×

NMB BANK
NIC ASIA

चितवनमा फूडमान्डुको सेवा, वैशाखभरि ३० प्रतिशत छुट

काठमाडाैं | बैशाख १४, २०८१

NTC
Premier Steels

नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।​​

Muktinath Bank

फूडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र पोखरा हुँदै अब चितवनमा पनि विस्तार भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही वैशाख १४ गतेदेखि चितवनवासीले अनलाइनबाटै खानेकुराको अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

'फूडमान्डु अब चितवनमा पनि विस्तार भएको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं । चितवनमा रहेका प्रख्यात रेस्टुरेन्टहरूका खानेकुरा घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत डेलिभर गर्न हामी उत्साहित छौं', कम्पनीका ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन् ।

Vianet communication

त्यस्तै कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले नेपालका मुख्य शहरहरूमा क्रमशः सेवा विस्तार गरिने बताए । 'हामी फूडमान्डुलाई फूड डेलिभरीको अग्रणी कम्पनीको रूपमा नेपालका मुख्य शहरहरूमा क्रमशः फैलाउने योजनामा छौं । काठमाडौं, पोखरा हुँदै अब चितवनमा पनि हाम्रो सेवा विस्तार गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो', उनले भने ।

स्थापना भएको १३ वर्ष पुगेको नेपालको पहिलो अनलाइन फूड डेलिभरी प्लेटफर्म फूडमान्डुले काठमाडौं र पोखरामा पाएको सफलता अब चितवनमा पनि पाउने विश्वास लिएको छ ।​​​

चितवनवासीलाई डेलिभरी सेवा दिन अहिले फूडमान्डुले पहिलो चरणमा स्थानीय रेस्टुरेन्ट तथा होटलहरूसँग सहकार्य गरेको छ । साथै भविष्यमा अन्य सेवाहरू पनि विस्तार गर्दै जाने प्रतिबद्धता कम्पनीको छ ।​​​

फूडमान्डुले आफैं खाना बनाउँदैन, रेस्टुरेन्टहरूमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्दछ । ग्राहकले मोबाइल एप, वेबसाइट र फोनमार्फत खाना अर्डर गर्न सक्छन्, जसलाई फूडमान्डुमा आबद्ध रेस्टुरेन्टहरूले तयार गर्छन् । फूडमान्डुसँग अहिले १,००० भन्दा बढी रेस्टुरेन्टहरु आबद्ध छन् ।

चितवनमा सेवा विस्तार गर्ने क्रममा कम्पनीले वैशाख ३१ गेतसम्म हरेक अर्डरमा FOODSAFARI कोड प्रयोग गर्दा ३० प्रतिशत (रु.५०० सम्म) छुट पाउने घोषणा गरेको छ ।

यो उपलब्धिलाई निरन्तरता दिँदै फूडमान्डुले अन्य मुख्य शहरहरूमा पनि छिट्टै सेवा विस्तार गर्ने जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x