×

NMB BANK
NIC ASIA

नयाँ मन्त्री, पुरानै पारा

प्रहरीमा गृहमन्त्री रविको ‘हस्तक्षेप’– भाषण एउटा, व्यवहार अर्कै !

काठमाडाैं | बैशाख २, २०८१

NTC
Premier Steels

उपप्रधानमन्त्री एवं गृहमन्त्रीको पदभार ग्रहण गरिसकेपछि रवि लामिछानेले प्रहरीमा हस्तक्षेप नगर्ने उद्घोष गरे । उनले राम्रो काम गर्न गृहमन्त्रीको आदेश कुरिरहनुनपर्ने निर्देशन पनि दिए । 

Muktinath Bank

तर, लामिछानेको भनाइ र कार्यशैली बाझिएपछि शंका/उपशंका उब्जिएको छ । पछिल्ला सरुवा/बढुवामा उनले लिएको रणनीतिमाथि प्रहरी संगठनभित्रै हलचल मच्चिएको हो । प्रहरी उपरीक्षक (एसपी)सम्म सरुवाको अधिकार प्रहरी महानिरीक्षक (आईजीपी)लाई हुने भएपनि गृहमन्त्री लामिछानेले त्यसमा ‘इन्ट्रेस्ट’ देखाएको बुझिन्छ । सरुवा भएको तीन महिना पनि नपुगेका प्रहरी अधिकारीलाई सरुवा गर्न आईजीपी वसन्त कुँवरलाई निर्देशन दिएबाट लामिछानेको कार्यशैली हस्तक्षेपकारी भूमिकाभन्दा बाहिर छैन भन्ने प्रस्ट हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उच्च स्रोतका अनुसार लामिछानेले उपप्रधान एवं गृहमन्त्रीमा शपथ खाएको एक साताभित्रै उपत्यकाका दुई प्रहरी कार्यालयहरू क्रमशः उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखको सरुवाका लागि टिप्पणी उठाउन निर्देशन दिएका थिए । 


Advertisment
Nabil box
Kumari

परिसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसी र अपराध अनुसन्धानमा एसएसपी दानबहादुर कार्कीलाई ल्याउने तयारीमा लामिछाने थिए । सरुवा/बढुवामा हस्तक्षेप गर्दिनँ भनेको अवस्थामा पदभार ग्रहण गरेको एक साता नबित्दै काठमाडौंका दुई इञ्चार्ज फेर्न खोज्दा नराम्रो सन्देश जाने भन्दै गृहकै अधिकारीले सम्झाएपछि लामिछाने ‘ब्याक’ हटेका थिए । तर, यो मात्रै एउटा कडी थियो । सत्ता साझेदार दलकै ठूला नेतासँगको परामर्शबाट पनि लामिछाने पछाडि हटेको बुझिन्छ ।

Vianet communication

उच्च स्रोतका अनुसार परिसर टेकुमा एसएसपी सानुराम भट्टराई र अनुसन्धान कार्यालय मीनभवनमा एसएसपी ओम अधिकारीको सरुवा गर्ने तयारी लामिछानेको छ । भट्टराई एमाले अध्यक्ष केपी ओलीको पीएसओ बसिसकेका प्रहरी अधिकारी हुन् भने अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छन् । उनले जिल्ला प्रहरी कार्यालय चितवनमा बस्दा माओवादीनिकट नेताहरूसँग राम्रो सम्बन्ध बनाएको बुझिन्छ । 

प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा गर्दा रोलक्रमअनुसार एक नम्बरमा रहेका प्रदीपबहादुर क्षेत्रीलाई छुटाएपछि लामिछाने विवादमा परे ।

त्यतिबेला आईजीपी कुँवरले गृहमन्त्री लामिछाने र गृहकै उच्चपदस्थ कर्मचारीलाई ‘एक नम्बरलाई नछुटाऊँ हजुर’भन्दा लामिछानेले ‘मेरिट’भित्र पर्ने सबै प्रतिस्पर्धी हुन् भन्दै टारिदिए । बरु वर्तमान प्रधानमन्त्री एवं (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पीएसओ रहिसकेका प्रहरी अधिकारी बढुवा सूचीमा समेटिए । प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा गर्दा पनि कारबाही भोगेकाहरू सूचीमा अटाए । 

पछिल्लोपटक सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनलाई औंल्याएर लामिछानेले केही प्रहरी अधिकारीमाथि कारबाही गर्ने भन्दै सहसचिवको नेतृत्वमा समिति नै गठन गरे । 

आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य, सीआईबीमै कार्यरत प्रहरी अधिकारीहरू एसपी सञ्जय सिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदनकै आधारमा लामिछानेले कारबाही सिफारिसमा परेका सबै अधिकारीलाई प्रहरी मुख्यालय तान्न लगाए । 

प्रहरीभित्र लामिछानेले प्रत्यक्ष हस्तक्षेप गरेको देखिन्छ । यसको मूलकारण राजनीतिक अस्थिरता भएको पूर्व गृहमन्त्री समेत रहेका एमाले नेता भीम रावलले बताए । सरकारले नै संविधान, ऐन र कानूनलाई मिचेका बेला गृहमन्त्रीले प्रहरी नेतृत्वलाई ‘भकुण्डो’ बनाउने प्रवृत्ति रहेको उनको तर्क छ ।

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारीले राजनीतिक नेतृत्वले प्रहरीलाई जहिल्यै आफूअनुकूल चलाउन खोजेपनि प्रहरी नेतृत्व चनाखो र सजग हुनुपर्ने बताउँछन् । 

****

राजनीतिक अस्थिरताको प्रभाव प्रहरी संगठनमा पर्नु स्वाभाविक : भीम रावल, पूर्व गृहमन्त्री

सबैभन्दा पहिला त राज्य कसरी चल्छ भनेर हेरिनुपर्छ । पहिले कोशी प्रदेशमा दुनियाँमा कहीँ नदेखिएको सत्ताको निकृष्ट खेल देखियो । अहिले सुदूरपश्चिममा देखिएको छ । एक वर्षमा कतिपटक गठबन्धन बन्यो र भत्कियो, नीतिगत तहमा बस्ने प्रशासक (सचिव)हरू कतिपटक सरुवा भए, यी विषयमा राज्य सञ्चालन गर्ने दलहरू कति संवेदनशील देखिएका छन् त ? सत्ताको फोहोरी खेल कहिल्यै रोकिएन । राष्ट्रिय सुरक्षा नीति, संविधान र कानूनलाई गएको एक वर्षदेखि सत्तामा हुनेले निर्लज्ज किसिमले धज्जी उडाइरहेका छन् । नेपालीले पाएका दुःख, सास्ती, समस्याका बारेमा सर्वदलीय बैठक बसेर छलफल भएको एकपटक देख्नुभएको छ ? यस्तो राजनीतिक अस्थिरताका बेला प्रहरीमा हस्तक्षेप मात्रै होइन, भकुण्डो बनाउँछन् । प्रहरी नेतृत्व जब कमजोर हुन्छ, तब राजनीतिक प्रभाव र दबाब बढ्छ । प्रहरी नेतृत्वले राजनीतिलाई दोषी देखाउने र आफू उम्किने होइन, प्रहरी ऐन र नियमावलीअनुसार चले हस्तक्षेप सजिलो हुँदैन । 

****

प्रहरी नेतृत्वले संरक्षण गर्न नसक्दा राजनीतिज्ञले दुरुपयोग गर्छन्-​ राजेन्द्रसिंह भण्डारी, पूर्व एआईजी

प्रहरीमा नेतृत्व एकदमै कमजोर भयो । लोकतन्त्रमा प्रहरी नेतृत्व बलियो हुनुपर्ने हो, तर पञ्चायत कालभन्दा झन् कमजोर हुँदै गयो । कमान्ड र प्रक्रियामुखी संगठनमा आन्तरिक नेतृत्वले संरक्षण गर्न नसक्दा राजनीतिक निकायले दुरुपयोग त गर्ने नै भए । लोकतन्त्र आएपछि प्रहरी नेतृत्वमाथि झन् रणनीतिक प्रहार भयो । उदाहरणका लागि प्रहरी सेवा ३०/३२ वर्षको बनाउने खेललाई पनि लिन सकियो । राजनीतिक नेतृत्वले आफूअनुकूल प्रहरी अधिकारीलाई आईजीपी बनाउने र संगठनभित्र आफूले चाहेअनुसार काम गर्ने प्रवृत्ति हिजो ध्रुव प्रधान र अच्युतकृष्ण खरेलका बेला देखियो । त्यही बेलादेखि प्रहरीभित्र गुट/उपगुट बन्न थाल्यो । त्यसको प्रभाव अहिले देखिएको हो । अब सामान्य सिपाही र हवल्दार पनि सरुवा बढुवाका लागि राजनीतिक नेतृत्वमा चहार्न थाले । 

संगठनमा रहेका बेला प्रहरी नियमावली संशोधन गर्न मेरै अध्यक्षतामा समिति गठन भएको थियो । त्यसबेला नै एसपीसम्मको सरुवा आईजीपीले गर्न पाउने व्यवस्था राख्न सफल भयौं, तर प्रहरी नेतृत्वलाई कमजोर बनाइयो, उक्त व्यवस्थाको अपेक्षित प्रभाव परेन । उपल्लो तहका हरेक प्रहरी अधिकारीको बढुवामा प्रहरी महानिरीक्षक बढुवा समितिको सदस्य वा सदस्य सचिव हुन्छन् । त्यतिबेला यो हुँदैन, म हस्ताक्षर गर्दिनँ भन्न कसले रोक्छ ? राम्रो काम गर्दा कारबाही भोग्नुपर्छ र ? गृहमन्त्री राजनीतिक दलबाटै आएका त हुन् नि ! उनले आफ्नो अभीष्ट पूरा गर्न खोज्नु स्वाभाविक हो । तर, प्रहरी नेतृत्व चनाखो हुन सक्नुपर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x