पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू’ मन्तर हुन पुग्छ पत्तै हुँदैन । तथापि यथार्थ चाहिँ के हो भने त्यो म र मेरो भन्ने चीज छँदै थिएन, छैन र हुँदैन पनि । न हिजो थियो न भोलि नै रहन्छ । वर्तमानकै कुरा गर्ने हो भने पनि लागेको मात्र हो यथार्थ होइन । यसको अर्थ यो केही पनि होइन भन्ने चाहिँ होइन । हो, जरुर यहाँ केही छ, केही भएको छ ।
दार्शनिकहरू भन्ने गर्छन् सत्य तीन किसिमका हुन्छन्– प्रातिभाषिक सत्य, व्यावहारिक सत्य र पारमार्थिक सत्य । यिनै सत्यमध्ये यहाँ कुनै एकले काम गरेको छ । त्यसैले यसलाई पूरै झुट भन्न मिल्दैन र सत्य भन्न पनि मिल्दैन । हो, मिथ्या भने भन्न सकिन्छ । मिथ्या, नितान्त मिथ्या, त्यस्तो मिथ्या गाडी चल्दा जमिन चलेजस्तो, तलाउँको पानी चल्दा आकाशको चन्द्रमा चलेजस्तो । यहाँ हिँडेको गाडी हो, जमिन होइन । चलेको तलाउको पानी हो चन्दमा होइन । तैपनि हामीलाई त्यस्तै लागिरहेको हुन्छ ।
कसलाई म भन्ने ? केलाई मेरो भन्ने ? । टाउकोलाई म भनौँ भने मेरो हो, म होइन । हातलाई मेरो भनौँ भने त्यो पनि मेरो हो, म होइन । गोडालाई म भनौँ भने त्यो पनि मेरो हो, म होइन । आँखा मेरो हो, कान मेरो हो । नाक मेरो हो, मुख मेरो हो । पेट मेरो हो, छाती मेरो हो । मस्तिष्क मेरो हो, मुटु र कलेजो मेरो हो । एवंरीतले हेर्दै जाने हो भने, केलाउँदै जाने हो भने शरीरका सबै अङ्गको अवस्था त्यस्तै हो । सबै मेरा हुन्, म होइनन् ।
अब आउनुस् एकै छिन हेरौँ मेरोलाई पनि । यसको अवस्था त झन् बढी नाजुक छ । कोख पनि अर्कैको हो, काख पनि अर्कैको हो । रज पनि अर्कैको, वीर्य पनि अर्कैको । भोक पनि अर्कैको, निद्रा पनि अर्कैको । आउने स्थान पनि अर्कैैको, जाने स्थान पनि अर्कैैको । आएको स्थान पनि अर्कैको । गएको स्थान पनि अर्कैको । शरीर पनि अर्कैको, ‘क्यारियर’ पनि अर्कैको । चिता पनि अर्कैको, चिन्ता पनि अर्कैको । खेत पनि अर्कैको, वारी पनि अर्कैको । घर पनि अर्कैको, श्रीसम्पत्ति पनि अर्कैको । किनकि यी सब अर्काले दिएपछि नै पाइने हुन् ।
यसरी हेर्दै जाने हो भने सबै अर्कैको । जमिन पनि अर्कैको, आकाश पनि अर्कैको । पद पनि अर्कैको, प्रतिष्ठा पनि अर्कैको । गाडी पनि अर्कैको सारी पनि अर्कैको । हावा पनि अर्कैको, पानी पनि अर्कैको । आगो पनि अर्कैको माटो पनि अर्कैको । घाम पनि अर्कैको, जुन पनि अर्कैको । पैसा पनि अर्कैको, पेशा पनि अर्कैको । खाने पनि अर्कैको, पिउने पनि अर्कैको । लगाउने पनि अर्कैको, पकाउने पनि अर्कैको । कलम पनि अर्कैको, कम्प्युटर पनि अर्कैैको । कागत पनि अर्कैको, कापी पनि अर्कैको । ज्ञान पनि अर्कैको, विज्ञान पनि अर्कैको । खोला पनि अर्कैको, नदी पनि अर्कैको । समुद्र पनि अर्कैको, जहाज पनि अर्कैको । यहाँसम्म कि श्रीमान् र श्रीमतीसमेत अर्कैको ।
सबै अर्कैको, सबका सब अर्कैको । सम्झौतामा आइएको थियो, सम्झौतामा लिइएको हो । म्याद सकियो सबै सकियो । जसको हो उसैले लियो, जहाँबाट आएको थियो उतै गयो । खोलो तर्नु थियो लौरो खोजियो, तरिसकियो लौरोको काम पनि सकियो । जहाँ थियो त्यहीँ गयो । जहाँबाट टिपिएको थियो त्यतै रह्यो । यसै पनि खोलो तरेपछि लौरोको काम हुँदैन । सँगै लिएर हिँड्न थाले अरूले कुरा काट्ने ठाउँ पाउँछन् । यस्तो अवस्थामा कसलाई म भन्ने केलाई मेरो भन्ने ?
तैपनि थाहा छैन किन हामी म र मेरोको पछि लागिरहेका छौँ । किन यसैका लागि मरिहत्ते गरिरहेका छौँ । थाहा छैन किन घुमिरहेका छौँ, थाहा छैन कसले घुमाइरहेको छ । जबसम्म त्यसको खोजिनीतितिर लाग्दैनौँ तबसम्म हुने यस्तै हो । घुमाउनेले घुमाइरहन्छ घुम्ने घुमिरहन्छ । बालुवामा पानी हालेजस्तो बालुवा पेलेजस्तो वा बालुवा चुटेजस्तो हात लागि केही हुने छैन । अस्तु आजलाई यति नै ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...