×

NMB BANK
NIC ASIA

ठगिँदै उपभोक्ता

नेपाली उपभोक्ताको ढाड सेक्दै विष्णु अग्रवाल : यामाहा बाइकमा दोब्बरसम्म लूट !

काठमाडाैं | चैत २७, २०८०

NTC
Premier Steels

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ ।

Muktinath Bank

यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डेढ लाख बढी रहेको प्रस्टै देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जापानी कम्पनी यामाहा मोटर्सले भारत, चीन, ताइवान, इन्डोनेसिया, थाइल्यान्ड, अमेरिकालगायत स्थानमा उत्पादन प्लान्ट लगाएको छ । नेपाल आउने यामाहा बाइक लगभग सबै भारत निर्मित हुन् ।


Advertisment
Nabil box
Kumari

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले भारतबाट सस्तो मूल्यमा मोटरसाइकल ल्याएर यहाँ निकै महंगो मूल्यमा बेच्ने गरेको हो ।

Vianet communication

माथि चर्चा गरिएको एमटी १५ बीएस६ बाइकको मूल्य भारतीय बजारमा जम्मा भारू १ लाख ६७ हजार ७ सय पर्छ । त्यसबाट भारतको कानून अनुसार लिन पाइने १५ प्रतिशत मुनाफा कम गर्दा १ लाख ४५ हजार ८२६ मूल्य बाँकी रहन्छ ।

त्यसमा २८ प्रतिशत जीएसटी (गूड्स एण्ड सर्भिस ट्याक्स) र ९ प्रतिशत रोड ट्याक्स घटाएपछि बल्ल उक्त बाइकको 'फ्याक्ट्री प्राइस' निस्किन्छ, जुन जम्मा १ लाख ४ हजार ५१९ हुन आउँछ ।

त्यसलाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा १ लाख ६७ हजार २०३ रुपैयाँ पर्ने देखिन्छ, जुन अतिरिक्त छुट वा कमिसनबाहेक नेपाली आपूर्तिकर्ताले उत्पादकलाई दिने अधिकतम मूल्य हो ।

यसमा आर्थिक वर्ष २०८०/८१ को एकीकृत भन्सार महसुल दरअनुसार १ सय २० दशमलव ३५ प्रतिशत कर लाग्छ । त्यसपछिको परल मूल्य ३ लाख ६८ हजार ४ सय ९१ नेपाली रूपैयाँ हुन आउँछ ।

यसमा उत्पादकले दिने छुट र आधिकारिक बिक्रेताले लिने कमिसन समावेश गरिएको छैन ।

****

एमएडब्ल्यू इन्टरप्राइजेजले यामाहा आर१५एम लाई नेपालमा ६ लाख ३४ हजारमा बेच्ने गरेको छ । तर यसको वास्तविक मूल्य भने ४ लाख ३१ हजार मात्र हो ।

१५५ सीसी इन्जिनमा उपलब्ध हुने यो मोटरसाइकलमा नाफा, जीएसटी र रोड ट्याक्स घटाउँदा मूल्य १ लाख २२ हजार ४६९ भारू हुने देखिन्छ । यसलाई प्रचलित दरअनुसार कर/भन्सार तिरेर नेपाल ल्याउँदा अधिकतम ४ लाख ३१ हजार नेपाली रुपैयाँ पर्न जान्छ । यसमा २ लाखभन्दा बढी नाफा खाएर बिक्री वितरण हुँदै आएको छ ।

null

यामाहाको अर्को बाइक एफजेडएस-भी३ मा पनि अग्रवालले लूट मच्चचाइरहेका छन् ।

भारतीय बजारमा यसको मूल्य भारू १ लाख २१ हजार ७ सय छ ।

त्यसबाट मुनाफा, जीएसटी र रोड ट्याक्स हटाएपछिको मूल्य जम्मा ७५ हजार भारू हो । त्यसलाई नेपाली रुपैयाँमा परिवर्तन गरेर नेपाल ल्याउँदा लाग्ने १२० दशमलव ३५ प्रतिशत कर समेत जोड्दा जम्मा २ लाख ६७ हजार नेरु पर्छ । तर अग्रवालले यसलाई ४ लाख ४ हजार ९०० मा बेचिरहेका छन् ।

१२० दशमलव ३५ प्रतिशतमध्ये महसुल दर ३० प्रतिशत, अन्त शुल्क ५० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्छ । यी सबै करको एकीकृत हिसाब १२० दशमलव ३ प्रतिशत पर्ने राजस्व विभागले जनाएको छ ।

सस्तो मूल्यमा बाइक किन्न चाहनेहरूको पहिलो रोजाई यामाहाको स्यालूटो थियो ।

१२५ सीसीको यो बाइकमा भारतको फ्याक्ट्री मूल्यमा कर जोड्दा जम्मा १ लाख ३५ हजार नेपाली रुपैयाँ पर्न आउँछ । एमएडब्ल्यू इन्टरप्राइजेजले यसलाई त्यसको लगभग दोब्बरमा बेचिरहेको छ ।

केही वर्षअघि नै उत्पादन बन्द भइसकेको यसको हालको शोरुम मूल्य २ लाख ५५ हजार नेपाली रुपैयाँ राखिएको छ ।

पछिल्लो समय चर्चित १२५ सीसीको इन्जिन रहेको स्कूटर फ्यासिनोमा पनि एमएडब्ल्यू इन्टरप्राइजेजले ठूलो नाफा खाने गरेको छ । करसहित नेपाल भित्रिँदा यो स्कूटरको मूल्य बढीमा १ लाख ७५ हजार पर्ने देखिन्छ । तर अग्रवालले यसलाई २ लाख ८० हजारमा बेचिरहेका छन् ।

के भन्छ कानून ?

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार सरकारले आफैं मूल्य निर्धारण गरेको बाहेक सरकारले अनुमति दिएको वस्तुको व्यापारमा २० प्रतिशतभन्दा बढी मूल्य लिन पाइन्न ।

ऐनको दफा ३ मा भनिएको छ, 'दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलनअनुसार सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्नेछ ।'

null

तर यसअघि नेपाल उद्योग परिसंघका अध्यक्षसमेत रहिसकेका विष्णु अग्रवालले उपभोक्ता ठग्नेगरी जतिसुकै मूल्य लिएर मोटरसाइकल बेचे पनि शक्तिकेन्द्रको आडमा उम्कँदै आएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले भन्सार तिरेपछि कायम हुने मूल्यमा अधिकतम २० प्रतिशत मात्र नाफा राख्न पाइने बताए ।

उनले भने, 'कुनै-कुनै सामानमा त शतप्रतिशत पनि मुनाफा लिएको पाइएको छ । हामीले उपभोक्ताको ढाड सेक्ने काम नगर्नुस् भन्दा उनीहरूले नाफा नै खान नदिने भए व्यापार किन गर्न दिएको त भन्दै उल्टै प्रतिप्रश्न गर्छन् । हामीले निरन्तर उपभोक्ताको पक्षमा आवाज उठाएका छौं, यसमा सरकार पनि जिम्मेवार हुनुपर्‍यो ।'

तिमिल्सिनाले भारतबाट पुरानो मोडेल भन्दै सस्तोमा ल्याउने, भन्सार पनि कम तिर्ने र यता नयाँ मोडेल भन्दै प्रचार गरेर महंगोमा उपभोक्ताको ढाड सेक्ने गरिएको पनि बताए । उपभोक्ताको हित संरक्षणका लागि आफूहरू कानूनी लडाईं लड्ने तयारीमा रहेको उनको भनाइ छ ।

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले सरकारले तोकेको भन्सार दरअनुसार नै सामान आयात हुनुपर्ने र नभएमा कारबाही गरिने बताए ।

उत्पादकसँगको मिलेमतोमा फ्याक्ट्री मूल्य नै तलमाथि गरेर देखाइयो भने के हुन्छ भन्ने प्रश्नमा उनले यस्तो हुने गरेको आफूले सुनेको तर नेपालको कानूनले विदेशमा उत्पादन हुने सामानको फ्याक्ट्री मूल्य निर्धारण गर्न नसक्ने बताए ।

'कहिलेकाहीँ वास्तविक मूल्यभन्दा कम वा बढी कायम गरेर भन्सारमा थोरै पैसा तिर्ने खेल हुन सक्छ र भएको पनि छ,' उनले भने, 'यसमा कतिपय अवस्थामा हामीले विभिन्न स्रोतबाट सामानको वास्तविक मूल्य पत्ता लगाएर कारबाहीसमेत गरेका छौं । तर मोटरसाइकलको हकमा भने अहिलेसम्म यस्तो उजुरी परेको छैन ।'

अग्रवालको स्वामित्वमा रहेको एमएडब्ल्यू कम्पनीले यामाहासँगै निर्माणमा प्रयोग हुने हेभी सामग्री जेसीबी, फोटोन, स्कोडा र जीप गाडी, एचपी नामको इन्जिन आयल, चेक गणतन्त्रमा उत्पादन हुने एलईटी जहाजसमेतको आधिकारिक बिक्रेताको लाइसेन्स लिएको छ ।

यसअघि मोरङ अटो वर्क्स नामको उनको कम्पनीले २ करोड ७० लाख भन्दा बढी नक्कली भ्याट बिल बनाएर राज्यलाई ठगेको खुलेको थियो । भ्याट ठगी गरेर राज्यलाई लुट्ने र बढी मूल्यमा सामान बेचेर उपभोक्ता ठग्ने अग्रवालबारे थप खुलासा लोकान्तरले अर्को अंकमा गर्नेछ ।

null

बाइकमा उपभोक्ता ठगिएकोबारे प्रश्न गर्न खोज्दा एमएडब्ल्यू ग्रुपका अध्यक्ष अग्रवालसँग सम्पर्क हुन सकेन । तर ग्रुपकै अर्का एक उच्च तहका कर्मचारीले आफूहरूले अप्राकृतिक नाफा नखाएको दाबी गरे ।

उनले भने, 'हामीले देशको कानून तोडेका छैनौं । कानूनले दिएकै नाफा राखेका हौं ।'

कतिपय बाइकको वास्तविक मूल्यभन्दा शतप्रतिशत बढी पनि लिइएको छ नि भन्ने प्रश्नमा उनको जवाफ थियो, 'एजेन्ट, बिक्रेतालगायतलाई कमिसन दिनुपर्छ । राज्यले २० प्रतिशत मात्र मुनाफा भनेको भएपनि विभिन्न तहलाई कमिसन बाँड्दा मूल्य बढी भएको हो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १७, २०८१

आइतवारदेखि राजधानी काठमाडौंमा शुरू भएको लगानी सम्मेलन केही अन्तर्राष्ट्रिय समझदारीसँगै सोमवार साँझ समापन भएको छ । कर्णालीमा डेढ अर्बको रिसोर्ट बनाउनेसँगै विराटनगरमा चिनियाँ कम्पनीले विद्युतीय गाडी उत्...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x