात्र काठमाडौं आउने गरेको बताएका छन्,’ एक प्रहरी अधिकृतले लोकान्तरसँग भने ।

प्रहरीले एक हप्ताअगाडि उनी आफ्नो निवासमा आएको सूचना पाएको थियो, तर घरको लोकेसन थाहा थिएन । लोकेसन पत्ता लगाउन प्रहरीले उनका अनुयायी र आफन्तलाई पच्छ्याउन थाल्यो ।

‘एक हप्ताअगाडि काठमाडौं आएको सूचना थियो, त्यसैका आधारमा रेकी गरिरहेका थियौं । हिजो त्यो घरमा छन् भन्ने कन्फर्म भएपछि अपरेसन गरेका हौं,’ ती अधिकारीले लोकान्तरसँग भने ।

सामाजिक सञ्जालमा सक्रिय नरहेका बम्जनले फोनका लागि सामान्य मोबाइल प्रयोग गर्ने गरेको पाइएको छ । उनीसँग बरामद भएका अन्य उपकरणका सम्बन्धमा अनुसन्धान भइरहेको सीआईबीका एसएसपी दिनेश आचार्यले पत्रकार सम्मेलनमा बताए । 

गाडीका सौखिन, चढ्थे करोडौंको कार

बम्जन करोडौं गाडीका सौखिन देखिएका छन् । उनले लुलाराम तामाङको नाममा रहेको टोयोटा फर्चुनर गाडी चड्दै आएका थिए  ।

बम्जनका लागि ५ करोड रुपैयाँ पर्ने ल्यान्डक्रुजर एक्सएल गाडी खरिद प्रक्रियामा रहेको पाइएको सीआईबीले जनाएको छ ।

null

ललितपुरको बुङ्मती बस्ने पनित महर्जनको नाममा धुम्बाराहीस्थित एक शोरुममा ५ करोड रुपैयाँको गाडी ‘बूक’ गरेको पाइएको एसएसपी आचार्यले बताए । ५ मध्ये ३ करोड रुपैयाँ बुझाइसकेको उनले खुलाए ।

त्यति मात्र होइन, उनीसँग क्रस फायर बाइक, यामाहा रे जेडआर स्कूटरसहित ४ वटा दुईपाङ्ग्रे सवारी साधन समेत रहेको पाइएको छ । त्यसबाहेक उनको घरबाट १५ वटा मोबाइल र ३ वटा ल्यापटप पनि बरामद भएको छ ।  

बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन किशोरीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता पारेको आरोप छ । बेपत्ता पारिएकी किशोरीकी आमाले जाहेरी दिएकी थिइन् । अहिले त्यो मुद्दा जिल्ला अदालत सर्लाहीमा विचाराधीन छ ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार अब अदालतमा थुनछेक बहस हुनेछ । बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा छ ।

आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा थिए । 

सीआईबीले पछिल्लो समय बम्जनको आश्रममा २०७७ साल पुस महिनामा पनि अपरेसन चलाएको थियो । तर, त्यतिबेला बम्जन पक्राउ परेनन् ।

प्रहरीले ‘अपरेसन ब्लू’ अन्तर्गत बम्जनलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x