×

NMB BANK
NIC ASIA

वैदेशिक रोजगारीसम्बन्धी ठगीका ‘मास्टरमाइन्ड’ बयालकोटी– अनुसन्धान गर्दा प्रहरी नै चकित

काठमाडाैं | बैशाख १८, २०८१

NTC
तस्वीरमा बयलकोटी र नेपाली
Premier Steels

धादिङको धुनीबेशी– ४ का जीवा गौतम भनिने रमेश बयलकोटीको ठगीधन्दा देखेर प्रहरी समेत आश्चर्यचकित भएको छ ।

Muktinath Bank

बुधबार पत्रकार सम्मेलनमा बयलकोटीका कर्तुत सार्वजनिक गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले भने, ‘कृषि फार्ममा काम गर्न बोलाएर विदेश पठाउने धन्दा लामै समयदेखिको रहेछ । उसले ४२२ जनाबाट ३ करोडभन्दा बढी ठगी गरेको पाइयो ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बयलकोटीले फेसबूक, ह्वाट्सएप, टिकटकलगायत सामाजिक सञ्जालमार्फत साथी बनाएर सोझासाझालाई झुक्यानमा पारी वैदेशिक रोजगारीका नाममा रकम ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 


Advertisment
Nabil box
Kumari

अचम्मको कुरा त, बयलकोटीले आफूले खोजेका ग्राहककै नाममा बैंक खाता र कन्सल्टेन्सी कम्पनी खोलेर सोहीमार्फत कारोबार गर्दै आएका थिए । कीर्तिपुरमा बस्दै आएका बयलकोटीले कीर्तिपुरमै ललितजंग बमको नाममा कन्सल्टेन्सी दर्ता गरी सञ्चालन गर्दै आएका थिए । 

Vianet communication

बमको नाममा भिसा प्लस प्रालि लिमिटेड कम्पनी खोलेर बयलकोटीले न्युजिल्यान्ड, बुल्गेरिया, रोमानिया र क्रोएसिया पठाउने भन्दै ठगी गर्दै आएका थिए ।

त्यति मात्रै होइन, उनले कृषि फार्ममै काम गर्न आएका लक्षिन्द्रबहादुर शाहीको बैंकमा खाता खोल्न लगाएका थिए । शाहीकै नाममा चेक काट्न लगाउँथे । 

नाम ढाँट्न खप्पिस बयलकोटीले तीन वर्षअघि नक्सालस्थित समृद्धि प्रालिमा काम गर्दा आफ्नो नाम सञ्जीव रायमाझी भनेर बताएका थिए ।

विदेश जानेहरूलाई बयलकोटीले परिचय गर्दा जीवा गौतम नै भन्ने गरेको पीडितहरूले बताएका छन् ।

‘बयलकोटीले शुरूमा कृषि फार्ममा काम गर्न भनेर बोलाउने र केही समयपछि यो काम गरेर पार लाग्दैन, विदेश पठाउने काम गरौं भन्दै कन्सल्टेन्सी दर्ता गरेको देखिन्छ,’ अनुसन्धान कार्यालयका एसएसपी भट्टराईले पत्रकार सम्मेलनमा भने, ‘कन्सल्टेन्सी खोल्दा र विदेश पठाउँदा लाग्ने खर्च आफैं व्यहोर्ने भनेर आश्वासन दिएको देखिन्छ ।’ 

प्रहरीले बयलकोटीसँगै उनका अर्का पार्टनर कालिकोट छाप्रेका दर्शन नेपालीलाई पनि पक्राउ गरेको छ । 

गिरोहका अन्य सदस्य

देश अनुसार रेट

बयालकोटीले खोलेको भिसा कन्सल्टेन्सीबाट २० वटा, दर्शन नेपालीको जडिबुटीस्थित कोठाबाट एक र बयलकोटीको ललितपुर एकान्तकुनास्थित कोठाबाट ६३ वटा राहदानी गरी ८४ वटा राहदानी र १८२ जनाको रेकर्ड फाइलहरू प्रहरीले बरामद गरेको छ ।

प्रहरी कन्सल्टेन्सी पुग्दा त्यहाँ कुन देशमा जाँदा कति खर्च लाग्ने भनेर ‘रेट बूक’ नै फेला परेको थियो । न्यूजिल्यान्ड जान १६ लाख, क्रोएसिया जान १२ लाख, बुल्गेरिया जान ७ लाख र रोमानिया जान ७ लाख रुपैयाँ लाग्ने उल्लेख थियो ।

प्रहरीका अनुसार बयलकोटीले विदेश जानका लागि आउने सेवाग्रहीलाई शुरूमा ५० हजार, अफर लेटर आएपछि १ लाख ५० हजार, वर्क परमिट आएपछि २ लाख रुपैयाँ लाग्ने भन्दै ४ सय २२ जनाबाट ३ करोडभन्दा बढी रकम उठाएको अनुसन्धानबाट खुलेको छ । 

एसएसपी भट्टराईले भने, ‘वैदेशिक रोजगारीसम्बन्धी ठगीमा बयलकोटी मास्टरमाइन्ड नै देखिए । उनले अझै धेरैलाई ठगी गरेको आशंका छ । थप अनुसन्धान गर्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x