जेठ १२, २०८१
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
म्याग्दी | बैशाख १५, २०८१
खाडीको चर्को घाम सहेर वर्षदिनपछि घर फर्किदै थिए म्याग्दीकी टेकदेवी बुढाथोकीका श्रीमान् । टेकदेवीको काखमा डेढ वर्षको छोरा छोडेर परिवारका लागि भनेर खाडी हानिएका थिए उनी । चार वर्षपछि परिवारको शीतल छहारीमा बस्न पाउँदै थिए । घरबाट केही दूरीमै घटेको घटनामा परेर उनी परिवारसँग सुख बाड्नुअघि नै अस्ताए ।
२०६० साल, बेनी भीडन्तको रात । घर फर्कँदै गर्दा अबेर भएपछि बेनीमा बास बसेका थिए श्रीमान् । घरको आँगन पुग्नुअघि नै आफ्नै सेरोफेरोमा हराए । त्यसपछि साथमा छोरा भएपनि टेकदेवीले एक्ली महसुस गरिरहेकी छिन् । उनले एक्लो प्रयासबाट जसोतसो गाउँमा दुःख गरेर छोरालाई काठमाडौं पठाइन् । पढाइन् । पढेको छोरा देशको परिस्थितिले बेरोजगार छ । छोरालाई देखेर टेकदेवीलाई पीरले थप गलाउँछ । छोराको कुरा गर्न साथ धुरुधुरु रुन्छिन् उनी । छोराको भविष्यको चिन्ता छ उनलाई ।
तत्कालीन विद्रोही नेकपा (माओवादी) र राज्यसत्ताबीच चलेको १० वर्षे लडाइँमा सबैभन्दा बढी चोट सर्वसाधारणले पाए । द्धन्द्ध जसको होस्, प्रहार आमनागरिकले सहनुपर्छ । त्यो प्रहारको पीडा टेकदेवीले आजसम्म भोग्दै आएकी छिन् । श्रीमान् गुमाएको पीडा आफूसँग दबाएर राखेकी छिन् नै । एकल महिला भएपछि समाजले गरेको विभेदको घाउ सधैँ आलो भइरहन्छ । समाजमा ‘बोक्सी’देखि ‘चोर’को आरोप खेप्नुपरेको छ टेकदेवीले ।
‘त्यस्तो त कति हो कति । कतिले के–के आरोप लगाए मलाई । खेतको बाटो हिँड्दा आलीका सिमी चोरेको आरोप पनि खेपेँ । फलानोसँग हिड्छेस् भन्नेजस्ता बातसमेत ममाथि लागे,’ गहभरि आँशु पार्दै उनले भनिन्, ‘त्यतिमात्र होइन, कसैले त मलाई बोक्सीको आरोप पनि लगाए । लाउनुपर्ने सबै आरोप मलाई लागिसके । त्यस्तै आरोप अझै नि आउँदै छन् ।’
बोक्सीको आरोप आए टेकदेवीलाई सहनै नसकिने पीडा भयो । यसलाई लिएर उनी गाउँलेविरुद्ध प्रतिकारमा पनि उत्रिइन् । प्रहरीमा जाने डर देखाएपछि गाउँले तर्सिएका थिए । उनका अनुसार भर्खरै जन्मिएको बच्चा बिरामी भएपछि परिवारले झारफुक गर्न धामी बोलाए । झारफुक गर्ने ती व्यक्तिले बोक्सी रहेको आरोप लगाउँदै टेकदेवीको नाम बके । त्यसरी उनलाई बोक्सीको आरोप लागेको थियो । आफूलाई यस्ता आरोप बारम्बार आइरहँदा पनि सहेर बसेको उनी बताउँछिन् ।
‘न्यायका लागि पुलिस बोलाउँछु भन्दा उल्टै मलाई गाउँलले धम्की दिए । यसले गर्दा उजुरी दिइँन । बिरामी भएको त्यो नानी पनि बित्यो । यसले गर्दा यो विषय थप कोट्याउन मन लागेको छैन । जे आरोप लगाएपनि सहेरै बसेकी छु,’ दुःखी हुँदै उनले सुनाइन् ।
बोक्सीको आरोपले टेकदेवीलाई त्यति मन दुखाउँदैन, जति ‘श्रीमान् खाइस् वचन’ले पिरोल्छ । ती अनेकन विभेदका आरोपलाई कर्म ठान्छिन् उनी रुँदै प्रश्न गर्छिन्, ‘दोहोरो हानाहानमा परेर त्यस्तो घटना भो, अहिले छिमेकीले मलाई तँ तेरो पोईलाई खलक्क खाएकीे मान्छे भन्छन् । मेरो कर्मै उस्तो हो कि ?’
टेकदेवीकै जस्तो श्रीमान गुमाएको पीडा बेनीमा धेरैको छ । त्यसैमध्येकी अर्की हुन्– रेवती शर्मा आचार्य । द्धन्द्धले दिएको पीडा उनलाई सधैँ आलै लाग्छ । बेनीको एक रातले उनको परिवारका दशा शुरू भए । १७ वर्षका छोरा एसएलसीको ट्युसन पढ्नका लागि बजारमा बसेका थिए । एकरात उनी बसेको घरको आडमा बम पड्कियो । त्यसले उनको दिमागमा ठूलो असर पर्यो । त्यसपछि डिप्रेसनको औषधि चलाइयो । त्यसपछि उनको एसएलसी दिने सपना त्यही रोकियो ।
‘उ जेठो छोरा हो । केही गर्ला भन्ने परिवारलाई धेरै भसोसा थियो । अहिले दीर्घरोगी भएर केही गर्न नसक्ने भएको छ । कति पीडा छ त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ,’ भावुक हुँदै रेवतीले भनिन् ।
रेवतीका छोरा अहिले गाउँमा सानोतिनो जागिर खाइरहेका छन् । औषधि छुटाउनु हुँदैन । चेकजाँच पनि नियमित रुपमा गरिहनु पर्छ । रेवतीका श्रीमान् पनि बेनीकै खानेपानी कार्यालयमा कार्यालय सहयोगीका रुपमा काम गर्थे । उनलाई पनि द्वन्द्वका बेला राज्य पक्षले मर्नु न बाँच्नु बनाएको थियो । सुरक्षाकर्मीको कुटपिटबाट उनको आँखा फुटेको थियो । ‘राज्य पक्षले मेरा श्रीमान्लाई मर्नु न बाँच्नु बनायो । कुटपिटबाट आँखा फुट्यो,’ उनले पीडा सुनाइन् ।
बेनी बजारबाट केही दूरीमा मात्र छ रेवतीको घर । एकरात घरमा सुतिरहेको बेला राज्य पक्षको सशस्त्र समूह घरमा आए । सुतिरहेका श्रीमान्लाई लिएर गए । ‘श्रीमान्लाई भेस्ट र कट्टु लगाएको अवस्थामा लगियो । मैले म पनि जान्छु भनेँ । उनीहरूले सोधपुछका लागि हो भने । वनमा पुर्याएपछि बम पड्कियो । श्रीमान्लाई त्यही मारे भन्ने भो मलाई । लाश त खोज्न पर्यो नि भनेर एक्लै हिँडे खोज्न,’ उनले त्यो दिनको दर्दनाक अवस्था सुनाइन् ।
मध्यरातमा श्रीमान्को लाश खोज्न हिँडेकी रेवतीलाई थोरै राहत मिल्यो । उनका श्रीमान् जिउँदै भेटिए । उनी आर्मी ब्यारेक पुगिन् । केहीदिनको केरकारपछि सेनाले छोडिदिए । ‘श्रीमान् घर फर्किदा उहाँको आँखा फुटेको थियो । शरीरभरि पाइलाका छाप थिए,’ गहभरि आँशु बनाउँदै उनले भनिन् ।
त्यसपछि रेवतीका श्रीमान् बिरामी पर्न थाले । पोखरामा नभएपछि उनलाई भरतपुर पुर्याइयो । उनलाई शरीरमा अन्य रोग पनि देखियो । ‘उपचारका लागि पोखरादेखि भरतपुरसम्म लानु पर्यो । यस्तो हुँदा पनि कतैबाट राहत पाइएन । भरतपुर अस्पतालमा चेकजाँचकै क्रममा डाक्टरले सोधपुछ गरेका थिए– कुनैदिन चोट परेको थियो र बुवा तपाईँको शरीरमा ?,’ त्यो क्षण सम्झिँदै उनले भनिन्, ‘डाक्टरको त्यो प्रश्नले मेरो भक्कानो फुट्यो ।’
श्रीमान्को उपचार केही समय चल्यो, तर पार लागेन । कुटाइको पीडाबाट उब्जिएका रोगकै कारण उनी सदाका लागि अस्ताए । रेवतीले एकातिर श्रीमान् गुमाइन्, अर्कोतिर छोराले बेनी आक्रमण झेलेको पीडा अझै बिर्साउन सकिएको छैन । अब त द्वन्द्व सकिएको पनि २० वर्ष पुग्न लागेको छ । तत्कालीन विद्रोही समूहकै सरकार पटक–पटक बनेको छ । अहिले पनि सो समूहका सर्वोच्च नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । तर रेवती र उनको परिवारलाई सरकारबाट केही सहायता आएको छैन । छोराको उपचारमा लागि पोखरामा भएका केही गैरसरकारी संस्थाले सहयोग गरेको रेवतीले बताइन् ।
द्वन्द्वको समयमा मानकुमारी परियारका छोरा ११ वर्षका थिए । उनका श्रीमान् बेनीमा ज्यामी काम गर्थे । छोरा पनि बाबुसँगै बसेर पढ्न भनेर बेनी झरे । घरबाट डेढ घण्टाको दूरीमा छ– बेनी बजार । यता मानकुमारी भने घरमै थिइन् । उता बेनीमा विद्रोहीको आक्रमण भयो । आक्रमणको रात उनले आफ्नै घर थर्किएको महसुस गरिन् ।
बेनीमा रहेका श्रीमान् र छोराको पीरले उनी निदाउन सकिनन् । बेनी बजारमा केही भएको आशंका उनमा थियो । आमा भेट्न त्यो दिन मात्र घर पुगेका जेठो छोराले आमालाई सान्त्वना दिए । मानकुमारी भोलिपल्ट बिहान थालमा भात मुछ्दै थिइन् । खबर आयो– श्रीमान् सधैँका लागि गए भन्ने । कमाउने श्रीमान् बितेपछि उनलाई गुजारा चलाउनै गाह्रो भयो । श्रीमान् बितेको शोकबाट नडुब्दै घरमा तमसुक ल्याउनेको लाइन नै लागे । यसले उनलाई थप पीडा दियो । त्यसपछि मात्र उनले थाहा पाइन् ऋणको भार
मानकुमारीका तीनमध्ये दुई छोरा सँगै छन् । ती पनि बेरोजगार छन् । द्धन्द्धपीडितको नाताले उनले सरकारबाट राहत त पाइन्, तर, सन्तुष्ट भने छैनन् । सरकारले छोरालाई रोजगारी दिए हुन्थ्यो भन्ने उनको आशा छ । ‘कमाउने श्रीमान् बितेपछि गुजारा चलाउनै गाह्रो भयो । थोरै राहत त पाउँ । त्यसले कतिञ्जेल पुग्थ्यो र ! छोराले रोजगारी पाए हुन्थ्यो,’ उनको सरकारसँग माग छ ।
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...