×

NMB BANK
NIC ASIA

डा केसीको माग– स्वास्थ्य सेवा सुधार गर्न गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयन होस्

काठमाडाैं | बैशाख ८, २०८१

NTC
फाइल तस्वीर ।
Premier Steels

चिकित्सा शिक्षा सुधारका लागि भन्दै आन्दोलन गरिरहेका डा गोविन्द केसीले शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । 

Muktinath Bank

शनिवार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलनको आयोजना गर्दै डा केसीले स्वास्थ्य सेवाको गुणस्तर नियमन गर्ने सरकारी निकाय र शिक्षण संस्थानमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न गठित समितिको उक्त प्रतिवेदन कार्यान्वयनको माग राखेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छानबिन समितिले बुझाएको प्रतिवेदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्रीद्धय शेरबहादुर देउवा र केपी शर्मा ओलीलगायत प्रमुख दलका नेताहरू नै संलग्न रहेको उल्लेख गर्दै प्रतिवेदनको सुझावअनुसार तुरुन्त दोषीहरूउपर कारबाही गर्न माग गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

‘पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले करिब ७ वर्षअघि बुझाएको, भ्रष्टाचारमा संलग्न पदाधिकारीहरू र सजायबारे सुझावसहितको रिपोर्ट हालै मन्त्रालयले सार्वजनिक गरेको छ । दोषीहरूमा देउवा, ओली र प्रचण्डलगायत प्रमुख दलका नेता, पदाधिकारी र कार्यकर्ताहरू छन्,’ डा केसीद्धारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ, ‘रिपोर्ट बुझाएलगत्तै त्यसलाई सार्वजनिक गरेर दोषीहरूमाथि कारबाही गर्न शुरूमा देउवा र त्यसपछि ओली सरकारलाई आग्रह गरेका थियौं र सत्याग्रहसहितको दबाब दिएका थियौं तर सुनुवाइ भएन । अब प्रतिवेदन सार्वजनिक भइसकेको अवस्थामा त्यसका सुझावअनुसार तुरुन्त दोषीहरूउपर कारबाही गर्न माग गर्दछौं,’ 

Vianet communication

त्यस्तै, डा केसीले मुलुकमा गुणस्तरहीन शिक्षा र दिगो रोजगारीको अभाव भएका कारण १२ कक्षा उत्तीर्ण भएलगत्तै प्रत्येक वर्ष दशाैँ  हजार युवा विदेशिइरहेको बताउँदै यसको कारण नै मुख्य दलको नेतृत्व रहेको आरोप लगाएका छन् । 

सर्वोच्च अदालतले मापदण्ड पनि नपुगेको र प्रक्रिया पनि नपुर्याएको मेडिकल व्यापारीको अस्पताललाई सम्बन्धन दिनु भन्ने आदेश चिकित्सा शिक्षा ऐन र अन्य प्रचलित कानूनहरूको विपरीत भएको केसीको दाबी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x