असोज २७, २०८०
नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...
नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ ।
यस अफर अन्तर्गत कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार २०८० चैत ३० गतेदेखि लागू भएको अफरमा १८ रुपैयाँमा १ दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ ।
यस्तै, ३५ रुपैयाँमा २ घण्टासम्म प्रयोग गर्न सकिने अनलिमिटेड प्याक उपलब्ध छ । यी बाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध छन् ।
यस्ता छन् प्याकहरू
नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक रु. ५९९ मा उपलब्ध हुनेछ ।
नयाँ डाटा प्याकेज अन्तर्गत रु. २४ मा वान आवर भ्वाइस एन्ड डाटा प्याके उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ । त्यसैगरी रु. २० मा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र रु. ८० मा ३ दिन सम्म चलाउन सकिने तथा रु. १०९ मा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यी बाहेक रु. ३९९ मा २८ दिन सम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।
यसैगरी प्रिपेड तथा पोस्ट पेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरू परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जुकेटिभ प्याक सञ्चालन भएको छ ।
जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरूलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।
नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...
ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरूपम...
सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...
काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ । आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...
कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...
नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...