×

NMB BANK
NIC ASIA

प्रसूति गराउन गएकी सावित्राको मृत्यु प्रकरण

६ जना डाक्टरले गरेको अप्रेसन भएन सफल, परिवारको आरोप– डाक्टरको चरम लापरबाही भयो

बुटवल | कात्तिक २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आमा बन्न लागेकी थिइन् । यसले परिवारमा खुसीको सीमा थिएन । चिकित्सकको सल्लाहअनुसार उनी गत असोज ८ गते अस्पताल जानुपर्ने थियो । सोहीदिन उनी भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस)मा परिवारसहित पुगिन् । 

Muktinath Bank

‘डेलिभरी’को बेला केही अफ्ठ्यारो स्थिति नआओस् भनेर सुविधासम्पन्न मेडिकल कलेजमा भर्ना गरियो । भैरहवाकै सेन्ट्रल फार्मेसीमा उनलाई ९ महिनादेखि चेकजाँच गर्दै आएकी डा दीपाञ्जली शर्मा पनि मेडिकल कलेजमा कार्यरत थिइन् । जसले गर्दा परिवार पनि अफ्ठ्यारो नपर्ला भन्नेमा ढुक्क थिए । अस्पतालमा पुगेर भर्ना हुनेबित्तिकै ‘इमिडेट्ली’ सावित्रीलाई शुरूमा ‘नर्मल डेलीभरी’ हुन्छ भनेर औषधि चलाइयो । त्यसको केही समयपछि बच्चा आधा मात्र निस्किएपछि उनलाई शल्यक्रिया (अपरेसन) गर्नुपर्ने अवस्था आइलाग्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि परिवारले नियमित चेकजाँच गर्दै आएकी डा दीपाञ्जलीलाई तुरुन्तै फोन सम्पर्क गरे । तर, उनले आफू नभ्याउने भन्दै डा रुपेश यादव शल्यक्रियामा आउने जवाफ फर्काइन् । डा रुपेशले पनि अचानक शल्यक्रिया गर्ने निर्णय अस्पतालले प्रशासन गराएको सावित्राका आफन्तलाई जानकारी गराए ।


Advertisment
Nabil box
Kumari

यसपछि सावित्रालाई अपरेसन थिएटरतर्फ लगियो । असोज ८ गते राति १० बजे उनको शल्यक्रिया शुरू गरियो । दुई घण्टापछि चिकित्सकले राति १२ बजे बच्चा (छोरा) आफन्तलाई दिए । तर, सावित्राको शल्यक्रिया अझै सकिएको रहेनछ । शल्यक्रिया सकिएको बिरामीलाई यति लामो समयसम्म पनि किन बाहिर ल्याइएन भनेर परिवारले शंका गरे । हुन पनि बिहान ४ बजेमात्र परिवारलाई भेट्न सावित्रासँग दिए । उनको डेलिभरी अपरेसन गर्न ६ घण्टा लगाइएको थियो । 

Vianet communication
Laxmi Bank

शल्यक्रियापछि डा दीपाञ्जली, डा मनोज लम्साल, डा सुवासकुमार मिश्र, डा तारा केसीसँगै महिला चिकित्सकसहितको टोलीले सावित्राको अनुगमन गरिरहे । परिवारमा नयाँ सन्तान आएकोले खनाल परिवारमा खुसी छाएको थियो । तर शल्यक्रिया गरेको ६ दिनपछि सावित्राको पेट एक्कासी फुल्न थाल्यो । समस्या झनै बढदै गयो । यसले परिवार र आफन्तका मनमा चिसो पस्यो । तर, ल्याब रिपोर्टहरूमा कुनै समस्या देखिएको थिएन । डाक्टरहरूले पुनः शल्यक्रिया गर्न आवश्यक ठानेनन् । पेटको एक्सरे गर्न लगाए । रिपोर्ट हेर्दै ग्याष्ट्रिकले हो भने । तर सावित्राको पेट फुलेको भने घट्नुको साटो झनै बढ्दै गयो ।

null 

यसपछि भने डाक्टरले दोस्रो पटक शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको बताए । डा दीपाञ्जली, डा मनोज, डा तारा, डा यादव, डा सुवासकुमार र डा जिज्ञा सुवेदीले आफूहरूलाई कुनै जानकारी नदिइ अपरेसन थिएटरमा लगेको सावित्राका जेठाजु महेश खनालको बताए । उनका अनुसार त्यो बेला सावित्राको रक्तश्राव भइरहेको थियो । दोस्रो शल्यक्रियामा उनलाई भेन्टिलेटरको सपोर्ट आवश्यक रहेको भनियो ।

‘हामीलाई कुनै जानकारी नै नदिई बिरामीलाई आईसीयूमामा लगेर भेन्टिलेटरमा राखिएको रहेछ,’ जेठाजु महेशले लोकान्तरसँग भने । दोस्रो शल्यक्रियापछि ६ दिनसम्म सावित्रालाई भेन्टिलेटरमा राखियो । तर, कुनै सुधार हुनु त परै जाओस् होस पनि खुलेन । ‘डाक्टरले २४ घण्टामा खुल्छ भने तर खुलेन । थपेर ४८ घाण्टा पुर्याए तर त्यति बेलासम्म पनि आएन । अझै बढाएर ७२ घण्टामा आउँछ भने त्यो अवधिमा पनि होस आएन,’ जेठाजु महेश भन्छन्, ‘डबल समय कुर्दा पनि होस आएन, त्यतिबेलासम्म बिरामीको शरीरमा इन्फेक्सन भइसकेको रहछ ।’ 

बिरामीको अवस्था नाजुक भएपछि डा रेजिनले यहाँ उपचार सम्भव भएन भन्दै काठमाडौंको ग्राण्डी इन्टरनेसनल अस्पताल, काठमाडौंमा रिफर गरे । सावित्रालाई भैरहवाबाट एयर एम्बुलेन्स (हेलिकप्टरमार्फत) काठमाडौं लगियो । ग्राण्डीमा डा आनन्द ठाकुर र डा सुभाष आचार्यसँगै अन्य चिकित्सकहरूको टोलीले उपचार गर्न थाले । तर, त्यो बेलासम्म सावित्राको अवस्था धेरै जटिल बनिसकेको र बचाउन मुस्किल भएको परिवारलाई पहिल्यै जानकारी गराए । दुर्भाग्यवश, काठमाडौं लगेको ११ औं दिनको दिन कार्तिक २ गते सावित्राको मृत्यु भयो । यसमा चिकित्सकीय लापरबाही भएकाे परिवारको आरोप छ । 

‘चिकित्सा नियमअनुसार मांसपेशीको अपरेसनमा न्युरोलोजिस्ट र हृदयरोग विशेषज्ञहरूको संलग्नता आवश्यक पर्दो रहेछ,’ सावित्राका श्रीमान् सुरज खनाल भन्छन्, ‘नसाको डाक्टर नराखी शल्यक्रिया गरियो । यो पूर्ण डाक्टरको लापरबाही हो । यसैकारण हामीले परिवारकी सदस्य गुमाउनु पर्यो ।’ 

बच्चा निकाल्ने क्रममा शल्यक्रिया गर्दा डाक्टरले लापरबाही गरेर पेटमा भएको रगतको नसा काटिदिको उनको भनाइ छ । ‘त्यो नसा काटिएपछि पेट फुलेको रहेछ । उनीहरूले शुरूमा ग्यास्ट्रिक भने,’ उनले भने, ‘हाम्रो पैसा पनि धेरै खर्च गराए, मान्छे पनि बचाएनन् । उपचारमा संलग्न डाक्टरलाई कारबाही हुनुपर्छ ।’

यसरी सावित्राको परिवारले नयाँ सदस्य जन्मिएको खुसीयाली मनाउन पाएन । थप उपचारका लागि काठमाडौं लगेको एक महिनापछि खनाल परिवार सावित्राको शव लिएर घर आयो । काजकिरिया सक्यो । यसपछि मेडिकल कलेजको लापरबाहीविरुद्ध उनीहरू अहिले संघर्षमा छन् । पीडित परिवारले आइतवार मेडिकल कलेजका जनसम्पर्क अधिकृत तेज केसीलाई ज्ञापनपत्र बुझाउदै लापबाही गर्ने चिकित्सकलाई कारबाही गर्न माग राखेका छन् । 

‘मेरो जीवनलाई प्रभावित पार्ने यो एक चिकित्सा कसुर प्रकरण हो । हामी न्याय र जनचेतनाको खोजी गरिरहेका छौं । डेलीभरी हुन आएको मान्छेको मृत्यु गराउनेसम्मको गल्ती गर्ने घटना सामान्य होइन, त्यसै छाडिँदैन,’ मृतकका श्रीमान् सुरजले भने ।  

परिवारको पीडालाई सम्बाेधन गर्दै अस्पतालका जनसम्पर्क अधिकृत केसीले सावित्राको प्रकरणप्रति आफू दुःखी रहेको बताउँदै घटनाको वास्तविकता बुझ्न डक्टर र पीडित पक्षबीच छलफल गराउने आश्वासन दिएका छन् । 

आमा सावित्रा यो संसारमा नरहेपछि नवजात शिशु (न्वारानको नाम श्रवण) भने सकुशल छन् । तर उनी जन्मिँदै आमाको न्यानो मायाबाट बञ्चित भएका छन् । डाक्टरको चरम लापरबाहीले बञ्चित गराएको परिवारको आरोप छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x