×

NMB BANK
NIC ASIA

सुन तस्करी छानबिन आयोगको प्रतिवेदन

EXCLUSIVE : जीवन चलाउनेको सनसनीपूर्ण बयान– 'सीआईबीमा ६० लाखको बार्गेनिङ, ३० लाखमा डिल भएपछि छुटेँ'

काठमाडाैं | चैत २, २०८०

NTC
छानबिन आयोगले बुझाएको प्रतिवेदन लिँदै गृहमन्त्री रवि लामिछाने ।
Premier Steels

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैयाँमा डिल भएको र पैसा जुटाउन भन्दै आफू केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतबाट मुक्त भएको बयान उनले आयोगलाई दिएका छन् । 

Muktinath Bank

सुन तस्करीसम्बन्धी छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुझ आयोगलाई चलाउनेले विदेशबाट ह्वाट्स एपमा बयान दिएका थिए । उक्त बयानको अडियो रेकर्ड र च्याटमा भएको कुराकानीलाई आयोगले प्रमाणको रुपमा लिएर पेन ड्राइभमा हालेर बुझाएको छ । सीआईबीका कुन तहका अधिकारीले ६० लाख बार्गेनिङ गरेको भन्ने सम्बन्धमा स्रोतले बताउन चाहेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सीआईबीले बयानका लागि बोलाएपछि म गएँ, त्यहाँको दोस्रो तलामा ४ घण्टा बयान भएको हो । त्यसक्रममा मसँग ६० लाख रुपैयाँको बार्गेनिङ भयो,’ चलाउनले आयोगसँगको बयानमा भनेका छन्, ‘अन्ततः ३० लाखमा डिल भएपछि बयानका कागज च्यातिए । म पैसा जुटाउन भन्दै सिंगापुर हुँदै मलेसिया आएँ ।’ 


Advertisment
Nabil box
Kumari

सम्पर्क सुत्रमार्फत आयोगसँग सम्पर्कमा आएका चलाउनेले बयानका क्रममा वास्तविकता खोलेमा मलाई के हुन्छ ? भनेर सोधेका थिए । आयोगका अधिकारीले सजाय कम हुने आश्वासन दिएका थिए । ‘हाम्रो सम्पर्क सुत्रमार्फत चलाउने ह्वाट एपमा कुरा गर्न तयार भए, त्यसपछि उनले सीआईबीमा भएको बार्गेनिङको कुरा गरे । उनले थप कुरा आयोगमै उपस्थित भएर बयान दिने भनेपछि उनलाई नेपाल बोलाएका थियौं,’ आयोग स्रोतले लोकान्तरसँग भन्यो । 

Vianet communication

आयोगसँग बयानका लागि चलाउने भारत हुँदै नेपाल आउन सीमावर्ती भारतको रुपैडिया नाकामा आएका थिए । उनी रुपैडिया नाकामा आएको सीआईबीले सुइको पाएपछि चलाउनेले प्रयोग गरेको मोबाइल फेरि सिंगापुरतिर पठाएको तथ्य आयोगले फेला पारेको स्रोतले बतायो । 

चलाउनेले दिएको सनसनीपूर्ण बयानबारे आयोग पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सविस्तार सुनाएका थिए । बुधवार आयोगले प्रतिवेदन गृहमन्त्री लामिछानेलाई बुझाएको थियो । 

त्यसपछि गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्ड र प्रहरी प्रमुख वसन्त कुँवरसँग छलफल गरेका थिए । सुन तस्करीका दोषीलाई उम्काउने काम गरेको भन्दै सीआईबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही गर्न आयोगले प्रतिवेदनमा सिफारिस गरेको छ । 

आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा छलफल गर्न शुक्रवार अपरान्ह ५ बजे प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आयोगले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमनका पूर्वमहानिर्देशक झलकराम अधिकारी लगायतलाई कारबाही सिफारिस गरेको छ ।

यी पनि पढ्नुहोस्ः

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x