कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडाैं | पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् ।
प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवासबाटै पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार उनको निवास निकै आलिसान थियो । निवासमा भीआईपीले प्रयोग गर्ने अधिकांश सुविधा उपलब्ध रहेको प्रहरीले बताएको छ ।
‘उनको घरमा स्वीमिङ पुलबाहेक हरेक किसिमका अत्याधुनिक सुविधा उपलब्ध रहेछन्,’ पक्राउ गर्न गएका एक प्रहरी अधिकारीले लोकान्तरसँग भने ।
घरभित्रै जिम हल, सुविधासम्पन्न बाथटबसम्मका सुविधा उपलब्ध रहेको पाइएको उनले खुलाए । बम्जनको निवासमा आउने/जाने व्यक्तिहरूको नाइटभिजन सीसीटीभी क्यामेराबाट निगरानी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ‘बम्जनले खाने, सुत्नेसहितका अधिकांश कोठामा उक्त सीसी क्यामेराको मोनिटर राखिएको रहेछ । उनले त्यसबाट हरेक समय प्रत्यक्ष निगरानी गर्ने रहेछन्,’ ती अधिकारीले भने ।
प्रहरी टोली घरमा छिरेको थाहा पाएपछि उनी भाग्नका लागि तेस्रो तलाबाट दोस्रो र दोस्रो तलाबाट भुइँतलामा हामफालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की निर्देशक तथा एआईजी किरण बज्राचार्यले पत्रकार सम्मेलनमा बताइन् ।
बम्जन तालिमप्राप्त भएकाले उनी हामफाल्दा पनि चोटपटक नलागेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार उनले जिममा दैनिक व्यायाम गर्ने गरेका थिए । साथै, कराँते, कुङ्फुलगायतका तालिम समेत गरेका छन् ।
उनको निवासबाट ३ करोड ३ लाख नेपाली रुपैयाँ तथा १७ देशको ३० लाख बराबरको मुद्रा समेत बरामद भएको छ । उक्त रकम अनुयायीहरूले दिएको दाबी बम्जनले गरेका छन् ।
‘उनले अनुयायीबाट रकम प्राप्त गरेको बताएका छन्,’ सीआईबीका एसएसपी दिनेश आचार्यले पत्रकार सम्मेलनमा भने ।
जंगलमा बस्दै आएको दाबी
बम्जनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफू ध्यानका लागि जंगलमा बस्दै आएको बताएका छन् । सिन्धुली, मकवानपुरलगायतका जंगलमा ध्यान गरेर बस्ने गरेको उनको दाबी छ । ‘उनले आफू बेलाबेलामा मात्र काठमाडौं आउने गरेको बताएका छन्,’ एक प्रहरी अधिकृतले लोकान्तरसँग भने ।
प्रहरीले एक हप्ताअगाडि उनी आफ्नो निवासमा आएको सूचना पाएको थियो, तर घरको लोकेसन थाहा थिएन । लोकेसन पत्ता लगाउन प्रहरीले उनका अनुयायी र आफन्तलाई पच्छ्याउन थाल्यो ।
‘एक हप्ताअगाडि काठमाडौं आएको सूचना थियो, त्यसैका आधारमा रेकी गरिरहेका थियौं । हिजो त्यो घरमा छन् भन्ने कन्फर्म भएपछि अपरेसन गरेका हौं,’ ती अधिकारीले लोकान्तरसँग भने ।
सामाजिक सञ्जालमा सक्रिय नरहेका बम्जनले फोनका लागि सामान्य मोबाइल प्रयोग गर्ने गरेको पाइएको छ । उनीसँग बरामद भएका अन्य उपकरणका सम्बन्धमा अनुसन्धान भइरहेको सीआईबीका एसएसपी दिनेश आचार्यले पत्रकार सम्मेलनमा बताए ।
गाडीका सौखिन, चढ्थे करोडौंको कार
बम्जन करोडौं गाडीका सौखिन देखिएका छन् । उनले लुलाराम तामाङको नाममा रहेको टोयोटा फर्चुनर गाडी चड्दै आएका थिए ।
बम्जनका लागि ५ करोड रुपैयाँ पर्ने ल्यान्डक्रुजर एक्सएल गाडी खरिद प्रक्रियामा रहेको पाइएको सीआईबीले जनाएको छ ।
ललितपुरको बुङ्मती बस्ने पनित महर्जनको नाममा धुम्बाराहीस्थित एक शोरुममा ५ करोड रुपैयाँको गाडी ‘बूक’ गरेको पाइएको एसएसपी आचार्यले बताए । ५ मध्ये ३ करोड रुपैयाँ बुझाइसकेको उनले खुलाए ।
त्यति मात्र होइन, उनीसँग क्रस फायर बाइक, यामाहा रे जेडआर स्कूटरसहित ४ वटा दुईपाङ्ग्रे सवारी साधन समेत रहेको पाइएको छ । त्यसबाहेक उनको घरबाट १५ वटा मोबाइल र ३ वटा ल्यापटप पनि बरामद भएको छ ।
बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन किशोरीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता पारेको आरोप छ । बेपत्ता पारिएकी किशोरीकी आमाले जाहेरी दिएकी थिइन् । अहिले त्यो मुद्दा जिल्ला अदालत सर्लाहीमा विचाराधीन छ ।
सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार अब अदालतमा थुनछेक बहस हुनेछ । बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा छ ।
आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा थिए ।
सीआईबीले पछिल्लो समय बम्जनको आश्रममा २०७७ साल पुस महिनामा पनि अपरेसन चलाएको थियो । तर, त्यतिबेला बम्जन पक्राउ परेनन् ।
प्रहरीले ‘अपरेसन ब्लू’ अन्तर्गत बम्जनलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...