पुस २१, २०८०
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
काठमाडाैं | बैशाख १४, २०८१
नक्कली सवारी चालक अनुमतिपत्र वितरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेपछि यातायात व्यवस्था विभागका इन्जिनीयरहरूको भागाभाग भएको छ ।
अख्तियारले विस्तृत छानबिन गर्न थालेपछि विभागका सूचना प्रविधि (आईटी) शाखाका कम्प्युटर इन्जिनीयरहरू धमाधम सरुवा लिएर अन्यत्र जान लागेका हुन् ।
अवैध लाइसेन्स वितरणको जिम्मेवारी आईटी शाखा प्रमुख मुकेश रेग्मी र विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले नलिएपछि इन्जिनीयरहरू सरुवा गराएर अन्यत्र जान लागेका हुन् ।
कम्प्युटर इन्जिनीयर भानुभक्त जोशीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गराएका छन् । गत चैत २५ गते रवाना लिएका जोशी चैत २९ गते वित्त आयोगमा हाजिर भएका थिए । अहिले उनी वित्त आयोगमै कार्यरत छन् ।
त्यसैगरी अर्का इन्जिनीयर रितु पौडेल पनि सरुवा गराएर महालेखा नियन्त्रक कार्यालय पुगेकी छन् । फागुन १५ गते उनले रवाना लिएकी थिइन् । अर्का कम्प्युटर इन्जिनीयर बोधराज बराल सिभिल अस्पतालमा सरुवा भइसकेका छन् । विभागका कर्मचारीहरूका अनुसार अहिले उनी दोहोरो जिम्मेवारीमा रहेर विभाग र अस्पताल दुवै ठाउँमा काम गरिरहेका छन् ।
त्यसैगरी अर्का कम्प्युटर अधिकृत हरिश भट्टको विभागका डीजीले म्याद थप गरेका छैनन् । उनले लामो समयदेखि लाइसेन्स प्रिन्ट गर्ने काम गरिरहेका थिए । उनको ठाउँमा सहायक अपरेटरहरू राखेर काम गराइएको विभागका एक कर्मचारीले बताए ।
त्यसैगरी प्रशासन शाखामा कार्यरत रहेका शाखा अधिकृत भविन्द्र कार्की पनि सरुवा गराएर हिँडेका छन् । अन्य कम्प्युटर अपरेटरहरू राजाराम निरौला र उपेन्द्र चौधरीलगायत अन्यले पनि सरुवा लिएर जाने तयारी गरेका छन् ।
'यहाँ अहिले कोही काम नै गर्न चाँहदैन । लाइसेन्स प्रकरणपछि विभागमा काम गर्ने माहोल नै छैन,' विभागका ती कर्मचारीले भने, 'आईटी शाखा प्रमुख रेग्मीले आफूले कुनै जिम्मेवारी नलिएर सबै दोष कम्प्युटर इन्जिनीयर र अधिकृतमाथि थुपार्ने काम गरेकाले सबै भाग्न बाध्य भएका हुन् ।'
विभागका डीजी र आईटी निर्देशकबाहेक सबैले सरुवाका लागि हात उठाउने उनले बताए ।
सबै कर्मचारी सरुवा माग्न थालेपछि विभागका डीजी रिजाल अब कसैको पनि सरुवा नगरिदिन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा डेलिगेसन नै गएको ती कर्मचारीले खुलाए ।
'विभागमा बसेर काम गर्ने माहोल नै छैन । कर्मचारीहरू डिप्रेसनमा जाने डर बढेको छ,' उनले थपे, 'विभागका डीजी र आईटी प्रमुख आफू जोगिएर हामीलाई फसाउने काम मात्र गरेकाले यहाँ कोही बस्न चाहँदैनन् ।'
विभागका डिजी रिजाल भने कर्मचारीहरू बस्न नचाहनुमा आफ्नो कुनै दोष नरहेको दाबी गर्छन् ।
'कर्मचारीहरू हिँड्न पाउने हो, हिँडे । मैले रोक्ने कुरा पनि हुँदैन,' रिजालले लोकान्तरसँग भने ।
अहिलेको अवस्था र यसअघिको अवस्थामा काम गर्ने वातावरणमा फरक आउनु स्वाभाविक रहेको उनले बताए ।
'छानबिन हुनुअघि र पछिको स्थिति फरक छ,' उनले लोकान्तरसँग भने, 'हिजोको माहोलमा बसेकाहरूलाई अहिलेको माहोलमा बस्न गाह्रै हुन्छ ।'
प्राविधिक कर्मचारीहरू नै सरुवा गराएर हिँडेपछि सेवाग्राहीको काममा समस्या उत्पन्न भएको उनले स्वीकारे ।
'अब सरुवा भएर गएका कर्मचारीको स्थानमा कर्मचारी पठाइदिनु पर्यो भनेर मैले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भनिसकेको छु,' उनले थपे, 'अब छिट्टै पठाउँछौं भनेर मन्त्रालयले भनेको छ ।'
नक्कली लाइसेन्ससँगै सक्कली लाइसेन्स पनि इनभ्यालिड भएको भन्दै दिनहुँ सेवाग्राहीहरू विभागमा धाउन थालेका छन् ।
'मेरो लाइसेन्स सक्कली हो भन्दै सम्बन्धित यातायात कार्यालयको ढड्डाको अभिलेख लिएर सेवाग्राही आउने गरेका छन्,' ती कर्मचारीले थपे, 'कतिपय सेवाग्राहीले कुट्न नै खोज्छन् । यस्तो माहोलमा कुन कर्मचारीले काम गर्छ ?'
अहिलेसम्म ५ सयभन्दा बढी सेवाग्राही आफ्नो लाइसेन्स सक्कली रहेको तर विभागले नक्कली भन्दै इनभ्यालिड गरेको भनेर विभागमा आइसकेको उनले खुलाए ।
'फ्रन्टलाइनमा कम्प्युटर इन्जिनीयर, कम्प्युटर अपरेटर नै हुने हुनाले त्यस्ता सेवाग्राहीको आक्रोशको सिकार प्राविधिक कर्मचारी नै बन्नुपरेको छ,' ती कर्मचारीले थपे, 'त्यस्तो अवस्थामा डीजी सा'ब र आईटीको डाइरेक्टर सा'बले लिनुपर्ने जिम्मेवारी नलिएको देखिन्छ ।'
सोहीकारण विभागमा अहिले कुनै पनि कर्मचारी बस्न नचाहेको उनले खुलाए ।
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...