कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
विराटनगर | बैशाख २७, २०८१
कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया रोक्न माग गर्दै मुख्यमन्त्री केदार कार्की अदालत जाने भएका छन् । प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएपछि आज बिहानै मुख्यमन्त्री कार्की काठमाडौं लागेका हुन् ।
प्रदेश प्रमुख खापुङले गरेको सरकार गठनको आह्वान संविधानसम्मत नभएको भन्दै कार्की सर्वोच्च अदालत जाने तयारीमा छन् । उनले आजै सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गर्ने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ । नयाँ सरकारको लागि आह्वान गर्नु संविधानविपरीत भएको उनले जिकिर गर्दै आएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङ्गले बुधबार अपराह्न संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान गरिसकेका छन् । एमाले र माओवादी हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन १० बजे दाबी पेश गर्ने तयारीमा छन् ।
प्रदेश प्रमुख खापुङले भने आजै नयाँ सरकार गठन गरेर शपथ गराउने तयारी गरेका छन् । उनले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेर आजै शपथ गराउने तयारी गरेका हुन् । बिहान १० बजे एमाले माओवादीले दाबी पेश गर्दै छन् । साँझ ५ बजेलाई शपथ ग्रहणको कार्यक्रम तय भएको स्रोतले बताएको छ ।
माओवादी र एमालेका १/१ जनालाई सरकारमा सहभागी गराउने सहमतित भएको एमालेका प्रमुख सचेतक रेवतिरमण भन्डारीले बताए । 'आजै सानो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको छ,' उनले भने, 'मुख्यमन्त्रीसहित दुई मन्त्रीले आजै शपथ लिनुहुन्छ ।'
कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले निर्देशन गर]को थियो । तर उनले विश्वासको मत लिन अटेर गरेका थिए ।
सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले मङ्गलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...