×

चैत ३०, २०८०

भारतका विभिन्न शहरबाट रोजगारी गरी फर्किएका नेपालीहरु शुक्रबार बिषु पर्व अर्थात नयाँ वर्ष  मनाउन धनगढीबाट सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्ला जाँदै । सुदूरपश्चिम प्रदेशका अधिकांश व्यक्तिहरु रोजगारका ला...

चैत ३०, २०८०

शुक्रवारबाट शुरू हुने बिस्काः जात्राका लागि विभिन्न दाताहरूले चढाइएका चाँदीपताले सजिएर राखिएको ऐतिहासिक बालकुमारी मन्दिर । तस्वीर : रत्न श्रेष्ठ/रासस

चैत ३०, २०८०

नेपाल बुलेट हाउसले काठमाडौं-रामेछाप रोयल इन्फिल्ड (बुलेट)मोटरसाइकल राइड आयोजना गरेको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर आन्तरिक पर्यटन प्रवर्द्धनका लागि राइडको आयोजना गरिएको कम्प...

चैत ३०, २०८०

घान्द्रुक पर्यटन महोत्सव–२०८० को अवसरमा अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँमा शुक्रवार आयोजना गरिएको घोडा दौड ।  तस्वीर : धनबहादुर गुरुङ/रासस

चैत ३०, २०८०

हिमाली जिल्ला सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको गुफा बजार क्षेत्रको रमणीय दृश्य । २८९० मिटर उचाइमा रहेको यस गुफाबजार सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गम स्थल पनि हो । तस्वीर : सुजन...

चैत ३०, २०८०

बाँकेको डुडुवा गाउँपालिका–५ स्थित सिधनियाघाटमा राप्ती नदी तर्दै गरेका गाई-भैँसी । बढ्दो गर्मीसँगै गाई-भैँसीलाई शीतलताको लागि नदीमा छोड्ने गरिएको छ। तस्वीर : भेषराज बस्नेत/रासस

चैत ३०, २०८०

अन्नपूर्ण  पदमार्गमा आउने पर्यटकको भारी बोकेर मनाङको नासो गाउँपालिका–१ नियालोघारी हुँदैे थोराङलातर्फ जाँदै भरिया । २५ देखि ३० किलोको भारी बोके वापत पर्यटकले  दिनको १० देखि १२ डलर दिने उनी...

चैत ३०, २०८०

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका थारु महिला सनवोरा नदीमा जाल थापेर माछा मार्दै । गहुँ भित्र्याएर फुर्सदिला बनेका थारु महिला दैनिक बिहानीको झिसमिसेमै माछा मार्नका लागि नदीमा जाने गर्छन् । त...

चैत २९, २०८०

एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् ।  बुधबार (हिजो) राति चन्द्रमा देखिएपछि आज नेपालगञ्जको बीपीचोकस्थित ईदगाहमा बिहान मुस्लिम समुदायल...

चैत २८, २०८०

दाङको घोराही उपमहानगरपालिका-१५ स्थित काठेकोलबाट बुधबार देखिएको चन्द्रमाको दृश्य  । तस्बिर : रासस

चैत २८, २०८०

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी बुधवार बिहान गनिँदै । चैत महिनामा गलेश्वरमा रु चार लाख ५९ हजार १३५ भेटी सङ्कलन भएको छ । तस्वीर : सन्तोष गौतम/रासस

चैत २८, २०८०

धोबीखोला करिडोर अन्तर्गत सेतो पुलदेखि अनामनगरसम्मको क्षेत्र सफाइ थालिएको छ । चैत १८ गतेदेखि धोबीखोला अथवा रुद्रमति र बागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ शुरू भएको हो । श्रम...

चैत २८, २०८०

सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नं ६ स्थित बालमन्दिरबाट देखिएको चैनपुर बजार । तस्बिरः रासस

चैत २८, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पूजाअर्चनाका लागि मन्दिर परिसरमा लामवद्ध भक्तजन  । मङ्गलबार एकै दिन आठ हजार एक सय चार जनाले पाथीभराको दर्शन गरेका छन् । तस्बिर- रासस

चैत २७, २०८०

गोरखाबाट सुरु भई मङ्गलबार साँझ तनहुँको भानु नगरपालिकास्थित सतिघाट आइपुगेको नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा टोली । गोरखाबाट ३० किलोमिटर पदयात्रा गरी टोली भानु आइपुगेको हो । तस्बिरः रासस

चैत २७, २०८०

सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ६ स्थित बाल मन्दिरबाट देखिएको चैनपुर बजार । तस्वीर : सुजन बज्राचार्य/रासस

चैत २७, २०८०

गुरुङ समुदायको ट्होटें पर्वका अवसरमा मङ्गलवार पोखरामा  निकालिएको सांस्कृतिक झाँकीमा परम्परागत गुरुङ भेषभूषामा सहभागी महिला । तस्वीर : राम थापा/रासस

चैत २७, २०८०

राजतन्त्र र सनातन हिन्दू राष्ट्रको पुनर्स्थापना तथा संघीयता खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलवार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ४...