कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडाैं | बैशाख २६, २०८१
सोमवारदेखिको हावाहुरी र वर्षाले काठमाडौं उपत्यकालगायत मुख्य शहरको वायु प्रदूषण घट्न थालेको छ ।
‘एयर क्वालिटि इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ८९ मा झरेको छ ।
सो तथ्याङ्क अनुसार मङ्गलवार दिउँसो भने गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ सम्म पुगेको थियो भने गत शनिवार एक सय ९२, आइतवार एक सय ७६, सोमवार एक सय ५६ पुगेको वायु प्रदूषण घटेर आज ८९ मा झरेको हो।
एक साताअघि काठमाडौं विश्वकै पहिलो प्रदूषित शहरको रूपमा सूचीकृत भएकामा आज भने घटेर १२ औं स्थानमा उक्लिएको छ।
आज भारतको राजधानी दिल्ली विश्वकै पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ । दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ५९ पुगेको छ ।
जसलाई अस्वस्थ वायु मानिन्छ । यसैगरी विश्वको दोस्रो प्रदूषित सहरमा आज कङ्गो छ । त्यहाँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ५२ पुगेको छ ।
डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षाका कारण मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलो पनि नियन्त्रण हुँदै गएपछि वायु प्रदूषण न्यूनीकरणमा सहयोग पुगेको बताए ।
वन डढेलोका कारण वायु प्रदूषण बढ्ने भएकाले वर्षाअघि ह्वात्तै बढेको प्रदूषण पनि कम हुँदै गएको उनको भनाइ छ ।
विपत व्यवस्थापनविद् डा धर्मराज उप्रेती पनि अझै केही दिन वर्षा हुने भएकाले वायु प्रदूषण पनि कम हुँदै जाने बताउँछन् ।
उनका अनुसार शून्यदेखि ५० सम्मको वायु गणुस्तर एक्युआई राम्रो (हरियो संकेत) मानिन्छ ।
५१ देखि एक सयसम्मको एक्युआईलाई होसियार रङ्ग अथवा पहेंलो संकेत, एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थ मान्ने गरिएको छ, जसले स्वासप्रसास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ ।
त्यस्तै, एक सय ५१ देखि दुई सय सम्मको एक्युआईले सबैलाई असर गर्ने, दुई सय एकदेखि तीन सयलाई धेरै अस्वस्थ र सोभन्दा माथि चार सयलाई खतरनाक र चार सयदेखिमाथि चार सय ५० लाई धेरै खतरा मान्ने गरिएको उप्रेतीले बताए ।
नेपाल सरकारले निर्धारण गरेको काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि एक्युआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ ।
वायु प्रदूषण रोक्न फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्नुपर्ने सोही कार्ययोजनामा उल्लेख छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...