मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काठमाडाैं | फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् ।
लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट पक्राउ गरिएको थियो ।
यस प्रकरणमा नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको पनि सहभागिता देखिने आधार लोकान्तर डट्कमले फेला पारेको छ ।
विशेष स्रोतबाट प्राप्त सीडीआर (कल डिटेल रेकर्ड) मा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म गुरुङ र पुनबीच ११ पटक फोनमा कुराकानी भएको देखिन्छ ।
पुनको मोबाइल नम्बर ९८५११०२**२ बाट गुरुङको मोबाइल नम्बर ९८६९०००**४ मा ४ पटक फोन गएको छ भने गुरुङले ७ पटक पुनलाई फोन गरेका छन् ।
यसबारे अर्थमन्त्री पुनको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
२०७९ मंसिरपछि अहिलेसम्म भएको १ सय ३८ किलो सुन तस्करीका मुख्य योजनाकार गुरुङ पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार थिए । उनी प्लाटिनम कलेजका सञ्चालक समेत हुन् ।
१० वर्ष चलेको माओवादी जनयुद्धका कमान्डर समेत रहेका नन्दकिशोरका परिवारका अधिकांश सदस्य र उनको सचिवालयमा काम गर्ने कतिपय सदस्य सुन तस्करीमा मुछिएका छन् ।
यसकारण अर्थमन्त्री बन्न मरिहत्ते !
अर्थमन्त्री पुनकै मातहतमा भन्सार विभाग छ र विभागकै हिरासतमा सुन प्रकरणका नाइके गुरुङ छन् ।
गुरुङसँग पटक-पटक फोनमा कुरा गरेका पुन सुन प्रकरणको मुद्दा कमजोर पार्ने योजनासहित अर्थ मन्त्रालयमा छिरेको चर्चा हुन थालेको छ ।
नाम उल्लेख नगर्ने शर्तमा मन्त्रालयका एक उपसचिवले भने, 'सुन प्रकरणमा जोडिएको व्यक्ति अर्थमन्त्री हुनु र अर्थ मातहतको भन्सार विभागले यसको छानबिन गर्नु भनेको दूधको साक्षी बिरालोजस्तै हो । कर्मचारीलाई भ्रष्ट भनेर आरोप लगाउने राजनीतिज्ञहरू नै खुलेआम सुन तस्करको संरक्षणमा आउँछन् भने त्यो भन्दा विडम्बना के हुन्छ ?'
गुरुङलाई पक्राउ गर्न भन्सार विभागले गत पुस ६ गते जिल्ला अदालतबाट पुर्जी जारी गराएको थियो । त्यसको २ महिना भन्दा बढी गुरुङ फरार रहे ।
फागुन १४ गते मात्र उनलाई प्रहरीले पक्राउ गरेको थियो । यो २ महिनाको बीचमा पनि गुरुङले पुनलाई ४ पटक भेटेको विश्वस्त स्रोतको दाबी छ ।
गत मंसिर २१ गते फ्लाइ दुबईबाट १४ किलो सुन बरामद गरिएको थियो । त्यसमा संलग्न रहेको भन्दै चन्द्र घले पक्राउ परे । घले पक्राउ परेलगत्तै गुरुङ फरार रहेका थिए ।
विमानस्थलबाट बरामद गरिएको १४ किलो सुनबारे अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
उक्त समितिले पछिल्लो १ वर्षमा १ सय ३८ किलो सुन गुरुङ, चन्द्र घले, मीनबहादुर घले र कृष्णकुमार श्रेष्ठ संलग्न रहेको निष्कर्ष निकालेको थियो ।
यो प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन पनि संलग्न रहेको विभागका अधिकारीहरू बताउँछन् । तर, शक्तिकेन्द्रको दबाबमा उनी पक्राउ पर्नबाट बच्दै आएका छन् ।
अरू कोको सँग कुरा हुन्थ्यो गुरुङको ?
लोकान्तरलाई प्राप्त सीडीआरमा गुरुङ र दीपेश पुनको नम्बर ९८५१२१७**२ बीच १ सय ८४ पटक संवाद भएको छ । हिरासतमा रहेका गुरुङ र सुन तस्करीका अर्का नाइके मीनबहादुर घलेको नम्बर ९८४३३०३**७ बीच ५ सय ५३ पटक टेलिफोन संवाद भएको देखिएको छ ।
मीनबहादुर घलेले आफ्नी श्रीमती धनकुमारी घलेलाई पनि तस्करीमा प्रयोग गर्ने गरेका थिए । गुरुङ र धनकुमारी घलेबीच १ सय २ पटक संवाद भएको छ । गुरुङले पूर्व उपराष्ट्रपति नन्दकिशोरसँग पनि ३३ पटक फोन सम्पर्क गरेका छन् ।
पछिल्लो १ वर्षमा भित्रिएको १ सय ३७ किलो सुन नेपाल ल्याउन विभिन्न ट्रिक प्रयोग गर्ने गरिन्थ्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफाइ, शौचालय, प्लम्बर, एसीलगायतमा काम गर्नेहरूलाई कमिसन दिएर भन्सार चेकजाँच छल्ने र सुन बाहिर निकाल्ने गरिएको त्यतिबेला गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा विमानस्थलमा सफाइको काम गर्ने जिम्मेवारी पाएका रमेश देउला, राधाकृष्ण श्रेष्ठ, अनिल श्रेष्ठ, लेकबहादुर तामाङ र शेरबहादुर बस्नेतलगायतका कर्मचारीको संलग्नता रहेको उल्लेख छ ।
६० केजी सुन तस्करी प्रकरणका नाइके दावा लामासँग पनि पुनको साँठगाँठ
सुन तस्करीका अभियुक्तसँग अर्थमन्त्री पुनको साँठगाँठ रहेको विषय यतिमा मात्र सीमित छैन । ६० केजी सुन प्रकरणका मुख्य नाइके दावा छिरिङसँग पनि अर्थमन्त्री पुनको सम्पर्क रहेको तथ्य सार्वजनिक भइसकेको छ ।
उनी र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पारिवारिक सदस्यहरू सुन तस्करीमा संलग्न गिरोहसँग सम्पर्क र सम्बन्धमा रहेको पुष्टि हुने गरी तस्वीर तथा विवरणहरू यसअघि नै सार्वजनिक भएका थिए ।
गत साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० केजी सुन बरामद भएको थियो । हङकङबाट ल्याइएको अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको महानिर्देशक नवराज ढुंगानाले बताएका थिए ।
अहिलेसम्म सबैभन्दा बढी परिणाममा बरामद सुनसँग पुनको पनि नाम जोडियो । मुख्य अभियुक्तसँग सँगै बसेको र खाना खाएको तस्वीर समेत सार्वजनिक भयो । उनका पारिवारिक सदस्य सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहका व्यापारिक साझेदार रहेको खुलेको थियो ।
सुन तस्करीका मुख्य नाइके नेपाली मूलका बेल्जियम नागरिक दावा छिरिङलाई राजस्व अनुसन्धान विभागले समातेर छानबिन गरेको थियो । अर्थमन्त्री पुनले दावासँग बिहे गरेकी अमला रोका आफ्नो गाउँले बहिनी भएको दाबी गर्दै आएका छन् ।
तर, पनि उनीमाथि यस विषयमा अनुसन्धान हुन सकेको छैन । सत्तारुढ दलको प्रभावशाली नेता भएकाले पुन अनुसन्धानबाट बच्दै आएका छन् ।
सुन तस्करीमा संलग्नताबारे पुनले गत भदौमा सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘गाउँले चेलीसँग विवाह भएका हिसाबले मात्रै दावासँग सामान्य चिनजान भएको हो ।’
सुन तस्करीको आरोपमा पक्राउ परेका दावा छिरिङले काठमाडौं–२९ मा सञ्चालन गरेको ‘भियना मल्टिप्रपोज ग्रुप प्रालि’मा वर्षमान पुनका कान्छा भाइ प्रनिश पुन मगरको ३० हजार कित्ता सेयर रहेको देखिन्छ ।
उक्त ग्रुपकी अध्यक्ष रहेकी दावाकी श्रीमती अमला रोकाको भने २ लाख २५ हजार कित्ता शेयर रहेको कम्पनी रजिस्ट्रार कार्यालयको विवरणमा उल्लेख छ ।
पढ्नुहोस्, यो पनि :
विवादित वर्षमानलाई अर्थमा ल्याउनुको रहस्य– पूर्वलडाकूलाई राज्यकोषबाट अर्ब बाँड्ने प्रपञ्च !
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...