×

NIC ASIA

८८ किलोको मुद्दा सल्टेपछि फेरि तस्करी

कलेज पढ्ने छोरालाई समेत लगाएर सुन तस्करी, बिक्रीका लागि ‘डिल’ गर्न गोप्य कोठा भाडामा

काठमाडाैं | बैशाख १४, २०८१

Prabhu Bank
NTC
Premier Steels

दार्चुलाको टाटे नगरपालिका– ३ का ४७ वर्षीय गणेश दत्त बडू सुन तस्करी प्रकरणमा पुनः पक्राउ परेका छन् । एक किलो ७६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद घटनामा बडूसहित ७ जना पक्राउ परेका हुन् । बडू यसअघि २०७४ भदौ १९ मा धोविचौरबाट बरामद भएको ८८ किलो सुनमा पनि जोडिएका थिए । तत्कालीन समयमा पक्राउ परेर जिल्ला अदालतको आदेशमा ३ लाख धरौटी बुझाएर छुटेको बडूले प्रहरी बयानमा खुलाएका छन्। तर, प्रहरीले खोजी गर्दा उक्त प्रमाण भेटिएको छैन ।

शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलनमा बडू पछिल्लो घटनाका मुख्य योजनाकार रहेको बताइएको छ । चिनियाँ नागरिकले दिएको सुन ल्याएर बिक्रीका लागि राखेको बडूले प्रहरी बयानमा खुलाएका छन् । काठमाडौं महानगरपालिका–२४ दुछेंननी टोलबाट पक्राउ परेका बडूसँगै उनका छोरा आयुष पनि पक्राउ परेका छन् । आयुष भर्खरै २१ वर्षका छन् । उनी स्नातक तह पढ्दै गरेका विद्यार्थी पनि हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार बडूको घर बाफलमा छ । उनका दुई छोरी र आमा पनि छन् । बडूका बाबुछोरासहित पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली आटपाही थाना बस्ने अमोल विभुते, उनका भाइ ऋषिकेशप्रसाद विभुते, गणेश सतिश बाल्टे, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल छन् । 


Advertisment
Rupse Holidays
Nabil box

सुन तस्करीको डिलिङ गर्नै कोठा भाडामा

Vianet communication

सुन तस्करीका लागि खरिद/बिक्री गर्न बडूले काठमाडौं महानगरपालिका–२४ दुछेंननी टोलमा लामो समयदेखि कोठा भाडामा लिएको पाइएको छ । 

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार गोप्यरूपमा बडूले कोठा भाडामा लिएका थिए । 

‘घरबेटीलाई कहिलेकाहीँ अफिसको मिटिङ गर्ने हो भन्दै बडूले कोठा भाडामा लिएका रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘तर पटक–पटक भारतीय नागरिकहरू आउने/जाने गरेको देखेपछि स्थानीयले प्रहरीलाई सुराकी दिएपछि अनुसन्धान अघि बढेको हो ।’ 

पैसा ल्याएर डिलिङ गर्दै गर्दा भारतीय पक्राउ

शुरूमा प्रहरीमा सूचना आउँदा भारतीय नागरिकहरू लगातार आउजाउ गरेकाले शङ्कास्पद योजना बनाएको हुन सक्नेतर्फ इंगित थियो । जब प्रहरीले नजिकबाट नियाले उनीहरूको धन्दा सुन तस्करीमा रहेको खुल्यो । भारतीय नागरिकले प्रयोग गर्ने मोटरसाइकललाई समेत पिछा गरेर प्रहरीले उनीहरूको रेकी शुरू गर्‍यो । पक्राउ परेकामध्ये अमोल, ऋषिकेश र गणेश लामो समयदेखि कोटेश्वरमा डेरा गरी बस्दै आएका थिए ।

उनीहरूले बडूसँग मिलेर यसअघि पनि सुनको कारोबार गरेको आशंका प्रहरीको छ । गणेशका बाबुछोरा, दिनेश र भरतले चिनियाँ नागरिकसँगको सेटिङमा काठमाडौंमा सुन ल्याउने र त्यसको बिक्रीका लागि अमोल, ऋषिकेश र गणेशले डिल गर्ने गरेको प्रहरी अनुसन्धानबाट देखिन्छ । उनीहरूले नै भारतीय गिरोहबाट पैसा ल्याएर बिहीबार राति डिल गर्दैगर्दा डीएसपी सुरक्षा केसी नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको जानकारी अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले दिए । 

अब के हुन्छ ? 

प्रहरीले अहिले तत्कालका लागि सुन र पक्राउ परेका व्यक्तिहरूलाई राजस्व अनुसन्धान विभागमा पठाएको छ । विभागले आफ्नो कारबाही सकेपछि उनीहरूविरुद्ध संगठित अपराधमा मुद्दा चलाउने जानकारी अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले दिए । उनले भने, ‘अहिले हामीले राजस्वलाई पत्र पठाउँदा संगठित अपराधमा पनि मुद्दा चलाउने राय व्यक्त गरेका छौं ।’

प्रहरीले यो घटनामा चिनियाँ गिरोहको पनि खोजी गर्ने जानकारी रेग्मीले दिए । यो सँगै यो गिरोहले यसअघि गरेका सुन तस्करीका घटनाबारे पनि थप अनुसन्धान गर्ने अनुसन्धान कार्यालयले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

बालेनलाई जवाफ दिन एमालेको ढिलाइ किन ?

बालेनलाई जवाफ दिन एमालेको ढिलाइ किन ?

जेठ २२, २०८१

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले न्युरोड फूटपाथ फराकिलो बनाउने विवादले एकाएक संघीयता कार्यान्वयनको बहस सिर्जना गरेको छ । काठमाडौं महानगरपालिकाले भत्काएको फूटपाथ सडक विभागले टाल्न थालेपछि सोमबा...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

x