चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
उपमहानगरपालिकाले चालू आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो ।
सम्पत्ति करबाट रु दुई करोड ९१ लाख ५० हजार, भूमि कर रु ८२ लाख ८५ हजार, बहाल कर रु पाँच करोड ३७ लाख ८८ हजार, बहाल विरौटी कर रु ११ लाख ८७ हजार, सवारीसाधन कर रु चार लाख ३२ हजार र अन्य करबाट रु चार लाख ७८ हजार राजस्व सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए ।
उनका अनुसार सरकारी सम्पत्ति बहालबाट प्राप्त आय रु ६८ लाख पाँच हजार, अन्य सेवा शुल्कबाट रु २४ लाख ७९ हजार, शिक्षा क्षेत्रको आम्दानी रु १३ लाख ४४ हजार, पार्किङ शुल्कबाट रु ५२ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट रु दुई करोड २७ लाख ७७ हजार, सिफारिस दस्तुरबाट रु एक करोड ३२ लाख २७ हजार राजस्व सङ्कलन भएको छ ।
त्यस्तै व्यक्तिगत घटना दर्ता दस्तुर रु १० लाख सात हजार, नाता प्रमाणित दस्तुर रु तीन लाख ६१ हजार, अन्य दस्तुरबाट सात लाख ५६ हजार, प्रशासनिक दण्ड जरिवानाबाट रु ४४ लाख ११ हजार, व्यवसायबाट रु तीन करोड १७ लाख २६ हजार, अन्य राजस्व रु चार करोड ९९ लाख ५२ हजार, बेरुजुबापत रु पाँच लाख ८६ हजार, सामुदायिक वनबाट प्राप्त आय रु ३२ हजार र विज्ञापन करबाट रु पाँच हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
करको दायरा बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको शाखा प्रमुख ओझाको भनाइ छ ।
उनले भने, 'प्रत्येक वर्ष करको दायरा बढ्दै जान्छ, आगामी आवमा पनि करको दायरा बढ्छ, तर करको दर भने यथावत रहन्छ ।'
गत आव २०७९/८० मा उपमहानगरपालिकाले कुल रु २७ करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...